२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

२९ चैत्र २०७७, आईतवार १०:५२

चैत २९, सुदूरपश्चिम । मास्क नलगाई हिँड्ने, एकापसमा भौतिक दूरी कायम नगर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा सुदूरपश्चिम प्रदेशमा कोरोनाको उच्च जोखिम देखिएको छ । सीमा नाकामा सर्वसाधारणको आवागमन गर्दा अपनाउनु पर्ने स्वास्थ्यसम्बन्धी सचेतना समेत नअनाउँदा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको हो । 

पछिल्ला दिनमा प्रदेशमा यो रोगको सङ्क्रमण दर बढ्दै गएको छ । स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कअनुसार पछिल्लो तीन हप्तामा १२७ जनामा सङ्क्रमणको पुष्टि भएको छ । भारतमा यो रोगको सङ्क्रमण र मृत्यु हुने दर बढेसँगै भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा पनि कोरोना भाइरसको जोखिम बढेको हो ।

जिल्ला प्रशासन कार्यालयले मास्क अनिवार्य रुपमा लगाउन, भीडभाड नगर्न र मास्क लगाएर मात्र भौतिक दूरी कायम गर्दै बाहिर निस्कन आग्रह गरेको भएपनि मास्क लगाउने र भौतिक दूरी कायम राख्नमा अधिकांशबाट लापरवाही हुने गरेको छ ।

रोग फैलिन नदिन सरकारले २५ जना भन्दा बढी भेला नहुन आग्रह गरे पनि सभा, सम्मेलन, बैठकजस्ता गतिविधि रोकिएका छैनन् । प्रदेशका सीमा नाका हुँदै भित्रिने नागरिकको नाकामै एन्टिजेन परीक्षणको काम भइरहेको छ । हालसम्म पाँच हजार ७१ जनाको एन्टिजेन परीक्षण गरिएकामा १४० जनाको नतिजा ‘पोजेटिभ’ आएको जनाइएको छ । शनिबार मात्रै प्रदेशको गड्डाचौकी, गौरीफन्टा, जुलाघाट र पुलघाट (दार्चुला) सीमा नाका हुँदै एक हजार ९९१ जना नेपाल भित्रिएकामध्ये शङ्कास्पद ६९९ को एन्टिजेन परीक्षण गर्दा ६२ जनामा सङ्क्रमण देखिएको छ । 

कुनै पनि व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भए नभएको जानकारी एन्टिजेन परीक्षणबाट पत्ता लाग्ने गर्छ । एन्टिजेनविधि कोरोना परीक्षण गर्ने पिसिआर विधि जस्तै मानिन्छ । कुन भाइरस हो भन्ने पत्ता लगाउन भने एन्टिजेन परीक्षण गर्दा नतिजा पोजेटिभ आउने व्यक्तिको पुनः पिसिआर पद्दतिबाट परीक्षण गर्नुपर्ने स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थी बताउनुहुन्छ ।

 एन्टिजेन विधिवाट परीक्षण गर्दा स्वाब लिएको १० देखि २० मिनेटमा नै नतिजा आउने जनाइएको छ ।

प्रदेशका नेपाल-भारत सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमार्फत् शङ्कास्पद व्यक्तिको एन्टिजेन गरेर मात्र प्रवेश गर्न दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सीमा नाकाबाट भित्रिनेलाई दश दिन अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न सल्लाह दिने गरिएको मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले बताउनुभयो । 

यस प्रदेशमा गएको पुस महिनासम्म कोरोना भाइरस सङ्क्रमणका कारण ५६ जनाको मृत्यु भएको तथ्याङ्का स्वास्थ्य निर्देशनालयसँग छ । पुस महिनायता मृत्यु दर शून्य रहेकामा केही दिनअघि मात्र कञ्चनपुरमा एक जना सङ्क्रमितको मृत्यु भएको थियो । होम आइसोलेशन र प्रदेश बाहिरका जिल्लामा मृत्यु हुने कतिपयको तथ्याङ्क भने मन्त्रालयसँग छैन ।

कोरोना भाइरसको सङक्रमण फैलिएपछि हालसम्म प्रदेशमा पिसिआर पद्दतिबाट एक लाख ३८ हजार ३८० को स्वास्थ्य परीक्षण गरिएकामा यीमध्ये १४ हजार १८५ जनामा सङ्क्रमण देखिएको थियो । सङ्क्रमितमध्ये १४ हजार ५४ जना उपचार व्यवस्थापनपछि घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य