ललित बोहरा | साउन २२, डडेल्धुरा | संघिय संरचना अनुरुप डडेल्धुरामा दुई नगरपालिका र दुई वटा गाउँपालिका गरी ४ वटा स्"/>
ललित बोहरा | साउन २२, डडेल्धुरा | संघिय संरचना अनुरुप डडेल्धुरामा दुई नगरपालिका र दुई वटा गाउँपालिका गरी ४ वटा स्थानिय तह निर्धारण गरिने प्रारम्भिक खाका तयार पारिएको भएपनि स्थानियहरुले भने यसमा असहमति जनाएका छन । अमरगढी नगरपालिका, अजयमेरु, समैजी, असिग्राम र कोटेली गाविसका नागरिकहरुसँग जिल्ला विकास समितिको सभाहलमा आज गरिएको पहिलो छलफलका क्रममा सहभागिहरुले यस्तो असहमति जनाएका हुन । जिल्लाको भौगोलिक अवस्थिति, ऐतिहासिक भौगोलिक निरन्तरता र भौतिक पुर्वाधारहरुको बिशिष्टताले डडेल्धुरामा ४ वटा तहबाट बढाएर ७ वटा स्थानिय तह हुनु पर्ने माग गरेका हुन । सुझाव सङ्कलनका क्रममा सहभागिहरुका अनुसार २ वटा नगरपालिका र ५ वटा गाँउपालिका बनाउनुपर्नेमा जोड दिएका थिए ।स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति डडेल्धुराका संयोजक तथा स्थानिय बिकास अधिकारी पुरुषोत्तम ढकालले भने प्रस्ताबित खाकामा भुगोललाई पनि आधार मान्न सकिने बताएका छन । यसैबीच आज नै बगरकोट, रुपाल, भागेश्वर, देवलदिव्यपुर, चिपुर र भद्रपुर गाविसका नागरिक सँग बगरकोटमा समेत परामर्श गरिएको स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिका संयोजक तथा स्थानिय विकास अधिकारी पुरुषोत्तम ढकालले बताएका छन । जिल्लामा गाउँपालिका, नगरपालिका तथा बिशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारणका बिषयमा बहस गर्न स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति आज देखि ग्रामिण स्तरमा गएको हो । जसमा आइतबार परशुराम नगरपालिका, आलिताल र गाङ्खेत गाविसका नागरिकहरु सँग परशुराम नगरपालिकाको लालढुङ्गामा परामर्श गरिने र आइतबार नै बेलापुर, मणिलेक, नवदुर्गा, मष्टामाण्डौँ, कैलपालमाण्डौँ र गणेशपुर गाविसका नागरिक सँग नवदुर्गाको डाँडावनमा छलफल गरिने बताइएको छ ।कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
संघिय संरचना अनुरुप डडेल्धुरामा प्रस्ताबित ४ स्थानिय तहमा स्थानियहरुको असहमति
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय समाचार
मुख्य समाचार