२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विभागले भन्यो: कतार प्रहरीको कुनै मागपत्र प्रमाणीकरण भएको छैन,ठगीबाट बच्नुहोस्

२३ चैत्र २०७७, सोमबार ०६:२७

चैत २३, काठमाडौँ । वैदेशिक रोजगार विभागले हाल कतार प्रहरीको नाममा हुनसक्ने सम्भावित ठगीबाट बच्न अनुरोध गरेको छ । विभागले सोमबार सूचना जारी गर्दै कतार प्रहरीको लागि कुनै मागपत्र प्रमाणीकरण नभएकोले सम्भावित ठगी हुनबाट बच्न अनुरोध गरेको हो । 

हाल कतारमा नेपाली कामदार पठाउने कार्य जारी रहेपनि कतार प्रहरीको लागि भने दुतावासबाट कुनै मागपत्र प्रमाणीकरण र विभागबाट कुनै पनि पूर्व स्वीकृति प्रदान गर्ने कार्य नभएको विभागले जनाएको छ ।

'बैदेशिक रोजगारीको गन्तव्य मुलुक कतारमा नेपाली कामदार पठाउने कार्य निरन्तर रुपमा जारीरहेको भएता पनि कतार प्रहरीको लागि हाल कतार स्थित नेपाली राजदुतावासबाट कुनै मागपत्र प्रमाणीकरण भई नआएको र यस विभागबाट हाल कुनै पनि पूर्व स्वीकृति प्रदान गर्ने कार्य नभएको हुँदा कतार प्रहरीको नाममा हुनसक्ने सम्भावित ठगीबाट बच्न सरोकारवाला सम्पूर्णमा हार्दिक अनुरोध छ ।' विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

कतार प्रहरीको रुपमा काम गर्ने गरी रोजगारीमा लैजाने भन्दै विभिन्न व्यक्ति तथा संस्थाहरुले नेपाली नागरिकहरुलाई प्रलोभनमा पारी राहदानी लगायतका कागजातहरु संकलन गर्ने, अन्तर्वार्ता लिने तथा रकम माग गर्ने लगायतका अवैधानिक कार्यहरु भईरहेको भन्ने गुनासो प्राप्त भईरहेको भन्दै विभागले यस्तो कार्यबाट बच्न भनेको छ । 

वैदेशिक रोजगारीमा नेपाली कामदारहरु जाने विभिन्न गन्तव्य मुलुकहरुमध्ये कतार पनि आकर्षक गन्तव्य मानिएको छ । यसरी वैदेशिक रोजगारीमा जाँदा कुन कुन गन्तव्य मुलुकमा के कस्तो कामको लागि कति संख्यामा कामदारको माग भई आएको छ,कुन कुन इजाजतपत्रवाला संस्थाले यस विभागवाट पूर्व स्वीकृति प्राप्त गरेका छन्, तथा अन्तरवार्ता मिति तथा स्थान समेतको विवरण विभागको वेबसाइट www.dofe.gov.np मार्फत हेरी यकिन गर्न सकिन्छ । 

आफू जान चाहेको मुलुक तथा कामको विवरण र आधिकारिकता विभागको वेवसाईटबाट यकिन गरी सम्भावित ठगी हुनबाट बच्न बैदेशिक रोजगार विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य