२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार व्यवसायी संघले भन्यो,श्रम स्विकृति नभई प्रस्थान अनुमति दिने काम रोकिनु पर्छ

८ चैत्र २०७७, आईतवार ०८:४६

चैत ८, काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले श्रम स्विकृति नभई प्रस्थान अनुमति दिने कार्य अविलम्ब रोक्न माग गरेको छ । आइतबार संघका अध्यक्ष बिष्णु प्रसाद गैरेले विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीका लागि भिजिट भिसामा जानेगरेकोप्रति गम्भीर रुपमा ध्यानाकर्षण भएको बताएका हुन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका केही कर्मचारीबाट पर्यटकको रुपमा जाने आर्थिक हैसियत समेत नभएका व्यक्तिहरुलाई निगरानी नै नगरी निर्वाध रुपमा प्रस्थान अनुमति दिने गरेको पाइएकोले वैदेशिक रोजगारीमा जानेहरुलाई श्रम स्विकृति नभई प्रस्थान अनुमति दिने कार्य रोकिनुपर्ने संघको छ ।

विगत केहि समयदेखि नेपाली नागरिकहरु पारिवारिक भेट तथा भ्रमण भिसा (Visit, Tourist Visa) मा संयुक्त अरब इमिरेटेस (UAE) लगायतका देशमा जाने र त्यसरी जानेमध्ये अधिकांश व्यक्तिहरुको मुख्य उदेश्य वैदेशिक रोजगारी रहेको पाइएको छ । 

भ्रमण भिसामा विदेश जाने र अवैधानिक रुपमा रोजगारी गर्ने प्रवृत्तिले संकट निम्त्याउने देखिएपछि श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग सरकारका जिम्मेवार निकायहरुमा पटक पटक ध्यानाकर्षण गराउँदै आएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले स्मरण गराएको छ ।

युएई लगायतका देशले वैधानिक रुपमा नेपाली कामदार लिन चाहे पनि नेपाली दूतावासले वैदेशिक रोजगार मागपत्र जाँचबुझ निर्देशिका २०७४ ले तोकेको समय अवधिमा मागपत्र प्रमाणीकरण नगरेकाले वैधानिक रुपमा श्रम स्विकृति लिई व्यवसायीहरुले कामदार पठाउन नपाएको उनीहरुको गुनासो छ । यसरी रोजगार आकांक्षी नागरिकहरु विमा नगरी, कल्याणकारी कोषमा समेत आवद्ध नभई पर्यटक भिसाको जोखिमपूर्ण अवस्थामा विदेश जाने समेत गरेको पाइएको छ । 

पर्यटक भिसामा जादा विदेशमा काम नपाए, दुर्घटना, अंगभंग वा मृत्यु भएमा क्षतिपूर्ति रकम समेत नपाउने भएकाले यसलाई निरुत्साहित नगरे विकराल मानवीय संकट उत्पन्न हुने भन्दै संघले विदेशस्थित नेपाली नियोगहरुमाथि अनावश्यक दवाव समेत पर्ने जनाएको छ । 

वैदेशिक रोजगार ऐन २०६४ तथा वैदेशिक रोजगार नियमावलीले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति अनिवार्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै