२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईको Adnoc मा जान निशुल्क, कसैले पैसाको कारोवार गरे म्यानपावर जिम्मेवार नहुने

२०७७, ६ चैत्र शुक्रबार ०५:००

चैत ६, काठमाडौँ | युएईको Adnoc Distribution मा वैदेशिक रोजगारीमा जान लागेकाहरुलाई एजेन्टहरुले पैसा उठाएको गुनाशो आईरहेका बेला म्यानपावरले यस सम्बन्धमा सूचना जारी गरेको छ ।

राष्ट्रिय दैनिक पत्रिकामा सूचना जारी गर्दै नेपाल सरकारद्वारा बिज्ञापन पुर्व स्वीकृति नम्वर २३५८९४ पाएको लिडीङ फरेन रिक्रुटमेन्ट सर्भिस प्रा.लि.ले युएईको Adnoc Distribution मा जान निशुल्क रहेको जनाएको छ । सूचनामा म्यानपावरले उल्लेख गरेको छ 'Adnoc Distribution (LT. No. 235894) कम्पनीमा कामदारहरु पठाउँदा निशुल्क पठाइने हुँदा सम्बन्धित सबैमा जानकारी गराइन्छ । साथै कोहि व्यक्ति/संस्थासंग आर्थिक कारोबार गरेको/गराएको पाइएमा यस प्रा.लि. जवाफदेही हुने छैन ।' 

लिडीङ फरेन रिक्रुटमेन्ट सर्भिस प्रा.लि.ले युएईको Adnoc Distribution को लागि १२४८ कामदार पठाउनको लागि बिभागसँग गत माघ १९ गते स्वीकृति लिएको थियो । यस डिमाण्डको अन्तर्वार्ता समेत सम्पन्न भई कामदार पठाउने चरणमा रहेको छ । 

बैदेशिक रोजगार बिभागले गत साता बुटवलमा गरेको अनुगमनको क्रममा एक अवैध एजेन्ट कार्यालयमा लिडीङ फरेन रिक्रुटमेन्ट सर्भिस प्रा.लि.को सोहि डिमाण्डमा अन्तर्वार्ता पास भएकाहरुको नाम लिष्ट प्राप्त भएको थियो । साथै उक्त कम्पनीमा पठाउने भन्दै केहि म्यानपावर तथा एजेन्टहरुले सक्रिय रुपमा कामदारहरुलाई अन्तर्वार्तामा जोडेको पाइएको थियो । 

गत साता बुटवलमा बिभागले अनुगमनको क्रममा Adnoc Distribution मा जान अन्तर्वार्ता पास भएकाहरुको नामलिस्टबाट एक जना एजेन्टले आफूले पठाएको व्यक्तिहरुको नाम छनोट गर्दै गरेको भेटिएको थियो । बुटवलमा अनुगमनको क्रममा रहंदा एक एजेन्टको निर्देशनमा एक जना कार्यालय सहयोगीले लिडीङ फरेन रिक्रुटमेन्ट सर्भिस प्रा.लिमार्फत Adnoc Distribution मा पठाउनको लागि अन्तर्वार्ताबाट छनोट गरेको व्यक्तिहरुको नाम लिस्टमा आफूहरुले पठाएको व्यक्तिहरुको नाम र पासपोर्ट नम्वरहरु भेरिफाई गरिरहेको अवस्थामा बिभागले फेला पारेको थियो । यस सम्बन्धित भिडियो यहाँ क्लिक गरेर हेर्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ