२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारमा सेटिङ धन्दा ! प्रदेश-२ का अधिकांशले लिदैनन् अभिमुखिकरण (भिडियो सहित)

२५ चैत्र २०७७, बुधबार ०४:०५

अनिल अधिकारी | चैत २५, काठमाडौँ | वैदेशिक रोजगार बिभागले धनुषामा एकै दिन १६ वैदेशिक रोजगार अभिमुखीकरण संस्थामा अनुगमन गरेको छ । धनुषाका बिभिन्न ठाउँमा संचालित अभिमुखिकरण संस्थाहरुको अनुगमनको लागि बिभागबाट शाखा अधिकृत मात्रिका सापकोटाको नेतृत्वमा हेमराज पाण्डे खटिएका थिए । 


वैदेशिक रोजगारमा पठाउनु अघि गन्तव्य देशबारे, सम्बन्धित देशको ऐन कानुनबारे, नेपालमा एजेन्ट तथा म्यानपावरबाट हुनसक्ने ठगिबारे, ठगिमा नपर्नको लागि सावधानी, विदेशमा समस्यामा पर्दा अपनाउनुपर्ने सावधानी लगायत बिभिन्न महत्वपूर्ण विषयमा युवाहरुलाई जागरुक र सचेत बनाउनको लागि विदेश जान श्रम स्वीकृति दिनुअघि दुई दिने अभिमुखीकरण तालिम दिने गरिएको छ । तर धनुषा जिल्लामा संचालित अधिकांश अभिमुखिकरण सेवा प्रदायक संस्थाहरुले युवाहरुलाई अभिमुखिकरण तालिमनै नदिई सेटिङ गरेर काम गर्ने गरिएको पाइएको छ । 


विभागको टोली धनुषामा संचालित अभिमुखिकरण तालिम प्रदायक संस्थाहरुमा पुग्दा ९० प्रतिशत भन्दा बढीले सेटिङमा युवाहरुलाई तालिमनै नदिई सात सयदेखि एक हजार ५ सयसम्म अशुलेर अभिमुखीकरणको तालिम प्रमाणपत्र दिने गरिएको पाइएको छ । स्थानीय युवाहरुका अनुसार धनुषामा संचालित अभिमुखीकरण संस्थाहरुले युवाहरुसँग एक दिन मात्र पढाउदा एक हजार देखि १५ सयसम्म र दुई दिननै पढाउँदा मात्र सात सय तिर्न लगाएको पाइएको छ । नियम अनुसार अभिमुखिकरण तालिमको लागि सात सय मात्र तिरे पुग्छ । कतिपय एजेन्टले त अभिमुखिकरण तालिम गराउदा युवाहरुबाट अशुली गर्न अफ्ट्यारो हुने बुझेर सकेसम्म सेटिङ गर्ने गरेको बुझिएको छ । 


बिभागले एकै दिनमा धनुषामा अनुगमन गर्ने क्रममा गोतारस्थित मेलिशा ओरिएन्टेसन, ह्वाइट हिल्स ओरिएन्टेसन, ढल्केबर स्थित वेलकम ओरिएन्टेसन, जनकपुर स्थित दृष्टि ओरिएन्टेसन, प्रिया ओरिएन्टेसन, समराज ट्रेनिङ इन्स्टिच्युट, सर्वश्री ट्रेनिङ एण्ड ओरिएन्टेसन सेन्टर, धनुषा ओरिएन्टेसन ट्रेनिङ, भुट्टी एचआर शोलुसन, राजदेवी ओरिएन्टेसन एण्ड ट्रेनिङ, सान ट्रेनिङ सेन्टर, बागभैरव ओरिएन्टेसन, वेलकम ओरिएन्टेसन सेन्टर, श्रीगणेश ट्रेनिङ इन्स्टिच्युट,  सोलिड ओरिएनटेसन् र इन्स्टिच्युट फर युनिभर्सल एजुकेसन एण्ड ट्रेनिङ सेन्टरमा अनुगमन गरेको हो । अनुगमनको क्रममा अधिकांशले एजेन्ट तथा म्यानपावरको सेटिङमा ओरिएनटेसननै नदिने गरेको पाइएको छ भने कतिपयले एकदिन मात्र ओरिएन्टेसन दिएर तोकिएभन्दा बढी पैसा लिने गरेको पाईएको छ । त्यस्तै कतिपयमा सम्बन्धित ओरिएन्टेसन तालिम दिन स्वीकृति नपाएका व्यक्तिहरुले अभिमुखीकरण तालिम दिईरहेको पाइएको छ । 


यसै सम्बन्धित भिडियो तल भिडियोमा हेर्न सक्नुहुनेछ:


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य