२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समाचार प्रभाव : वायोमेट्रिक हाजिरी परीक्षण नमिले नयाँ वर्षबाट विदेश उड्न नपाइने

१८ चैत्र २०७७, बुधबार ०६:३२

मनोज पराजुली । चैत्र १८, काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकको वायोमेट्रिक हाजिरी परीक्षण नमिले आगामी बैशाख १ गतेबाट श्रमिकहरु विदेश उड्न नपाउने भएका छन् ।

वैदेशिक रोजमार विभागले बुधबार एक सूचना जारी गर्दै अन्तराष्ट्रिय विमानस्थलको श्रम कक्षमा बायोमेट्रिक हाजिरी नमिलेमा श्रमिकहरुलाई विमानस्थलको श्रम कक्षबाट नै फर्काइने जनाएको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकले वैदेशिक रोजगारमा जानु पूर्व तोकिए बमोजिमको अभिमुखीकरण तालिम नलिई प्रमाणपत्र मात्र लिने वा नक्कली बायोमेट्रिक लिई गएमा श्रम कक्षबाट नै फर्काइने विभागका महानिर्देशक कुमारप्रसाद दहालले साझा सवाललाई जानकारी दिए ।

साझा सवाल डटकमले सेटिंङ्गमा अभिमुखीकरण तालिम, वायोमेट्रिक हाजिरी परीक्षण बिना नै विमानस्थलबाटै विदेश जान छुट ! शीर्षकमा  समाचार प्रकाशन गरेको थियो । सो पश्च्यात विभागले आफ्नो ध्यानाकर्षण भएको जनाएको थियो ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा (२७) र वैदेशिक रोजगार नियमावली. २०६४ उपनियम ( २०) मा वैदेशिक रोजगारीमा जाने कामदारले वैदेशिक रोजगारमा जानु पूर्व तोकिए बमोजिमको अभिमुखीकरण तालिम लिनुपर्ने स्पष्ट व्यवस्था गरेको छ । अभिमुखीकरण तालिम दिने संस्थाले तोकिएको समयमा सम्बन्धित व्यक्तिको बायोमेट्रिक हाजिरी गराई वैदेशिक रोजगार वोर्डले स्वीकृत गरेको पाठ्यक्रम अनुसारको तालिम दिई हाजिरी बिवरण विभागको अनलाइन सूचना व्यवस्थापन प्रणालि (FEIMS) मार्फत उपलब्ध गराउने व्यवस्था छ। तर पछिल्लो समयमा विभागले गरेको अनूगमनमा समेत अनिवार्य रुपमा लिनुपर्ने अभिमुखीकरण तालिम नलिई तालिमको प्रमाणपत्र मात्र लिने/दिने गरिएको, तोकिएको समयभित्र तालिम नलिएको तथा अकैं व्यक्तिको बायोमेट्रिक हाजिरी विवरण रेकर्ड गराई तालिम गराएको/लिएको पाइएको थियो ।

त्यस्तै विमानस्थलको श्रम कक्षवाट वैदेशिक रोजगारीमा जाने कामदारहरुको बायोमेट्रिक हाजिरी विवरण व्यक्ती स्वयंको उपस्थितीमा Matchगराउँदा आधिकारिक नभएको पाइएको थियो  ।

नक्कली बायोमेट्रिक प्रयोग गर्दा इन्स्योरेन्स तथा कल्याणकारी कोषबाट प्राप्त हुने सुविधाबाट बध्चित हुनसक्ने, बायोमेट्रिक नमिल्दा विदेशबाट पून: श्रम स्वीकृती प्राप्त गर्न कठिन हुने र गन्तव्य मुलुक सम्बन्धी जानकारी, वैदेशिक रोजगार सम्बन्धी कानून तथा अन्य आवश्यक कानून सम्बन्धी जानकारी, सुरक्षित रोजगारी तथा अन्य हक अधिकारका विषयवाट समेत बच्चित हुन जाने भएकोले सचेत हुन विभागले अनुरोध गरेको छ ।

सेटिंङ्गमा अभिमुखीकरण तालिम, वायोमेट्रिक हाजिरी परीक्षण बिना नै विमानस्थलबाटै विदेश जान छुट !

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य