२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामाखुसीस्थित वैदेशिक रोजगार एजेन्ट अखडामा छापा (भिडियो सहित)

१७ चैत्र २०७७, मंगलवार ०९:४८

चैत १७, काठमाडौँ | वैदेशिक रोजगार बिभागले काठमाडौँको सामाखुसी रानीबारी चोक स्थित एक अवैध एजेन्ट अखडामा छापा मारेको छ । 

वैदेशिक रोजगारीको क्रममा माल्दिभ्स पठाईदिने भन्दै प्रलोभनमा पारेर पठाउन नसकेको, लामो समयसम्म पैसा दिन्छु भन्दै झुलाएको र बिभिन्न म्यानपावरसँग मिलेर एजेन्टको धन्दामा सक्रिय रहेको उजुरीको आधारमा बिभाग टोलीले उक्त अवैध कार्यालयमा छापा मारेको हो । 


बिभागको टोली उक्त कार्यालयमा पुग्दा उक्त अखडा चलाउने संचालक सुशील खड्का भने कार्यालयमा थिएनन् । उनले आफ्नो भाइबरमा स्टरलिंक ओभरसिजको जेनरल म्यानेजर परिचय राखेर एजेन्टको काम गरेको र दर्ता समेत नगरी कार्यालय चलाएर वैदेशिक रोजगारको काम गरेको पाइएको छ ।

बिभाग टोली उक्त कार्यालयमा पुग्दा एक जना युवा ४ लाख फसाएर सोहि कार्यालयबाट आफ्नो फसेको पैसा फिर्ता पाइन्छ कि भनि कार्यालयकै कर्मचारी भएर बसेको समेत फेला परेको छ । संचालक खड्काको सम्पूर्ण जानकारी पाएर आफ्नो फसेको पैसा फिर्ता पाइन्छ कि भनेर उनैको कार्यालयमा कर्मचारीको रुपमा काम गर्न थालेको उनले बताएका छन् । 


उक्त कार्यालयले पिडितहरुलाई २ घण्टामै भिजिट भिसाको काम गरेर विदेश पठाइदिने समेत बताएका हेटौडाका एक पिडित युवाले बताएका छन् । बिभागले अनुगमनको क्रममा हेटौडाका युवासँग ८० हजार, त्यहि कार्यालयमा तालिम लिदै गरेका एक युवासँग ३० हजार र लामो समयदेखि पिडित बनेर पैसा समेत नपाएका बाजुराका एक युवासँग ४ लाख अशुली गरेको भेटेको छ ।



वैदेशिक रोजगार बिभागबाट अनुगमनमा खटिएका अनुगमन अधिकृत मात्रिका सापकोटाले उक्त अवैध कार्यालयबाट तथा सुशिल खड्काबाट धेरै युवाहरु पीडित भएको हुनसक्ने भन्दै पिडितहरुलाई वैदेशिक रोजगार बिभागमा उजुरी दिन आउन आग्रह गरेका छन् ।


बिगतमा वैदेशिक रोजगार बिभागले वैदेशिक रोजगारमा पठाउनको लागि एजेन्टलाई अनुमति दिएपनि अहिले सरकारले एजेन्टलाई चिन्दैन । एजेन्ट व्यवस्था हटेपनि वैदेशिक रोजगारमा पठाउनमा एजेन्टहरुको सक्रिय भूमिका रहेको छ । कसैले इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा वा कसैलाई वैदेशिक रोजगारमा लगाई दिन्छु भनी झुट्टो आश्वासन दिई वा प्रलोभन देखाई वैदेशिक रोजगारीमा लगाई दिने उद्देश्यले कुनै रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र सोको पचास प्रतिशतले हुने रकम हर्जाना बापत असूल गरी त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्च समेत भराई निजलाई तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना र तीन वर्षदेखि सात वर्षसम्म कैद हुनेछ । विदेश पठाइ नसकेको भए सो सजायको आधा सजाय हुनेछ । वैदेशिक रोजगार बिभागका अनुसार एजेन्ट वा वैदेशिक रोजगारमा पठाउन इजाजत नपाएको कसैले पनि युवाहरुलाई वैदेशिक रोजगारमा पठाएमा हुने सजाय पनि माथिकै अनुसारको हुन्छ । 

भिडियो हेर्नुहोस् 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै