2026-09-25 06:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार: पूर्वस्वीकृति अगावै अन्तर्वार्ता, प्रक्रियाको लागि मात्र विज्ञापन !

अनिल अधिकारी | चैत २, काठमाडौँ | बिभिन्न म्यानपावर कम्पनीहरुले नेपाली श्रमिक पठाउने विषयमा मागपत्रको पूर्वस्वीकृति बिनानै वा बिभागलाई अन्तर्वार्ताको जानकारीनै नगराई अन्तर्वार्ता लिने गरेको पाइएको छ । सरकारी नीतिलाई मिचेर अवैध तरिकाले अन्तर्वार्ता लिएको पाइए बिभागले सिधै सम्बन्धित म्यानपावरलाई कारवाही गर्छ । 

पछिल्लो समय वैदेशिक रोजगार बिभागमा चर्को लागत सम्बन्धि उजुरीहरु बढ्न थालेको र बिभागले उजुरी उपर सिधै सम्बन्धित म्यानपावर कम्पनीमा छापा हान्न थालेपछि कतिपय म्यानपावरहरुले एजेन्ट मार्फत मात्र कामदार छनोट गर्न थालेको पाइएको छ । तिनै एजेन्टहरुबाट ल्याइने कामदारलाई पुर्व-स्वीकृति बिनै बिभिन्न कम्पनीको मागपत्र देखाई अवैध रुपमा अन्तर्वार्ता गरि छनोट गरिराख्ने र पुर्व-स्वीकृति आएपछि पहिलेनै छानिएकाहरुलाई मात्र बैदेशिक रोजगारमा पठाउने गरिएको पाइएको छ । यस्तो प्रवृति बढ्दै जाँदा पछिल्लो पटक बिभिन्न दैनिक पत्रिकामा आउने कतिपय म्यानपावरको डिमाण्डमा वैदेशिक रोजगारमा जानको लागि सम्पर्क गर्ने कामदारहरुलाई कोटा सकिएको भन्दै प्रतिक्रिया दिने गरिएको छ । 

औपचारिकताको लागि मात्र विज्ञापन ! 

नवलपरासीका एक युवाले गुनाशो गरेका छन् ‘बिभिन्न कम्पनीमा रोजगारीको माग भन्दै बिज्ञापनहरु आउने गरेका छन् । अन्तर्वार्ता तोकिएको दिन भन्दा ४/५ दिन अघि फोन सम्पर्क गर्दा कोटा सकिएको भन्दै प्रतिक्रिया आउँछ किन होला ?’ यस्तै समस्याबारे कयौं युवाहरुले गुनाशो राखेका छन् । औपचारिकताको लागि मात्र वैदेशिक रोजगारको बिज्ञापन राष्ट्रिय दैनिक पत्रिकामा दिने गरिएपछि कयौं युवाहरुको फोन सम्पर्क गर्दा लाग्ने पैसा र समयको बर्बाद भईरहेको छ । ‘डिमाण्ड आएको बिज्ञापन आउँछ, त्यसैमा हेरेर फोन गर्दा कतिपय म्यानपावरले फोन उठाउदैनन्, नउठाएपछि कार्यालयमै पुग्यो, कोटा प्याक भई सक्यो, भन्छन् । पत्रिकामा बिज्ञापन आएकै दिन म्यानपावरले डिमाण्ड छैन भन्दै भ्रम छर्ने गरेका छन् ।’

आइतबार सामाखुसी स्थित एक म्यानपावर कम्पनीमा बिभागले छापा मार्ने क्रममा सोमबार फाइनल अन्तर्वार्ताको तयारी गरिएको भेट्यो । जुन अन्तर्वार्ताको लागि सम्बन्धित म्यानपावरले बिभागसँग अनुमतिनै लिएको थिएन । सरकारी प्रक्रियाबारे जानाकार युवाहरुले उक्त म्यानपावरले अवैध अन्तर्वार्ता लिएको आशंका गर्दै बिभागलाई सूचना दिएका थिए । अन्तर्वार्ताको लागि आएकाहरु सबै एजेन्ट मार्फत आएका थिए । 

कतिपय म्यानपावरहरुले पहिलेनै कामदार छनोट गरि सकेर औपचारिकता पुरा गर्न मात्र डिमाण्डहरु पत्रिकामा हाल्ने गरेको गुनाशो पछिल्लो पटक बढेपछि बिभागको समेत ध्यान त्यसतर्फ तानिएको बिभागका एक अधिकारीले बताएका छन् । उनले भने ‘हामी आफै कामदार जस्तो बनेर छड्के गर्नुपर्ने स्थिति आएको छ ।’ 

पछिल्लो समय कतिपय म्यानपावर कम्पनीहरुले वैदेशिक रोजगार अन्तर्गत आउने माग अनुसारको बिज्ञापन सकेसम्म सर्वसाधारणलाई देखाउन चाहदैनन् । यसको मतलव त्यस्ता म्यानपावर कम्पनीहरुले एजेन्टहरु मार्फत मात्र कामदारहरु छनोट गर्ने गरेका छन् । केहि म्यानपावरहरुले बिज्ञापनहरु सार्वजनिक नहोस् भन्नको लागि सकेसम्म जनताको पहुँच कम भएका दैनिक पत्रिकामा मात्र डिमाण्ड दिने गरिएको पाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक