2026-09-04 06:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विभागले भन्यो: कतार प्रहरीको कुनै मागपत्र प्रमाणीकरण भएको छैन,ठगीबाट बच्नुहोस्

चैत २३, काठमाडौँ । वैदेशिक रोजगार विभागले हाल कतार प्रहरीको नाममा हुनसक्ने सम्भावित ठगीबाट बच्न अनुरोध गरेको छ । विभागले सोमबार सूचना जारी गर्दै कतार प्रहरीको लागि कुनै मागपत्र प्रमाणीकरण नभएकोले सम्भावित ठगी हुनबाट बच्न अनुरोध गरेको हो । 

हाल कतारमा नेपाली कामदार पठाउने कार्य जारी रहेपनि कतार प्रहरीको लागि भने दुतावासबाट कुनै मागपत्र प्रमाणीकरण र विभागबाट कुनै पनि पूर्व स्वीकृति प्रदान गर्ने कार्य नभएको विभागले जनाएको छ ।

‘बैदेशिक रोजगारीको गन्तव्य मुलुक कतारमा नेपाली कामदार पठाउने कार्य निरन्तर रुपमा जारीरहेको भएता पनि कतार प्रहरीको लागि हाल कतार स्थित नेपाली राजदुतावासबाट कुनै मागपत्र प्रमाणीकरण भई नआएको र यस विभागबाट हाल कुनै पनि पूर्व स्वीकृति प्रदान गर्ने कार्य नभएको हुँदा कतार प्रहरीको नाममा हुनसक्ने सम्भावित ठगीबाट बच्न सरोकारवाला सम्पूर्णमा हार्दिक अनुरोध छ ।’ विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

कतार प्रहरीको रुपमा काम गर्ने गरी रोजगारीमा लैजाने भन्दै विभिन्न व्यक्ति तथा संस्थाहरुले नेपाली नागरिकहरुलाई प्रलोभनमा पारी राहदानी लगायतका कागजातहरु संकलन गर्ने, अन्तर्वार्ता लिने तथा रकम माग गर्ने लगायतका अवैधानिक कार्यहरु भईरहेको भन्ने गुनासो प्राप्त भईरहेको भन्दै विभागले यस्तो कार्यबाट बच्न भनेको छ । 

वैदेशिक रोजगारीमा नेपाली कामदारहरु जाने विभिन्न गन्तव्य मुलुकहरुमध्ये कतार पनि आकर्षक गन्तव्य मानिएको छ । यसरी वैदेशिक रोजगारीमा जाँदा कुन कुन गन्तव्य मुलुकमा के कस्तो कामको लागि कति संख्यामा कामदारको माग भई आएको छ,कुन कुन इजाजतपत्रवाला संस्थाले यस विभागवाट पूर्व स्वीकृति प्राप्त गरेका छन्, तथा अन्तरवार्ता मिति तथा स्थान समेतको विवरण विभागको वेबसाइट www.dofe.gov.np मार्फत हेरी यकिन गर्न सकिन्छ । 

आफू जान चाहेको मुलुक तथा कामको विवरण र आधिकारिकता विभागको वेवसाईटबाट यकिन गरी सम्भावित ठगी हुनबाट बच्न बैदेशिक रोजगार विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव