२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ई–पासपोर्ट आउँदैछ, एम आर पासपोर्ट बनाउन हतार नगरौं : विभाग

१९ चैत्र २०७७, बिहीबार ०६:५४

चैत्र १९, काठमाडौं । राहदानी विभागले निकट भविष्यमा गुणस्तरीय, निकै सुरक्षित र भरपर्दो विद्युतीय राहदानी (ई– पासपोर्ट) जारी हुने भन्दै राहदानी बनाउन स्वदेश तथा विदेशमा रहेका कामदारहरुलाई हतार नगर्न आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले हालको मेसिन रिडेबल राहदानी (एमआरपी) नबनाउन अनुरोध गरेको हो ।

विभागले आफ्नो वेबसाइटमा राखेको सूचनामा चालक अनुमतिपत्र जस्तै वहाल अवधि बाँकी हुँदै राहदानी नवीकरण गर्नु नपर्ने, राहदानी नवीकरण नभई नयाँ नै बनाउनु पर्ने भएको र म्याद सकिएको कारण कुनै दस्तुर नलाग्ने र आवश्यक परेको बखत जुनसुकै समयमा बनाउन सकिने भन्दै हतार नगर्न आग्रह गरेको छ ।

राहदानी ऐन २०७६ को दफा १२ र १४ मा राहदानीको वहाल रहने म्याद एक वर्ष भन्दा कम अवधि बाँकी रहेको अवस्थामा मात्र साधारण नयाँ राहदानीको लागि आवेदन गर्न सकिने प्रावधान रहेको स्मरण गराउँदै विभागले एक वर्ष भन्दा बढी वहाल अवधि रहेको राहदानीको नवीकरण हुन नसक्ने बताएको छ ।

विभागले विदेशमा रहँदा राहदानी वहाल रहने अवधि समाप्त हुन लागेमा विदेशस्थित नेपाली दूतावासमा आवेदन गर्न सकिने र नयाँ राहदानीमा पुरानो राहदानीमा रहेको श्रम र भिसाको वहाल अवधि मान्य हुने बताएको छ । विभागले कुनै एक देशमा काम गरिसकेको राहदानी वाहक कामदार स्वदेश फर्की फेरि अर्को देशमा जानको लागि प्रक्रिया शुरु गर्न नयाँ राहदानी बनाउनु नपर्ने, वहाल रहने अवधि बाँकी रहेको पुरानै राहदानीबाट भिसा, श्रम स्वीकृति लिई नयँ देशमा जान सकिने बताएको छ ।

त्यसैगरी पुरानै राहदानीबाट भिसाका लागि आवेदन गर्दा सम्बन्धित व्यक्तिको यसअघिको यात्रा विवरण (ट्राभल हिस्ट्री), भिसा स्वीकृति विवरण लगायत देखिने भन्दै विभागले त्यसले विदेशका सम्बन्धित निकाय अर्थात अध्यागमन कार्यालयहरुलाई आधिकारिकता पहिचान गर्न समेत थप सहज हुने बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै