2026-09-25 06:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो अवस्थामा साउदीमा विदेशी कामदारले रोजगारदाता परिवर्तन गर्न सक्छन्

चैत ८, काठमाडौँ । साउदी सरकारले १४ मार्च २०२१ बाट लागू हुनेगरी श्रम सुधार कार्यक्रम ल्याएको छ। साउदीले काफला प्रायोजन प्रणालीमा परिवर्तन अन्तर्गत, निजी क्षेत्रका विदेशी कामदारहरूले रोजगारीको गतिशीलता सुधार गर्नेछन् । रोजगारी परिवर्तन गर्न र रोजगारदाताहरूको स्वीकृति बिना देश छोड्न पाउने छन् ।

साउदी सरकारको यस कार्यक्रमबाट लाभान्वित हुन कामदारले निम्न शर्त पूरा गरेको हुनुपर्दछ : 

क, कामदारले साउदी अरब प्रवेश गरेको मितिदेखि हालको रोजगारदातासँग कम्तीमा एक वर्षको करार पूरा गरेको। 

ख. रोजगारदातासँग गरेको रोजगार करार पत्र (Employment Contract) को प्रति आधिकारिक निकायबाट प्रमाणिकरण गरी सो साथमा लिएको । 

ग. कामदारलाई नयाँ रोजगारी दिने रोजागारदाताले साउदी सरकारको आधिकारिक पोर्टल QIWA बाट मात्र रोजगारोको प्रस्ताव गरेको हुनुपर्दछ । व्यक्तिगत भेटघाट वा कसैको सहयोगमा कुनै अभिलेख नराखी दिएको रोजगारीले कानूनी मान्यता पाउने छैन । जुनसुकै हिसावले नयाँ रोजगारीमा जाँदा QIWA पोर्टलबाट रोजगारी प्रस्ताव भएको हुनुपर्नेछ ।

घ. कामदारले रोजगारदाता परिवर्तनगर्ने सम्बन्धी सूचना तोकिएको समयभित्र आफ्नो हालको रोजगारदाताकोमा पेश गर्नुपर्दछ । यो प्रक्रिया निःशुल्क हुनेछ।

निम्न अवस्थामा आप्रवासी (विदेशी) कामदारले आफ्नो रोजगारदाता (कफिल) परिवर्तन गर्न सक्नेछन्:

१. साउदी अरब प्रवेश गरेको दिनदेखि ३ महिनासम्म रोजगारदाताले करार सम्झौता नगरेमा 

२. कामदारले लगातार ३ महिनासम्म आफ्नो मासिक पारिश्रमिक नपाएमा

३. रोजगारदाताको मृत्यु भएमा वा कैद वा लामो यात्रा वा यस्तै अन्य कारणले रोजगारदाता सम्पर्कमा नरहेमा

४. कामदारको ईकामाको अवधि समाप्त भई नवीकरण नभएमा 

५ कामदार र रोजगारदाताको बीचमा विवाद भई कुनै कानूनी निकायमा उजुरी/मुद्दा परेको र निकायले गर्ने दुईवटा सुनुवाइमा रोजगार प्रतिनिधि उपस्थित नभएमा वा दुईवटा उपर्युक्त मिलापत्र सम्बन्धी सुनुवाईमा उपस्थित नभएमा

६. हाल कार्यरत रोजगारदाताले स्वीकृति दिएमा करार अवधि समाप्त नहुँदै पनि रोजगारदाता परिवर्तन गर्न सकिने छ। 

व्यक्ति स्वयंले पहल गरेर लिने बहिर्गमन भिषा 

१. स्वतः वहिर्गमन भिषाको लागि कामदारले साउदी सरकारले आधिकारिक पोर्टल Absher बाट सेवा लिनुपर्नेछ। यसका लागि Absher डाउनलोड गर्नुपर्दछ। 

२. कामदारसँग म्याद भएको अकामा साथमा हुनुपर्नेछ। 

३. रोजगारदातासँग गरेको रोजगार करार पत्र (Employment Contract) को प्रति आधिकारिक निकायबाट प्रमाणिकरण गरी सो साथमा लिएको हुनुपर्नेछ। 

४. कामदारले रोजागारदाता वा अन्य निकायलाई तिर्नुपर्ने कुनै शुल्क वा जरिवाना बाँकी रहेको हुनु हुँदैन। 

५. स्वतः वहिर्गमन भिषाको लागि लाग्ने शुल्क कामदार स्वयंले व्यहोर्नुपर्नेछ । 

६. अवशिर (Absher) बाट स्वतः वहिर्गमन भिषाको प्रक्रियामा जाँदा कामदारले बहिर्गमन सम्बन्धी सम्पूर्ण प्रक्रिया जानीबुझी निर्णय गरेको भनी घोषणा गर्नुपर्नेछ। 

७. यसरी प्राप्त हुने स्वतः बहिर्गमन भिषा रोजागारदाताले रद्द गर्ने अधिकार हुने छैन। 

८. स्थायीरूपमा साउंदी अधिराज्य छोड़ने निर्णय गरेकाहरूले यो स्वतः बहिर्गमन भिषा सेवा लिन सक्नेछन्। 

९. आफूमा आश्रित परिवारका लागि समेत आवेदन गर्न सकिनेछ। 

१०. एक पटक प्राप्त गरेको बहिर्गमन भिषालाई कामदारले चाहेमा Exit को अवधि बाँकी छंदै रह समेत गर्न सक्नेछन्। 

११. रोजगारदातासँगको करारको अवधि बाँकी हुँदै साउदी अरब छोड़ने गरी Exit लगाएका कामदारले करार उल्लंबन गरेको सम्बन्धी जरिवाना तिर्नुपर्नछ। 

माथि उल्लेखित कुराहरु घरेलु कामदार, घरायसी सुरक्षा गार्ड, बंगचे (गार्डनर), पशु चराउने (सेफर्ड), निजी चालक तथा फारम (मजरा) मा काम गर्नेहरूका हकमा माथिका कुनै पनि प्रावधानहरु लागू हुने छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक