२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेरोजगार पहिचान गर्दै खोटेहाङ र जन्तेढुङ्गा

२०७७, २४ फाल्गुन सोमबार ०८:१४

फागुन २४, खोटाङ । खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ का लागि बेरोजगार व्यक्तिको सूचीकरण गर्ने काम शुरु गरेको छ । स्थानीय तह मातहत रहेको रोजगार सेवा केन्द्रको समन्वयमा योगदान गरिने १०० दिन बराबरको न्यूनतम रोजगारीमा आबद्ध भएर सार्वजनिक विकास निर्माणमा सहभागी हुन इच्छुक बेरोजगार व्यक्तिको सूचीकरण शुरु गरिएको हो ।

गाउँपालिकाले रोजगारीको हकसम्बन्धी ऐन २०७५ तथा सोको नियमावली र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशनबमोजिम आर्थिक वर्ष २०७८÷०७९ का लागि यह िफागुनभित्र बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन र लाभग्राही परिचयपत्र लिन इच्छुक व्यक्तिलाई आग्रह गरेको छ । आफ्नो स्थायी बसोबास रहेको सम्बन्धित वडा कार्यालयमा बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत भएर लाभग्राही परिचयपत्र लिन सकिने गाउँपालिकाले जनाएको छ । 

लाभग्राही परिचयपत्र लिन नागरिकताको फोटोकपी र एकप्रति फोटोसहित वडा कार्यालयमा निवेदन दिन सकिने खोटेहाङ गाउँपालिकाले गत फागुन १३ गते जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

जन्तेढुङ्गा गाउँपालिकाले पनि बेरोजगार न्यूनतम रोजगारीमा संलग्न हुन चाहने विपन्न तथा जीवनयापन जोखिममा परेका १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगार नागरिकलाई सूचीकृत हुन फागुनभित्र निवेदन पेश गर्न सूचना जारी गरेको छ । 

बेरोजगार व्यक्तिको सूचीमा समावेश हुन चाहने व्यक्तिले एक–एकप्रति फोटो, नागरिकताको फोटोकपीका साथ आआफ्नो वडा कार्यालयमा निवेदन पेश गर्न पाउने व्यवस्था मिलाइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबहादुर साहले जारी गर्नुभएको सूचनामा उल्लेख छ । व्यक्तिगत, पारिवारिक विवरण, आय आम्दानी तथा अन्य पेशा व्यवसायलगायतका सम्पूर्ण विवरण समेटेर प्रत्येक वडा कार्यालय र रोजगार सेवा केन्द्रमा निवेदन फर्म भर्न सकिने गाउँपालिकाले जनाएको छ । 

प्राप्त आवेदनका आधारमा अघिल्लो वर्ष बेरोजगारमा सूचीकृत भएका नागरिकको नवीकरण एवं छुट भएका व्यक्तिको सहभागिताको सुनिश्चितता गरिने जनाइएको छ । सय दिन बराबरको न्यूनतम रोजगारीमा आबद्ध हुन चाहने बेरोजगार व्यक्तिमा सूचीकृत नागरिकलाई गाउँपालिकाभित्रका सडक मर्मत, विद्यालय तथा धार्मिकस्थलको घेराबारा हाल्ने, सडकको टेवा पर्खाल निर्माण, पैदल तथा पर्यटन मार्ग सरसफाइलगायतका काममा खटाउने तयारी गरिएको जनाइएको छ ।

दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहमा भने उक्त कार्यक्रमको कुनै पनि प्रक्रिया अगाडि बढाइएको छैन । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा अधिकांश विकासे योजनाका काम असार मसान्तमा उपभोक्तासँग सम्झौता गरेर केही दिनमै फरफारक गर्ने प्रचलन छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो