२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियामा रोजगारी : सन् २०२१ मा नेपालका लागि पाँच हजार ४०० जनाको कोटा

३० चैत्र २०७७, सोमबार ०१:५८

चैत ३०, काठमाडौं । दक्षिण  कोरियाको  मानव  संशोधन विभाग  (एचआरडी)ले  सन्  २०२१  मा  नेपालका  लागि  पाँच हजार  ४००  जनाको  कोटा  निर्धारण  गरेको  छ । 

वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले  एचआरडीले  निर्धारण  गरेको  यो  सङ्ख्या  लग्ने सङ्ख्याभन्दा पनि भाषा र सीप परीक्षा उत्तीर्णका लागि निर्धारण गरेको हो ।

एचआरडीले  सन्  २०२१  का  लागि  ५२  हजार  विदेश श्रमिक  लैजाने  गरी  कोटा  निर्धारण  गरेकोमा  नेपाललाई  यो सङ्ख्या  परेका  हो । यो  विश्वका  विभिन्न  १६  देशका  लागि छुुट्याइएको कोटा हो ।

ईपीएस  शाखाका  निर्देशक  इन्द्र  गौतमले  यो  पटक एचआरडीले  सङ्ख्या  पठाउँदा  कोटा  नभनेर  परीक्षा  उत्तीर्ण गर्ने भनिएकाले यीमध्ये कति जान पाउँछन् अहिलेसम्म स्पष्ट नभएको जानकारी दिए ।

उनले  भने,  अघिल्ला  वर्षमा  यति  कोटा  भनेर निर्धारण गरिएको हुुन्थ्यो, यो पटक त्यस्तो नभएर परीक्षा उत्तीर्ण गर्ने  सङ्ख्या  भनिएको  छ,  त्यसैले  हामी  पनि  द्विविधामा  छौँ, स्पष्ट हुन प्रयास गरिरहेका छौँ ।

निर्देशक  गौतमले  गएको  जनवरीमै  सूचना  निकालेर एचआरडीले  पहिलो  आधा  वर्षमा  उत्पादनतर्फ  एक  हजार नेपाली  श्रमिक  लैजाने  भनेको  भए  पनि  चार  महिना  सकिन लाग्दासमेत कुनै प्रक्रिया अगाडि नबढेको जानकारी दिए । पहिलो  आधा  वर्षका  लागि  गरेको  प्रतिबद्धता  नै  कार्यान्वयन नभएको अवस्थामा दोस्रो आधा वर्षको आउला भन्ने के आश गर्नु खै उनले थपे ।

नेपालबाट सन् २००८ देखि कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकालाई  ईपीएसमार्फत  दक्षिण  कोरिया  लग्दै  आएको  छ । कोरिया  सरकारले  विदेशी  श्रमिक  आपूर्ति  गर्दै  आएका  देशमा कोरोना भाइरसका कारण सन् २०२० मा कोरियन भाषा परीक्षा सञ्चालन गरेन ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य