२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा ज्यान गुमाएका १५ श्रमिकको शव नेपाल ल्याइयो

२४ चैत्र २०७७, मंगलवार ०२:०९

चैत २४, काठमाडौं । वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका  श्रमिकको शव स्वदेश ल्याइएको छ । 

आइतबार मात्रै नेपाल एयरलाइन्समार्फत मलेसिया, साउदी अरब र कतारबाट १५ जनाको शव नेपाल ल्याएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

बोर्डका अनुसार आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका १५ वटा शवमध्ये मलेसियाबाट १२  वटा, साउदी अरबबाट दुईवटा र कतारबाट एकवटा शव एकैपटक  ल्याइएको हा ।

यसअघि गत माघमा मलेसियाबाट  १८ वटा शव नेपाल एयरलाइन्सबाट ल्याइएको  थियो । त्यसो त  चालू आर्थिक  वर्ष  २०७७÷०७८  को पहिलो नौ महिनामा  मलेसियाबाट मात्रै  २१९ वटा शव आएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार चालू आर्थिक वर्षमा मात्रै वैदेशिक रोजगारीका क्रममा ज्यान  गुमाएका १६ महिलासहित  ६१५ जनाको शव स्वदेश ल्याइपुगेको छ ।

गएको साउनदेखि  चैत  २२ गतेसम्म  वैदेशिक रोजगारीमा  गएकामध्ये  त्यो  सङ्ख्याले  रोजगारीकै सिलसिलामा ज्यान गुमाएकाको शव  स्वदेश ल्याइएको   बोर्डका निर्देशक दीनबन्धु सुवेदीले जानकारी  दिए 

बोर्डका  अनुसार  सो  अवधिमा साउदी  अरबबाट  १७०  वटा  र  कतारबाट  ९५  वटा शव  आएका  छन् ।  यस्तै  सो  अवधिमा  संयुक्त  अरब इमिरेट्स (युएई) बाट ४६ वटा शव आए भने कुवेत २४ वटा, बहराइनबाट ११ वटा शव नेपाल आइपुगेका छन्  ।

त्यसैगरी  यस  अवधिमा  दक्षिण  कोरियाबाट पाँचवटा  शव  आइपुगे  भने  जोर्डनबाट  तीनवटा  र साइप्रस दुईवटा शव आएको बोर्डले जनाएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य