२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो अवस्थामा साउदीमा विदेशी कामदारले रोजगारदाता परिवर्तन गर्न सक्छन्

८ चैत्र २०७७, आईतवार १०:१७

चैत ८, काठमाडौँ । साउदी सरकारले १४ मार्च २०२१ बाट लागू हुनेगरी श्रम सुधार कार्यक्रम ल्याएको छ। साउदीले काफला प्रायोजन प्रणालीमा परिवर्तन अन्तर्गत, निजी क्षेत्रका विदेशी कामदारहरूले रोजगारीको गतिशीलता सुधार गर्नेछन् । रोजगारी परिवर्तन गर्न र रोजगारदाताहरूको स्वीकृति बिना देश छोड्न पाउने छन् ।

साउदी सरकारको यस कार्यक्रमबाट लाभान्वित हुन कामदारले निम्न शर्त पूरा गरेको हुनुपर्दछ : 

क, कामदारले साउदी अरब प्रवेश गरेको मितिदेखि हालको रोजगारदातासँग कम्तीमा एक वर्षको करार पूरा गरेको। 

ख. रोजगारदातासँग गरेको रोजगार करार पत्र (Employment Contract) को प्रति आधिकारिक निकायबाट प्रमाणिकरण गरी सो साथमा लिएको । 

ग. कामदारलाई नयाँ रोजगारी दिने रोजागारदाताले साउदी सरकारको आधिकारिक पोर्टल QIWA बाट मात्र रोजगारोको प्रस्ताव गरेको हुनुपर्दछ । व्यक्तिगत भेटघाट वा कसैको सहयोगमा कुनै अभिलेख नराखी दिएको रोजगारीले कानूनी मान्यता पाउने छैन । जुनसुकै हिसावले नयाँ रोजगारीमा जाँदा QIWA पोर्टलबाट रोजगारी प्रस्ताव भएको हुनुपर्नेछ ।

घ. कामदारले रोजगारदाता परिवर्तनगर्ने सम्बन्धी सूचना तोकिएको समयभित्र आफ्नो हालको रोजगारदाताकोमा पेश गर्नुपर्दछ । यो प्रक्रिया निःशुल्क हुनेछ।

निम्न अवस्थामा आप्रवासी (विदेशी) कामदारले आफ्नो रोजगारदाता (कफिल) परिवर्तन गर्न सक्नेछन्:

१. साउदी अरब प्रवेश गरेको दिनदेखि ३ महिनासम्म रोजगारदाताले करार सम्झौता नगरेमा 

२. कामदारले लगातार ३ महिनासम्म आफ्नो मासिक पारिश्रमिक नपाएमा

३. रोजगारदाताको मृत्यु भएमा वा कैद वा लामो यात्रा वा यस्तै अन्य कारणले रोजगारदाता सम्पर्कमा नरहेमा

४. कामदारको ईकामाको अवधि समाप्त भई नवीकरण नभएमा 

५ कामदार र रोजगारदाताको बीचमा विवाद भई कुनै कानूनी निकायमा उजुरी/मुद्दा परेको र निकायले गर्ने दुईवटा सुनुवाइमा रोजगार प्रतिनिधि उपस्थित नभएमा वा दुईवटा उपर्युक्त मिलापत्र सम्बन्धी सुनुवाईमा उपस्थित नभएमा

६. हाल कार्यरत रोजगारदाताले स्वीकृति दिएमा करार अवधि समाप्त नहुँदै पनि रोजगारदाता परिवर्तन गर्न सकिने छ। 

व्यक्ति स्वयंले पहल गरेर लिने बहिर्गमन भिषा 

१. स्वतः वहिर्गमन भिषाको लागि कामदारले साउदी सरकारले आधिकारिक पोर्टल Absher बाट सेवा लिनुपर्नेछ। यसका लागि Absher डाउनलोड गर्नुपर्दछ। 

२. कामदारसँग म्याद भएको अकामा साथमा हुनुपर्नेछ। 

३. रोजगारदातासँग गरेको रोजगार करार पत्र (Employment Contract) को प्रति आधिकारिक निकायबाट प्रमाणिकरण गरी सो साथमा लिएको हुनुपर्नेछ। 

४. कामदारले रोजागारदाता वा अन्य निकायलाई तिर्नुपर्ने कुनै शुल्क वा जरिवाना बाँकी रहेको हुनु हुँदैन। 

५. स्वतः वहिर्गमन भिषाको लागि लाग्ने शुल्क कामदार स्वयंले व्यहोर्नुपर्नेछ । 

६. अवशिर (Absher) बाट स्वतः वहिर्गमन भिषाको प्रक्रियामा जाँदा कामदारले बहिर्गमन सम्बन्धी सम्पूर्ण प्रक्रिया जानीबुझी निर्णय गरेको भनी घोषणा गर्नुपर्नेछ। 

७. यसरी प्राप्त हुने स्वतः बहिर्गमन भिषा रोजागारदाताले रद्द गर्ने अधिकार हुने छैन। 

८. स्थायीरूपमा साउंदी अधिराज्य छोड़ने निर्णय गरेकाहरूले यो स्वतः बहिर्गमन भिषा सेवा लिन सक्नेछन्। 

९. आफूमा आश्रित परिवारका लागि समेत आवेदन गर्न सकिनेछ। 

१०. एक पटक प्राप्त गरेको बहिर्गमन भिषालाई कामदारले चाहेमा Exit को अवधि बाँकी छंदै रह समेत गर्न सक्नेछन्। 

११. रोजगारदातासँगको करारको अवधि बाँकी हुँदै साउदी अरब छोड़ने गरी Exit लगाएका कामदारले करार उल्लंबन गरेको सम्बन्धी जरिवाना तिर्नुपर्नछ। 

माथि उल्लेखित कुराहरु घरेलु कामदार, घरायसी सुरक्षा गार्ड, बंगचे (गार्डनर), पशु चराउने (सेफर्ड), निजी चालक तथा फारम (मजरा) मा काम गर्नेहरूका हकमा माथिका कुनै पनि प्रावधानहरु लागू हुने छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै