२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिर्तामोडको म्यानपावर शाखामा छापा, महानिर्देशक दहाल भन्छन् ‘मनपरीको हद’

१९ चैत्र २०७७, बिहीबार ०५:१९

चैत १९, बिर्तामोड | वैदेशिक रोजगार बिभागले झापाको बिर्तामोडमा अनुगमन गरेको छ । बिभागबाट शाखा अधिकृत मात्रिका सापकोटा नेतृत्वको टोलीले गरेको अनुगमनको क्रममा ह्युमर ओभरसिजले बिर्तामोडमै दुई शाखा खोलेर काम गरिरहेको फेला परेको छ ।

ह्युमर ओभरसिजको बिर्तामोडमा एक मात्र आधिकारिक शाखा कार्यालय आधिकारिक हो । बिभागको रेकर्ड अनुसार उक्त शाखा कार्यालयका संचालक अनिल कुमार बिहानी हुन् । जुन बिर्तामोडको अतिथिसदन रोडमा संचालित छ ।


तर बिर्तामोडको शनिस्चरे रोड स्थित ग्लोबल आइएमई बैंकको अपोजिट ह्युमर ओभरसिजले अर्को अवैध शाखा कार्यालय संचालन गरिरहेको बिभागले अनुगमनको क्रममा फेला पारेको छ । उक्त शाखामा केहिदिन अघिसम्म म्यानपावरको बोर्ड राखिएको भएपनि बिभागले अनुगमनलाई तिब्रता दिएका कारण हटाएको हुनसक्ने तर कार्यालय भने अहिले पनि संचालनमै रहेको अनुगमनको क्रममा भेटिएको छ । उक्त अवैध शाखा संचालनको लागि म्यानपावरका संचालक सुरज महर्जन र थुम प्रसाद थापा बीच २०७६ साउन २ गते सम्झौतानै भएको समेत बिभागले फेला पारेको छ । 

बिर्तामोडमा शाखा संचालनको लागि थुमप्रसाद थापाले ७ लाख धरौटी बुझाउनुपर्ने र प्रति महिना एक लाख पचास हजार ह्युमर ओभरसिजलाई तिर्नुपर्ने शर्त उल्लेख छ । साथै उक्त सम्झौतामा ह्युमर बाहेक अन्य म्यानपावरको डिमाण्डमा समेत काम गर्न पाउने सर्त उल्लेख छ । सर्त अनुसार ह्युमर बाहेक अन्य म्यानपावरको डिमाण्डमा काम गर्दा कामको सम्पूर्ण जिम्मा थापा आफैले जिम्मेवारी लिनुपर्ने उल्लेख छ ।

बिभागका शाखा अधिकृत मात्रिका सापकोटाका अनुसार कुनै पनि म्यानपावरको शाखा कार्यालयले आफ्नो म्यानपावरको डिमाण्डमा बाहेक काम गर्न पाउँदैन । तर म्यानपावरका संचालकले नै शाखा कार्यालयको दुरूपयोग हुने गरि सम्झौता सर्त उल्लेख गरिदिएको पाइएको छ । शाखा अवैध भएपछि बिभागले उक्त शाखा बन्द गराएको छ ।

यसै बिषयलाई वैदेशिक रोजगार बिभागका महानिर्देशक कुमार प्रसाद दहालले 'वैदेशिक रोजगार क्षेत्रमा मनपरीको हद' भएको संज्ञा दिएका छन् । यसअघि बिभाग काठमाडौँ मात्र केन्द्रित हुँदा उपत्यका बाहिर मनपरी भएको दहालले साझा सबाल मिडियालाई जानकारी दिए । एकै म्यानपावरले आफूखुसि एकै स्थानमा दुई शाखा चलाएर ऐन नियम बिपरित काम गरेको विषयको सन्दर्भमा दहालले भने 'उपत्यका बाहिर कसले के गर्छ र ? भन्ने सोचको पराकाष्टा हो यो । बेला-बेलामा अनुगमन नगर्दाखेरी यस्तो समस्या देखिएको हो । अर्को कुरा उनीहरु आफै पनि नैतिकताभित्र छैनन् भन्ने देखिन्छ ।' 

दहालका अनुसार बिर्तामोडको अवैध शाखा चलाउने व्यक्तिलाई फौजदारी मुद्दा अन्तर्गत व्यक्तिगत ठगि अन्तर्गत कारवाही हुन्छ । साथै उक्त काम गर्न अनुमति दिने म्यानपावरलाई समेत कारवाही हुने दहालले बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य