२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार गएर पाँच महिना काम गरेको तलब म्यानपावरलाई ! बिभागद्वारा छापा (भिडियो सहित)

२०७७, २९ चैत्र आईतवार १२:५०

चैत २९, काठमाडौँ | वैदेशिक रोजगार विभागले आज काठमाडौंको बुद्धनगरस्थित रेड कोरल एसोसिएट म्यानपावरमा छापा मारेको छ । पीडितसँग मासिक ९०० रियाल तलब कमाई हुने कामको लागि जान म्यानपावरले चर्को लागत लिंदै गर्दा विभागले छापा मारेको हो ।

अघिल्लो बर्षनै अग्रिम २० हजार लिएर लामो प्रयासमा वैदेशिक रोजगारमा जान लागेका एक युवालाई काठमाडौँको बुद्धनगरमै रहेको म्यानपावरले चर्को लागत मागेको थियो । विदेश गएर पाँच महिनासम्म काम गरेको तलब म्यानपावरलाई लागतकै नाममा बुझाउनुपर्ने भएपछि पीडितले बिभागलाई पूर्वसूचना दिएका थिए । त्यसपछि विभागको टोली उक्त म्यानपावर पिडित युवासंगै पुगेको थियो ।


सरकारले कतार जान न्युनतम १० हजार लागत तोकेको भएपनि आफूले ५०/६० हजार दिन तयार रहँदा पनि म्यानपावरले चर्को लागत लाग्ने भनेपछि उजुरी दिन बिभाग पुगेको पीडित युवाले बताएका छन् । पीडतका अनुसार रेड कोरल एसोसिएट म्यानपावरले उनि सहित अन्य युवाहरुलाई प्रतिव्यक्ति एक लाख ३० हजारभन्दा धेरै लागत लिएको बताएका छन् । उनले भने 'मनपरि हुँदो रहेछ, यही काममा अरु साथीहरुले २ लाखसम्म तिरेका छन् । उनिहरुले कतार गएर ८ महिना म्यानपावरले लिएको लागतकै लागि विदेशी भूमिमा जोतिनुपर्छ ।' 


बिभागले छापा मारेसंगै उजुरीकर्ता युवाले आफूबाट अशुली भएको एक लाख १० हजार रकम फिर्ता पाएका छन् । साथै म्यानपावर मार्फत पीडितले वैदेशिक रोजगारमा जानको लागि आवश्यक पासपोर्ट सहित सम्पूर्ण कागजात प्राप्त गरेका छन् । पीडत युवाका अनुसार उनि आजै वैदेशिक रोजगारको लागि कतार उड्दैछन् । उनले भने 'बिदाको दिन समेत नभनी वैदेशिक रोजगार बिभाग र मिडियाकर्मीहरुले मेरो लागि समय दिएकोमा धन्यवाद !' 

सरकारले २०७२ मा कतार सहित बिभिन्न ७ देशमा जान बढीमा १० हजार लागत मात्र लिन पाउने नीति लिएपनि म्यानपावर व्यवसायीहरुले भने बिरोध गर्दै कम्तिमा एक महिनाको तलब लिन पाउने माग राख्दै आएका छन् । यता व्यवसायीहरुबीच भएको अस्वस्थ प्रतिष्पर्धाको कारण व्यवसायीकै माग अनुसार सरकारले एक महिनाको तलब सेवा-शुल्कको रुपमा लिन दिएपनि चर्को लागतको बेथिति भने नरोकिने स्पष्ट देखिन्छ । केहि डिमाण्डमा सरकारले तोकेकै लागतमा वैदेशिक रोजगारमा जान पाइएको भए पनि अधिकांश डिमाण्डमा वैदेशिक रोजगारमा जाने युवाहरुले अत्याधिक चर्को लागत तिर्न बाध्य भईराखेका छन् । 

भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ