२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामाखुसीस्थित वैदेशिक रोजगार एजेन्ट अखडामा छापा (भिडियो सहित)

२०७७, १७ चैत्र मंगलवार ०९:४८

चैत १७, काठमाडौँ | वैदेशिक रोजगार बिभागले काठमाडौँको सामाखुसी रानीबारी चोक स्थित एक अवैध एजेन्ट अखडामा छापा मारेको छ । 

वैदेशिक रोजगारीको क्रममा माल्दिभ्स पठाईदिने भन्दै प्रलोभनमा पारेर पठाउन नसकेको, लामो समयसम्म पैसा दिन्छु भन्दै झुलाएको र बिभिन्न म्यानपावरसँग मिलेर एजेन्टको धन्दामा सक्रिय रहेको उजुरीको आधारमा बिभाग टोलीले उक्त अवैध कार्यालयमा छापा मारेको हो । 


बिभागको टोली उक्त कार्यालयमा पुग्दा उक्त अखडा चलाउने संचालक सुशील खड्का भने कार्यालयमा थिएनन् । उनले आफ्नो भाइबरमा स्टरलिंक ओभरसिजको जेनरल म्यानेजर परिचय राखेर एजेन्टको काम गरेको र दर्ता समेत नगरी कार्यालय चलाएर वैदेशिक रोजगारको काम गरेको पाइएको छ ।

बिभाग टोली उक्त कार्यालयमा पुग्दा एक जना युवा ४ लाख फसाएर सोहि कार्यालयबाट आफ्नो फसेको पैसा फिर्ता पाइन्छ कि भनि कार्यालयकै कर्मचारी भएर बसेको समेत फेला परेको छ । संचालक खड्काको सम्पूर्ण जानकारी पाएर आफ्नो फसेको पैसा फिर्ता पाइन्छ कि भनेर उनैको कार्यालयमा कर्मचारीको रुपमा काम गर्न थालेको उनले बताएका छन् । 


उक्त कार्यालयले पिडितहरुलाई २ घण्टामै भिजिट भिसाको काम गरेर विदेश पठाइदिने समेत बताएका हेटौडाका एक पिडित युवाले बताएका छन् । बिभागले अनुगमनको क्रममा हेटौडाका युवासँग ८० हजार, त्यहि कार्यालयमा तालिम लिदै गरेका एक युवासँग ३० हजार र लामो समयदेखि पिडित बनेर पैसा समेत नपाएका बाजुराका एक युवासँग ४ लाख अशुली गरेको भेटेको छ ।



वैदेशिक रोजगार बिभागबाट अनुगमनमा खटिएका अनुगमन अधिकृत मात्रिका सापकोटाले उक्त अवैध कार्यालयबाट तथा सुशिल खड्काबाट धेरै युवाहरु पीडित भएको हुनसक्ने भन्दै पिडितहरुलाई वैदेशिक रोजगार बिभागमा उजुरी दिन आउन आग्रह गरेका छन् ।


बिगतमा वैदेशिक रोजगार बिभागले वैदेशिक रोजगारमा पठाउनको लागि एजेन्टलाई अनुमति दिएपनि अहिले सरकारले एजेन्टलाई चिन्दैन । एजेन्ट व्यवस्था हटेपनि वैदेशिक रोजगारमा पठाउनमा एजेन्टहरुको सक्रिय भूमिका रहेको छ । कसैले इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा वा कसैलाई वैदेशिक रोजगारमा लगाई दिन्छु भनी झुट्टो आश्वासन दिई वा प्रलोभन देखाई वैदेशिक रोजगारीमा लगाई दिने उद्देश्यले कुनै रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र सोको पचास प्रतिशतले हुने रकम हर्जाना बापत असूल गरी त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्च समेत भराई निजलाई तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना र तीन वर्षदेखि सात वर्षसम्म कैद हुनेछ । विदेश पठाइ नसकेको भए सो सजायको आधा सजाय हुनेछ । वैदेशिक रोजगार बिभागका अनुसार एजेन्ट वा वैदेशिक रोजगारमा पठाउन इजाजत नपाएको कसैले पनि युवाहरुलाई वैदेशिक रोजगारमा पठाएमा हुने सजाय पनि माथिकै अनुसारको हुन्छ । 

भिडियो हेर्नुहोस् 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली