सम्राट सिंह | साउन २३, बझाङ | लाईन वितरण बढी र उत्पादन कम भएर विद्युतको कामचलाउ उपयोग गर्दै आएका जयपृथ्वी नगरपालिकाका गाँउहरु विद्युत मर्मतका कारणले विगत ५ महिना देखी अन्धकारमा छन् । जाईका संस्थाले डोग्री विद्युत गृहको मर्मत गरिरहेकाले सरकारी कामकाज र सदरमुकाम चैनपुर बजारलाई मध्यनजर गरि जेनेटर चलाएर केहि क्षण बैकल्पीक विद्युतको आपुर्ती गरिए पनि चैनपुर बाहिरका २ हजार परिवार पुर्णरुपमा अन्धकार छन् ।
पावर हाउस र बाँधको पुनर्निमाण गर्दा विद्युत लाईन सुचारु गर्न नसकिने भएपछि गएको चैत्र महिनामा जाईका संस्थाका कर्मचारी र र्निमाण कम्पनीहरुले विद्युत बन्द गरि दिएका हुन ।
आज विद्युत आउला भोली आउला भन्दै पर्खेको ५ महिना विति सक्यो सुवेडाका दिपकराज जोशीले भने तर अहिले सम्म गाँउलेहरुले टुकी बालेर रात काट्नु परेको छ । जिर्ण विधुत गृह जाईकाले मर्मत गरेपछि त राम्रै विजुली आउला भन्ने सोचेका थिऔ उनले भने उल्टो उनिहरुकै प्राविधिक कारणले आज सम्म विधुत आउन रोकिएको सुनिएको छ । विधुत सुचारु नहुदाँ नगरपालीका भित्रका हेमन्तवाडा, लुयाटा, चैनपुर, रिठापाटा र सुवेडा अन्धकार छन् । जाईका सस्थाको लगानीमा जापानकै मारुतीसिङ र फुजी नामक र्निमाण कम्पनीले ठेक्का लिएर जिर्ण विधुत गृहको पुन र्निमाण गरि रहेको हो । विधुत गृह संचालन गर्दै आएका सुर्मादेखी विधुत प्रालीका प्रबन्धक नवराज जाग्रीले उनिहरुकै प्राविधिक कमजोरीले विधुत सुचारु गर्न बाधा भएको वताए । उनले भने पुन र्निमाणको काम सवै सकिएर जाईकाको टोली फिर्ता भएको हो तर नहरमा पानी नआउने मेसिनको समस्याले विधुत नियमित गर्न गाह्रो छ ।
२ सय किलोवाट क्षमताको विधुत गृह भएपनि उनिहरुले जडान गरेको मेसिन वाट १ सय ५० भन्दा बढी विधुत उत्पादन भएको छैन प्रबन्धक जाग्रीले भने बालुया ढुड्गा जम्मा भएर नहरमा पानी छिर्ने सक्दैन कसरी विधुत बल्छ ? गतवर्ष वाट पुन र्निमाणको काम सुरु गरेको जाईकाले साविककै २ सय किलोवाट पनि विधुत उत्पादन गरेन । जाईकाले २ सय किलो वाट विधुत मर्मतका लागी झण्डै ८० करोड खर्च गरेर सदरमुकाम चैनपुर लगाएत वरपरका २ हजार घर परिवारको विधुतको सुविधा नपाएपछि यसको लगानी त्यसै खेरजाने भएको पत्रकार हिक्मत सिंहले वताए । उनले भने विधुत जिर्णहुदाँ पनि जुनकिरी जस्तो विधुत थियो अहिले करौडौ खर्च गरेर मर्मत गर्दापनि यस्तो अवस्था आएपछि काम गरेको अर्थ भएन । यता जाईका सस्थाका प्रतिनिधि भरतजंङ कार्कीले आयोजनामा केहि प्राविधिक समस्या आएकाले विधुत सुचारु गर्न समस्या भएको तर टोली बर्खापछि फिर्ता भएर बाँकी काम गर्ने वताए । विधुत गृहवाट विधुत नआएपछि अहिले पनि पावर हाउस र्निमाण कम्पनीहरुले सदरमुकामका लागी जेनेटर बालेर विधुत दिई रहेको छ । नेपाल सरकार विधुत प्राधिकरणको स्वामित्वमा रहेको बझाङ साना जलविधुत योजना डोग्री ४० वर्षअगाडी र्निमाण भएको हो ।