२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारमा जाने व्यक्तिको हकमा विशेष कानुन नहुँदा न श्रीमती, न सम्पत्ति !

२१ चैत्र २०७७, शनिबार ०१:११

चैत २१, काठमाडौँ | पछिल्लो समय बढ्दै गएको वैदेशिक रोजगारीले देशमा रेमिट्यान्स त भित्र्यायो। तर, यसले सामाजिक सम्बन्ध र धेरै परिवारलाई छिन्नभिन्न पनि पारेको छ। छोरा विदेश जाने, बुहारी सहर पस्ने क्रम बढ्दो छ। देशका अधिकांश गाउँघरमा वृद्धवृद्धा मात्रै छन्।

श्रीमान् विदेशमा दुःख गर्ने, श्रीमती यता पैसा उडाउने गरेका घटना थुप्रै देखिएका छन्। विदेशमा रगतपसिना बगाएर फर्किंदा न श्रीमती न सम्पत्ति न त आफन्तकै अवस्थामा पुगेका छन्। यस्ता घटनामा पीडित भएकाहरूलाई न्याय दिलाउन कानुन अभाव देखिएको छ। श्रीमती हुँदाहुँदै अर्को बिहे गर्ने पुरुषले बहुविवाहमा सजाय भोग्नुपर्ने हुन्छ। तर, यस्तै अवस्थामा महिलालाई सजाय छैन। पहिलो श्रीमान्सँग स्वतः सम्बन्धविच्छेद भएको ठहरिने कानुनी व्यवस्था छ।

अधिवक्ता प्रियहरि भण्डारीका अनुसार वैदेशिक रोजगारमा गएका व्यक्तिको हकमा सम्बोधन गर्ने विशेष कानुन छैन। घरसारमा पठाएको रकम मासियो, नासियो भनेको अवस्थामा सजाय गर्ने कानुन नै छैन।

देवानी संहिताको लेनदेन महलमा साहु र आसामीको हकमा ऋण लिएको, दिएको, खाएको देखियो भने सावाँब्याज तिराइदिने, सम्पत्ति बन्डा गराइदिने व्यवस्था छ। कानुनअनुसार एकाघरमा श्रीमान् श्रीमती, दाजुभाइको बीचमा भएको सगोलको कारोबारमा ऋणधनको अर्थ लाग्दैन। यसलाई सगोलको सम्पत्ति मानिन्छ।

- यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य