२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार: पूर्वस्वीकृति अगावै अन्तर्वार्ता, प्रक्रियाको लागि मात्र विज्ञापन !

२ चैत्र २०७७, सोमबार ०४:१०

अनिल अधिकारी | चैत २, काठमाडौँ | बिभिन्न म्यानपावर कम्पनीहरुले नेपाली श्रमिक पठाउने विषयमा मागपत्रको पूर्वस्वीकृति बिनानै वा बिभागलाई अन्तर्वार्ताको जानकारीनै नगराई अन्तर्वार्ता लिने गरेको पाइएको छ । सरकारी नीतिलाई मिचेर अवैध तरिकाले अन्तर्वार्ता लिएको पाइए बिभागले सिधै सम्बन्धित म्यानपावरलाई कारवाही गर्छ । 

पछिल्लो समय वैदेशिक रोजगार बिभागमा चर्को लागत सम्बन्धि उजुरीहरु बढ्न थालेको र बिभागले उजुरी उपर सिधै सम्बन्धित म्यानपावर कम्पनीमा छापा हान्न थालेपछि कतिपय म्यानपावरहरुले एजेन्ट मार्फत मात्र कामदार छनोट गर्न थालेको पाइएको छ । तिनै एजेन्टहरुबाट ल्याइने कामदारलाई पुर्व-स्वीकृति बिनै बिभिन्न कम्पनीको मागपत्र देखाई अवैध रुपमा अन्तर्वार्ता गरि छनोट गरिराख्ने र पुर्व-स्वीकृति आएपछि पहिलेनै छानिएकाहरुलाई मात्र बैदेशिक रोजगारमा पठाउने गरिएको पाइएको छ । यस्तो प्रवृति बढ्दै जाँदा पछिल्लो पटक बिभिन्न दैनिक पत्रिकामा आउने कतिपय म्यानपावरको डिमाण्डमा वैदेशिक रोजगारमा जानको लागि सम्पर्क गर्ने कामदारहरुलाई कोटा सकिएको भन्दै प्रतिक्रिया दिने गरिएको छ । 


औपचारिकताको लागि मात्र विज्ञापन ! 

नवलपरासीका एक युवाले गुनाशो गरेका छन् 'बिभिन्न कम्पनीमा रोजगारीको माग भन्दै बिज्ञापनहरु आउने गरेका छन् । अन्तर्वार्ता तोकिएको दिन भन्दा ४/५ दिन अघि फोन सम्पर्क गर्दा कोटा सकिएको भन्दै प्रतिक्रिया आउँछ किन होला ?' यस्तै समस्याबारे कयौं युवाहरुले गुनाशो राखेका छन् । औपचारिकताको लागि मात्र वैदेशिक रोजगारको बिज्ञापन राष्ट्रिय दैनिक पत्रिकामा दिने गरिएपछि कयौं युवाहरुको फोन सम्पर्क गर्दा लाग्ने पैसा र समयको बर्बाद भईरहेको छ । 'डिमाण्ड आएको बिज्ञापन आउँछ, त्यसैमा हेरेर फोन गर्दा कतिपय म्यानपावरले फोन उठाउदैनन्, नउठाएपछि कार्यालयमै पुग्यो, कोटा प्याक भई सक्यो, भन्छन् । पत्रिकामा बिज्ञापन आएकै दिन म्यानपावरले डिमाण्ड छैन भन्दै भ्रम छर्ने गरेका छन् ।'

आइतबार सामाखुसी स्थित एक म्यानपावर कम्पनीमा बिभागले छापा मार्ने क्रममा सोमबार फाइनल अन्तर्वार्ताको तयारी गरिएको भेट्यो । जुन अन्तर्वार्ताको लागि सम्बन्धित म्यानपावरले बिभागसँग अनुमतिनै लिएको थिएन । सरकारी प्रक्रियाबारे जानाकार युवाहरुले उक्त म्यानपावरले अवैध अन्तर्वार्ता लिएको आशंका गर्दै बिभागलाई सूचना दिएका थिए । अन्तर्वार्ताको लागि आएकाहरु सबै एजेन्ट मार्फत आएका थिए । 


कतिपय म्यानपावरहरुले पहिलेनै कामदार छनोट गरि सकेर औपचारिकता पुरा गर्न मात्र डिमाण्डहरु पत्रिकामा हाल्ने गरेको गुनाशो पछिल्लो पटक बढेपछि बिभागको समेत ध्यान त्यसतर्फ तानिएको बिभागका एक अधिकारीले बताएका छन् । उनले भने 'हामी आफै कामदार जस्तो बनेर छड्के गर्नुपर्ने स्थिति आएको छ ।' 

पछिल्लो समय कतिपय म्यानपावर कम्पनीहरुले वैदेशिक रोजगार अन्तर्गत आउने माग अनुसारको बिज्ञापन सकेसम्म सर्वसाधारणलाई देखाउन चाहदैनन् । यसको मतलव त्यस्ता म्यानपावर कम्पनीहरुले एजेन्टहरु मार्फत मात्र कामदारहरु छनोट गर्ने गरेका छन् । केहि म्यानपावरहरुले बिज्ञापनहरु सार्वजनिक नहोस् भन्नको लागि सकेसम्म जनताको पहुँच कम भएका दैनिक पत्रिकामा मात्र डिमाण्ड दिने गरिएको पाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य