२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएई भिजिट भिसा: बिभागद्वारा कन्सल्टेन्सीमा सिल, अलपत्र परेर फर्किए युवाहरु ! (भिडियो हेर्नुहोस)

३ बैशाख २०७८, शुक्रबार १७:०३

अनिल अधिकारी । वैशाख ३, ललितपुर । कोरोना महामारीपछि वैदेशिक रोजगार सुस्ताएको मौका छोपेर केहि व्यक्तिहरुले वैदेशिक रोजगारको नाममा भिजिट भिसाको ठगि धन्दा चलाईरहेका छन् । यसरी धन्दा चलाउनेहरुले युवाहरुलाई आकर्षक कम्पनी र तलबको प्रलोभन पार्ने देखि कयौंलाई त भिजिट भिसा समेत नभनी ढाटेर युएई पुर्याई अलपत्र पार्ने गरेका छन् ।

युवाहरुलाई बिभिन्न प्रलोभनमा पारेर रोजगारको लागि भिजिटमा पठाउने गिरोहहरुले नेपालको एएरपोर्टमा समेत सेटिङ गर्ने गरेको पाइएको छ। यस्तै धन्दाको पर्दाफास गर्ने क्रममा आज वैदेशिक रोजगार बिभागले ललितपुरको बालकुमारीस्थित एक कन्सल्टेन्सीमा सिल गरेको छ ।टार्गेट इमिग्रेसन एण्ड एजुकेशन कन्सल्टेन्सी मार्फत वैदेशिक रोजगारको क्रममा रहेका कयौं युवाहरुलाई ठगि गरेको गुनाशो आएपछि बिभाग उक्त कन्सल्टेन्सीमा छापा मार्न पुगेको थियो।


वैदेशिक रोजगार ऐन अनुसार वैदेशिक रोजगारको इजाजत नपाएका कुनैपनि कन्सल्टेन्सीले वैदेशिक रोजगारमा पठाउन पाउदैनन् । वैदेशिक रोजगार बिभागको अनुगमन टोली उक्त कन्सल्टेन्सीमा पुग्दा कन्सल्टेन्सी बन्द थियो । बिभागले पिडितहरुबाट प्राप्त फोन नम्बरको आधारमा यसका संचालक राजीव न्यौपानेलाई फोन गर्दा केहि समयमा आउने भनेपनि लामो समयसम्म संचालक आएनन् । संचालक नआएपछि बिभागले उक्त कम्पनी सिल गरेको छ।


बिभाग उक्त कन्सल्टेन्सीमा छापा मार्न पुग्दा यसै कम्पनीको बाहिर र कम्पनीकै गेट अगाडी पीडतहरु समेत भेटिएका थिए । पीडित युवाहरु मध्ये कोहि भिजिट भिसामा युएई गएर अलपत्र भई फर्किएका छन् भने कोहि पोर्चुगल पठाईदिने नाममा ठगिएका छन् । छापा मार्न पुगेको अवस्थामा धादिङका दुई युवा पनि सोहि कार्यालयमै आई पुगेका थिए।  उनीहरुका अनुसार सोहि कन्सल्टेन्सीले उनीहरु सहितलाई क्रोएसिया पठाईदिने भनेर अग्रिम ५०/५० हजार रकम अशुली गरेको तर लामो समयदेखि पठाउन नसकेको बताएका छन् ।


बिभागले उक्त कन्सल्टेन्सीमा सिल गरेको र यसै कन्सल्टेन्सीले भिजिट भिसामा युएई पठाएर अलपत्र परि दुइ दिन अघि नेपाल फर्किएका १० जना युवाहरु सहित तयार पारिएको भिडियो रिपोर्ट तल हेर्न सक्नुहुन्छ:



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य