२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिर्तामोडको म्यानपावर शाखामा छापा, महानिर्देशक दहाल भन्छन् ‘मनपरीको हद’

२०७७, १९ चैत्र बिहीबार ०५:१९

चैत १९, बिर्तामोड | वैदेशिक रोजगार बिभागले झापाको बिर्तामोडमा अनुगमन गरेको छ । बिभागबाट शाखा अधिकृत मात्रिका सापकोटा नेतृत्वको टोलीले गरेको अनुगमनको क्रममा ह्युमर ओभरसिजले बिर्तामोडमै दुई शाखा खोलेर काम गरिरहेको फेला परेको छ ।

ह्युमर ओभरसिजको बिर्तामोडमा एक मात्र आधिकारिक शाखा कार्यालय आधिकारिक हो । बिभागको रेकर्ड अनुसार उक्त शाखा कार्यालयका संचालक अनिल कुमार बिहानी हुन् । जुन बिर्तामोडको अतिथिसदन रोडमा संचालित छ ।


तर बिर्तामोडको शनिस्चरे रोड स्थित ग्लोबल आइएमई बैंकको अपोजिट ह्युमर ओभरसिजले अर्को अवैध शाखा कार्यालय संचालन गरिरहेको बिभागले अनुगमनको क्रममा फेला पारेको छ । उक्त शाखामा केहिदिन अघिसम्म म्यानपावरको बोर्ड राखिएको भएपनि बिभागले अनुगमनलाई तिब्रता दिएका कारण हटाएको हुनसक्ने तर कार्यालय भने अहिले पनि संचालनमै रहेको अनुगमनको क्रममा भेटिएको छ । उक्त अवैध शाखा संचालनको लागि म्यानपावरका संचालक सुरज महर्जन र थुम प्रसाद थापा बीच २०७६ साउन २ गते सम्झौतानै भएको समेत बिभागले फेला पारेको छ । 

बिर्तामोडमा शाखा संचालनको लागि थुमप्रसाद थापाले ७ लाख धरौटी बुझाउनुपर्ने र प्रति महिना एक लाख पचास हजार ह्युमर ओभरसिजलाई तिर्नुपर्ने शर्त उल्लेख छ । साथै उक्त सम्झौतामा ह्युमर बाहेक अन्य म्यानपावरको डिमाण्डमा समेत काम गर्न पाउने सर्त उल्लेख छ । सर्त अनुसार ह्युमर बाहेक अन्य म्यानपावरको डिमाण्डमा काम गर्दा कामको सम्पूर्ण जिम्मा थापा आफैले जिम्मेवारी लिनुपर्ने उल्लेख छ ।

बिभागका शाखा अधिकृत मात्रिका सापकोटाका अनुसार कुनै पनि म्यानपावरको शाखा कार्यालयले आफ्नो म्यानपावरको डिमाण्डमा बाहेक काम गर्न पाउँदैन । तर म्यानपावरका संचालकले नै शाखा कार्यालयको दुरूपयोग हुने गरि सम्झौता सर्त उल्लेख गरिदिएको पाइएको छ । शाखा अवैध भएपछि बिभागले उक्त शाखा बन्द गराएको छ ।

यसै बिषयलाई वैदेशिक रोजगार बिभागका महानिर्देशक कुमार प्रसाद दहालले 'वैदेशिक रोजगार क्षेत्रमा मनपरीको हद' भएको संज्ञा दिएका छन् । यसअघि बिभाग काठमाडौँ मात्र केन्द्रित हुँदा उपत्यका बाहिर मनपरी भएको दहालले साझा सबाल मिडियालाई जानकारी दिए । एकै म्यानपावरले आफूखुसि एकै स्थानमा दुई शाखा चलाएर ऐन नियम बिपरित काम गरेको विषयको सन्दर्भमा दहालले भने 'उपत्यका बाहिर कसले के गर्छ र ? भन्ने सोचको पराकाष्टा हो यो । बेला-बेलामा अनुगमन नगर्दाखेरी यस्तो समस्या देखिएको हो । अर्को कुरा उनीहरु आफै पनि नैतिकताभित्र छैनन् भन्ने देखिन्छ ।' 

दहालका अनुसार बिर्तामोडको अवैध शाखा चलाउने व्यक्तिलाई फौजदारी मुद्दा अन्तर्गत व्यक्तिगत ठगि अन्तर्गत कारवाही हुन्छ । साथै उक्त काम गर्न अनुमति दिने म्यानपावरलाई समेत कारवाही हुने दहालले बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ