२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईको Adnoc मा जान निशुल्क, कसैले पैसाको कारोवार गरे म्यानपावर जिम्मेवार नहुने

६ चैत्र २०७७, शुक्रबार ०५:००

चैत ६, काठमाडौँ | युएईको Adnoc Distribution मा वैदेशिक रोजगारीमा जान लागेकाहरुलाई एजेन्टहरुले पैसा उठाएको गुनाशो आईरहेका बेला म्यानपावरले यस सम्बन्धमा सूचना जारी गरेको छ ।

राष्ट्रिय दैनिक पत्रिकामा सूचना जारी गर्दै नेपाल सरकारद्वारा बिज्ञापन पुर्व स्वीकृति नम्वर २३५८९४ पाएको लिडीङ फरेन रिक्रुटमेन्ट सर्भिस प्रा.लि.ले युएईको Adnoc Distribution मा जान निशुल्क रहेको जनाएको छ । सूचनामा म्यानपावरले उल्लेख गरेको छ 'Adnoc Distribution (LT. No. 235894) कम्पनीमा कामदारहरु पठाउँदा निशुल्क पठाइने हुँदा सम्बन्धित सबैमा जानकारी गराइन्छ । साथै कोहि व्यक्ति/संस्थासंग आर्थिक कारोबार गरेको/गराएको पाइएमा यस प्रा.लि. जवाफदेही हुने छैन ।' 

लिडीङ फरेन रिक्रुटमेन्ट सर्भिस प्रा.लि.ले युएईको Adnoc Distribution को लागि १२४८ कामदार पठाउनको लागि बिभागसँग गत माघ १९ गते स्वीकृति लिएको थियो । यस डिमाण्डको अन्तर्वार्ता समेत सम्पन्न भई कामदार पठाउने चरणमा रहेको छ । 

बैदेशिक रोजगार बिभागले गत साता बुटवलमा गरेको अनुगमनको क्रममा एक अवैध एजेन्ट कार्यालयमा लिडीङ फरेन रिक्रुटमेन्ट सर्भिस प्रा.लि.को सोहि डिमाण्डमा अन्तर्वार्ता पास भएकाहरुको नाम लिष्ट प्राप्त भएको थियो । साथै उक्त कम्पनीमा पठाउने भन्दै केहि म्यानपावर तथा एजेन्टहरुले सक्रिय रुपमा कामदारहरुलाई अन्तर्वार्तामा जोडेको पाइएको थियो । 

गत साता बुटवलमा बिभागले अनुगमनको क्रममा Adnoc Distribution मा जान अन्तर्वार्ता पास भएकाहरुको नामलिस्टबाट एक जना एजेन्टले आफूले पठाएको व्यक्तिहरुको नाम छनोट गर्दै गरेको भेटिएको थियो । बुटवलमा अनुगमनको क्रममा रहंदा एक एजेन्टको निर्देशनमा एक जना कार्यालय सहयोगीले लिडीङ फरेन रिक्रुटमेन्ट सर्भिस प्रा.लिमार्फत Adnoc Distribution मा पठाउनको लागि अन्तर्वार्ताबाट छनोट गरेको व्यक्तिहरुको नाम लिस्टमा आफूहरुले पठाएको व्यक्तिहरुको नाम र पासपोर्ट नम्वरहरु भेरिफाई गरिरहेको अवस्थामा बिभागले फेला पारेको थियो । यस सम्बन्धित भिडियो यहाँ क्लिक गरेर हेर्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै