2026-07-27 07:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारमा पठाउने काममा सक्रिय कन्सल्टेन्सीको सिल खुल्यो (भिडियो सहित)

चैत १७, काठमाडौँ | वैदेशिक रोजगार बिभागले पुरानो बानेश्वर स्थित ग्लोबल इन्फो एजुकेशनल कन्सल्टेन्सी एण्ड भिसा सर्भिसमा गत बुधबार गरेको सिल खोलेको छ । गत बुधबार बिभागको टोली उक्त कन्सल्टेन्सीमा पुग्दा कन्सल्टेन्सी बन्द अवस्थामा रहेपछि बिभागले स्थानीय प्रहरी, घरबेटी र मिडिया सहितको रोहबरमा सिल गरेर आएको थियो । 

बिभागले सिल गरेसंगै दर्जनौं युवाहरुले उक्त कन्सल्टेन्सीमार्फत वैदेशिक रोजगारको लागि बिभिन्न देशमा जानको लागि आवेदन दिएको र आफूहरुसँग पासपोर्ट र अग्रिम पैसा समेत लिईसकेको भन्दै वैदेशिक रोजगार बिभागमै उजुरी दिएका छन् । कन्सल्टेन्सीमा बिभागले लगाएको सिल खोलेपछि बिभिन्न देशमा वैदेशिक रोजगारमा लानको लागि आवेदन भएको १६ थान फाइल सहित १३ थान पासपोर्ट बिभागले बरामद गरेको छ । 

साथै बिभागले उक्त कन्सल्टेन्सीबारे थप अनुसन्धानको लागि उक्त कन्सल्टेन्सीले प्रयोग गर्दै आएको सिपीयु, सिसिटिभीको हार्ड डिस्क र कागजातहरु बरामद गरेको छ । 

नेपालको वर्तमान वैदेशिक रोजगार ऐन अनुसार वैदेशिक रोजगारमा पठाउने इजाजत नपाएको कुनैपनि संस्था वा व्यक्तिले वैदेशिक रोजगारमा पठाउने कार्य गरे वा पैसा अशुली गरेमा वैदेशिक रोजगार ऐन २०६४ अन्तर्गत कारवाही गर्ने प्रावधान छ । बिभागले सिल खोल्ने क्रममा उक्त कन्सल्टेन्सीका संचालक सुन्दरमणि अधिकारी पनि उपस्थित थिए, उनले आफ्नो कन्सल्टेन्सी मार्फत वैदेशिक रोजगारको लागि बिभिन्न देशमा आवेदन दिएकाहरुलाई पासपोर्ट र पैसा फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

उक्त कन्सल्टेन्सीका संचालकलाई के कारवाही हुन्छ भन्ने सम्बन्धमा वैदेशिक रोजगार बिभागले अनुसन्धानपछि प्रचलित ऐन अनुसारनै कारवाही हुने जनाएको छ । पछिल्लो समय वैदेशिक रोजगार बिभागले इजाजतनै नपाएका कन्सल्टेन्सी तथा व्यक्तिहरुले वैदेशिक रोजगारमा पठाउने काम गरेको सम्बन्धमा विशेष ध्यानाकर्षण गर्दै युवाहरुले दिने सूचनाको आधारमा नियमित अनुगमन गरिरहेको छ । 

भिडियो हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ