चैत्र १९, काठामाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि अभिमुखीकरण तालीम प्रदायक संस्थाहरुको अनुगमनलाई तीब्रता दिईरहेको छ ।

पछिल्लो समय वैदेशिक रोजगारमा पठाउन अनुमतिनै नपाएका कन्सल्टेन्सीहरुमा पनि बिभागले छापा मारिरहेको छ । त्यस्तै बिभागके इजाजत पाएका म्यानपावरहरुमा पनि बेथिति बढेको भन्दै अनुगमनलाई तीब्र पारेको छ ।

२०७३ साल देखि तालीम प्रदायक संस्थाको अनुगमन हुन नसकेपनि बिभागले अनुगमन गर्न थालेपछि अभिमुखीकरण संस्थाहरु हच्किएका छन् । लामो समयसम्म अनुगमन नहुँदा केहि अभिमुखीकरण तालीम प्रदायक संस्थाले वैदेशिक रोजगार वोर्डले तोकेको मापदण्ड भन्दा बाहिर गएर कक्षा संचालन गर्ने, कक्षा नै संचालन नगरी तालीम लिनेको नाम मात्रै अनलाइनमा इन्ट्री गर्ने जस्ता कार्य गर्दै आएका थिए । अनुगमनको क्रममा कतिपय संस्थाले कार्यालय नै झोलामा राखेर अर्को संस्थाबाट काम गर्दै आएको पनि खुलेको थियो ।

विभागको अनुगमन टोलीले पछिल्लो समय म्यानपावर बजार, सामाखुसी र चप्पल कारखानामा रहेका तालीम प्रदायक संस्थाहरुमा अनुगमन गरेको छ ।

तालीम प्रदायक संस्थाले वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई २ दिन अर्थात् १२ घन्टाको तालीम दिनुपर्ने नियम छ तर तालीम नै नदिई श्रमिकबाट सात सय असुल्ने र विभागको अनलाइन प्रणालीमा नाम मात्रै उल्लेख गर्ने गरेको बिभागलाई सूचनाहरु प्राप्त भएको थियो ।

बिभागले सामाखुसी र चप्पलकारखाना क्षेत्रमा गरेको अनुगमनको भिडियो तल हेर्न सक्नुहुन्छ: