2026-09-19 12:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हुलाकी सडक चार वर्षमा १५ किलोमिटर निर्माण

चैत ३, सर्लाही । मधेशको लाइफलाइन मानिने हुलाकी सडक निर्माणमा ढिलाइ हुँदा जनताले सास्ती पाएका छन् । निर्माण व्यवसायीको हेलचक्र्याइँले सो सडक अलपत्र भएको हो । सडक निर्माण योजनामा ढिलासुस्ती हुँदा सर्लाहीका जनता निराश बनेका छन् । 

हुलाकी राजमार्गअन्तर्गत सर्लाहीको सदरमुकाम मलङ्गवाबाट छिमेकी जिल्ला महोत्तरीसँग जोड्ने शितलपुर हर्दी खोलासम्मको सडक जीर्ण अवस्थामा छ । सडक निर्माण पूरा नहुँदा यस सडक हुँदै यात्रा गर्ने सर्वसाधारण दुर्घटनाको जोखिममा पर्नुको साथै धुल्लामे हुँदै आएको छ । 

यात्रा कष्टकर बनेको छ । हेमडुङ्ग एण्ड थोकर/हीरा एण्ड नमिता जेभी कम्पनीले मलङ्गवाबाट महोत्तरीको सिमाना शीतलपुर हर्दी खोलासम्मको १५ किलोमिटर सडकको निर्माण  तीन वर्षमा सम्पन्न गरिसक्ने भनी ठेक्का  लिएको थियो । 

ठेकेदार कम्पनीले ठेक्का लिएको चार वर्ष बितिसक्दा पनि २५ प्रतिशत कामसमेत नभएको स्थानीय जनप्रतिनिधिले बताएका छन् । विगत एक वर्षदेखि निर्माणमा खटिएका निर्माण व्यवसायी काम नै छाडेर बेपत्ता भएका ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष विनोदकुमार साहले बताउनुभयो ।

काममा हेलचक्राइँ गर्ने निर्माण व्यवसायीमाथि स्थानीय प्रशासन तथा मातहतका निकायले निगरानी गरिरहेको भए पनि निर्माण व्यावसायी सम्पर्कविहीन हुँदा निर्माणबारे बुझ्न नपाएको इश्वरपुर नगरपालिकाका नगरप्रमुख मनोजकुमार देवकोटाले जानकारी दिनुभयो । 

उक्त सडक सुक्खा याममा धुलाम्मे तथा सामान्य पानी पर्दा पैदलसमेत हिँड्न नसक्ने गरी हिलाम्मे हुने गरेको छ । सर्लाहीबाट छिमेकी जिल्ला महोत्तरीको सिमाना हर्दी खोलासम्मको सवारी दूरी करिब २० मिनेटको रहेको भए पनि सडकको निर्माण नहँुदा घण्टौँ लाग्ने गरेको छ । 

जीर्ण सडकका कारण दिनदिनै सवारीसाधन बिग्रेर आफू हैरान भएको सवारी चालकको गुनासो छ । स्थानीय निकायले निर्माणको ठेक्का पाएको निर्माण कम्पनीको ध्यानाकर्षण गराएको भए पनि ठेकेदारको माथिल्लो तहमा सम्बन्ध रहेका कारण त्यसको कुनै सुनुवाइ नभएको स्थानीय जनप्रतिनिधिको गुनासो छ । 

सङ्घीय संसद्मा पुगेका जनप्रतिनिधिले यस सडकको स्तरोन्नतीका लागि ठेकेदारलाई ध्यानाकर्षण गराउनेलगायत काम नगरेको स्थानीयको आरोप छ । बजेटको सुनिश्चिता हुँदाहुँदै पनि ठेकेदारले बदमासी गरिरहेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले बताउनुभयो । 

स्थानीय दश गाउँका बासिन्दाका लागि किनमेल गर्ने सबैभन्दा नजिकको बजार सदरमुकाम मलङ्गवासम्म पुग्ने मुख्य सडकखण्ड हुलाकी सडक भए पनि निर्माण नहुँदा छिमेकी भारतका बजारमा जानुपर्नै बाध्यता छ । भारतबाट सर्लाही हुँदै महोत्तरी पुग्ने मुख्य सडककोरुपमा रहेको हुलाकी सडकको अवस्था स्तरोन्नति हुनुको सट्टा दिन प्रतिदिन जीर्ण अवस्थामा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई