2026-09-18 10:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नमूना बस्ती बनाइने

चैत २, बझाङ । थलारा गाउँपालिकामा ‘सबैको साथ सबैको सम्मान, विभेदरहित समाज निर्माणका लागि हाम्रो अभियान’ भन्ने नारासहित राष्ट्रिय दलित नेटवर्क (आरडिएन ) नेपालले अन्तरक्रिया कार्यक्रम गरेको छ । गाउँपालिकाको आर्थिक सहयोग र आरडिएनको आयोजनामा उक्त कार्यक्रम आइतबारदेखि शुरु गरिएको संस्थाका सहजकर्ता शेरबहादुर ओखेडाले बताउनु भएको छ ।

दलितका समस्या पहिचान गर्ने, नमूना बस्ती निर्माण गर्ने र पूर्ण सरसफाइका लागि थलारा गाउँपालिकाभरिका नौवटै वडामा अन्तरक्रिया कार्यक्रम गरिने भएको हो । सो कार्यक्रमबाट गाउँपालिकाभित्रका प्रत्येक वडामा एक दलित बस्तीलाई नमूना बस्ती बनाउने लक्ष्य रहेको आरडिएनका केन्द्रीय सदस्य तथा थलारा गाउँपालिकाका कार्यपालिका सदस्य श्याम सुनारले जानकारी दिनुभयो ।

अन्तरक्रियामा लम्बा र झपालीलाई नमूना बस्ती निर्माण गर्ने निर्णय भएको जनाइएको छ । चैत १५ गतेभित्र गाउँपालिकाभरिका नौवटै वडामा नमूना बस्ती निर्माण तथा पूर्ण सरसफाइ अभियान सञ्चालन गर्न अन्तरक्रिया कार्यक्रम गर्ने आरडिएनका सहजकर्ता ओखेडाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई