२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णाली करिडोरको काम प्रभावित

२ चैत्र २०७७, सोमबार ०६:४२

चैत २, कर्णाली । राष्ट्रिय गौरवको योजनाअन्तर्गत हिल्सा– सिमकोट सडक योजना निर्माण प्रभावित भएको छ । ट्र्याक खोल्ने कार्यमा कडा चट्टानी भिर विस्फोट गर्न ‘नेपालइँट ३००० केजी’  काठमाडौँबाट गत फागुन १२ गतेसम्म सुर्खेतमा ल्याइसकिए पनि नेपाली सेनाको स्काई ट्रकले हालसम्म हुम्ला उडान गर्न नसकेकाले निर्माण प्रभावित भएको छ । 

कडा चट्टान विस्फोटन गर्न निर्माण व्यवसायीले पहरामा प्वाल खोपेर विस्फोटनका लागि तयारी गरेको छ । हिल्सा– सिमकोट सडक योजनाका योजना प्रमुख विसुनदास लामाका अनुसार सो आयोजनाअन्तर्गत च्याछरा भिर, हेप्का, बोक्चेगौँडा, छारे भिर र दुल्लीकुनामा विस्फोटका लागि विस्फोटक पदार्थ नहुँदा काम रोकिएको र नेपाली सेनाको सैनिक विमान उडानका लागि अनुरोध गरेर उडान शुल्कसमेत जम्मा गरिसकिएको छ । 

योजनाअन्तर्गत चार पुल (याङ्गार खोला, सल्ली खोला, ताग्रु खोला र हेप्का खोला) निर्माण भइरहेको छ । शीघ्र कार्य गर्न निर्माण व्यवसायीलाई मौखिक तथा लिखित निर्देशन योजना कार्यालयबाट समेत दिइसकिएको छ । विसं २०७८ सम्म हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने योजना कार्यालयको लक्ष्य छ । हुम्ला राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुँदा निर्माण सामग्री ढुवानी गर्न हेलिकप्टर, खच्चर र उत्तरी नाका हिल्साको भर पर्नुपर्ने अवस्था छ । 

निर्माण सामग्री ढुवानीका लागि कोभिड–१९ का कारण उत्तरी नाका हिल्सासमेत नखुलेको हुँदा पुलका लागि प्रयोग हुने आवश्यक निर्माण सामग्री डण्डी, सिमेन्टलगायत निर्माणस्थलसम्म ल्याउन कठिन भएकाले याङ्गार खोला पुल निर्माणमा ढिलाइसमेत भएको पुल निर्माणका प्रतिनिधि अकिल बुढाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे