2026-09-04 07:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा जानेमध्ये आधा श्रमिक सीप नसिकेरै जान्छन्

चैत ८, काठमाडौँ । रोजगारीको खोजीमा विदेशिने नेपालीहरुको संख्या पछिल्लो समय बढ्दो क्रममा छ । गत वर्ष कोरोना भाइरसका कारण स्वदेश फर्किनेहरुको संख्या बढेपनि पछिल्लो समय कोरोना भाइरस बिरुद्धको खोप प्रयोगमा आएसंगै रोजगारीको खोजीमा विदेशिने श्रमिकको संख्या बढेको हो । 

आव २०७७/७८ मा फागुन महिनामा अघिल्ला महिनाको तुलनामा विदेशिने नेपालीको संख्या बढी छ । वैदेशिक रोजगार विभागका अनुसार फागुनमा महिला र पुरुष गरी कुल वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या १९ हजार ८ सय ८ रहेको छ । 

रोजगारीमा जाने अधिकांश सीप नसिकेका व्यक्तिहरु रहेको विभागको तथ्यांक छ । यसरी स्वदेशमै सीप सिकेर रोजगारीको लागि विदेश जाँदा भने अनुसारको काम र पैसा पाइन्छ भने सीप नसिकेरै विदेशिदा चाहे अनुसारको काम नपाइने,विभिन्न समस्या भोग्नु हुन् सक्छ । त्यसैले रोजगारीको खोजीमा विदेश जाँदा सीप सिकेर नै जानु उपयुक्त हुन्छ । उक्त महिनामा ८ हजार ७ सय १ पुरुष र ६ सय ८ जना महिला गरी कुल ९ हजार ३ सय ९ जना कुनै सीप नसिकेरै विदेशीएका छन् ।

यस्तै सो महिनामै ८ हजार ६ सय ३ जना सिप सिकेर रोजगारीको लागि विदेशिए गएको विभागले जनाएको छ । १६ सय ९७ पुरुष र १ सय ६२ महिला गरी १८ सय ५९ जना अर्धदक्ष व्यक्तिहरु वैदेशिक रोजगारीमा गएका छन् ।

त्यस्तै २३ जना पुरुष र ३ जना महिला गरी २६ जना व्यवसायिक सीप सिकेर रोजगारीका लागि विदेश गएका छन् भने,९ जना पुरुष र २ जना महिला गरी ११ जना व्यक्ति उच्च सीप भएकाहरु रोजगारीका लागि विदेशिएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउछ ।

सो महिना अदक्ष अथवा सीप नसिकेरै वैदेशिक रोजगारीमा जानेहरुको संख्या सबैभन्दा बढी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल