२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाली बजारमा भन्सार छलीका सामान

९ चैत्र २०७७, सोमबार ०७:१६

चैत ९, सर्लाही । सर्लाहीमा चोरी तस्करी तथा लागुऔषधको ओसारपसार बढेको छ । तस्करले सीमा पारीका भारतीय बजारबाट भन्सार छलेर लत्ताकपडा, खाद्यान्न, घरायसी सामान, मोटरपार्टस, मेसिनरी सामान, जुत्ताचप्पललगायत सामानका साथै विभिन्न किसिमका लागुऔषध नेपाल भित्र्याउने, नेपाली बजारमा पाइने घरेलु मदिरा र लागुऔषध भारतीय बजारमा पु¥याउने गरेका पाइएको छ । 

तस्करले जिल्लाका  सबैजसो बजारमा अवैध रुपमा भन्सार छलेर ल्याएका सामान पु¥याउन थालेपछि नेपाली व्यापारी मर्कामा परेका जिल्ला सदरमुकाम मलङ्गवाका व्यापारी राजकरण यादवले गुनासो गर्नुभयो । “त्यस्ता सामान सस्तो मूल्यमा पाइन थालेपछि हामीजस्ता वैध ढङ्गले व्यापार गर्ने ब्यापारीको व्यवसाय नै धरापमा परेको छ ।” नेपाल–भारत सीमा क्षेत्रमा सदरमुकाम मलङ्गवासहित पूर्वमा त्रिभुवन नगर–सोन वर्षा, पर्सा–सहोडवा, नारायणपुर दरवार लालबन्दी, संग्रामपुर नाका र पश्चिममा भेडियाही–लडकवा, खुटौना–भलुवाहा, भाँडसर–कन्हौली, बहादुरपुर, पकडीफेन्हारासहित बलरा नाका खुल्ला सिमाना भएका नाका हुन् । यी नाकाबाट  तस्करले अवैध रूपमा भन्सार छलेर सामान ओसारपसार गर्ने गरेका छन् । चोरी तस्करीका कारण राजश्व सङ्कलनमा प्रभाव परेको भन्सार कार्यालय मलंगवाले जनाएको छ । 

चोरी तस्करीका कारण व्यापार, व्यवसाय सुस्त भएकाले जिल्लाको व्यापार, व्यवसाय सहज बनाउन र सीमाको सुरक्षा व्यवस्था चुस्त बनाएर चोरी तस्करी नियन्त्रण गर्न आफुहरु प्रमुख जिल्ला अधिकारीसमक्ष प्रतिनिधिमण्डल जाने तयारीमा रहेको उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याणकुमार जोशीले बताउनु भयो ।

जिल्ला सदरमुकाम मलंगवा लगायत लालबन्दी, बरहथवा, बयलबास, गोडैता, कौडेना, पकडीफेन्हारा, संग्रामपुर, हरिपुर, हरिवन, नवलपुरलगायत बजारमा भारतबाट भन्सार छलेर आएका सामानका कारण भन्सार बुझाइएका सामान लुप्त रहेको व्यापारीले बताएका छन् ।

भारतीय बजारमा मदिरा कारोवार गर्न नपाइने भएका कारण सीमावर्ती क्षेत्रका बजारमा यसको  कारोवार बढ्दै गएको सीमा क्षेत्रका स्थानीयले बताएका छन् । भारतको बिहार राज्यमा मदिराको कारोवारमा पूूर्ण रुपमा प्रतिबन्ध लगाएपछि जिल्लाको सीमावर्ती क्षेत्रमा अवैध मदिराको कारोवार बढेको उद्योग वाणिज्य सङ्घ सर्लाहीले जनाएको छ । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमा क्षेत्रको सुरक्षामा कडाइ गरेपनि ससाना छाप्रो बनाएर अवैध रुपमा मदिराको कारोवार हुने गरेको छ । सीमा क्षेत्रमा अधिकांश मदिरा पसल भारतीय नागरिकद्वारा सञ्चालित छन् भने विना दर्ता सञ्चालनमा रहेका मदिरा पसलको नियमन पनि हुन सकेको छैन । 

स्थानीय प्रहरीले मदिराको कारोवार रोक्न सीमा क्षेत्रका पसल सञ्चालकलाई पटक पटक आग्रह गरेपनि प्रहरीको आग्रहको बेवास्ता गरी सीमा क्षेत्रका व्यापारीले मदिराको कारोवार गर्दै आएका छन् । कतिपय ठाउँमा मदिरा बनाउने भट्टीमा छापा मारेर तयारी मदिरा र मदिरा बनाउन प्रयोग हुने सामान र कच्चापदार्थ जफत तथा नष्ट गरिसकेको भए पनि  पुनःसञ्चालन भइरहेको पाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बताउनुभयो ।

नेपाल–भारत सिमा नाका अहिले बन्द रहेको छ । सीमा क्षेत्रका स्थानीयवासीले अवैध रुपमा हुँँदै आएको मदिराको कारोवार रोक्न र सीमा क्षेत्रमा शान्ति सुुरक्षा चुस्त दुरुस्त पार्न सर्लाहीका प्रमुख जिल्ला अधिकारीसँग पटकपटक आग्रह गरेका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने