2026-09-04 06:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा तीन महिनामा कोमामा पुगेर बाँचेका भूलेजको उद्धार

वैशाख १०, लण्डन । परिवारको आवश्यकता पूरा गर्ने, छोराको उचित पालनपोषण गर्ने र सहज जीवनयापनको सपना बोकेर वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका थिए मोरङका वेदबहादुर भुजेल । तर आफूले साउदीमा आफूले भनेको जस्तो काम नपाएपछि उनी बेखर्ची मात्र होइन गैरकानुनी रुपमा बस्न बाध्य भए । 

आफ्नो परिवारमा खुशी ल्याउने इच्छा पालेर साथ साउदी पुगेका भुजेलको जिन्दगीमा नसोचेको बज्रपात पर्यो । साथीभाइहरुको सहयोगमा गैरकानुनी हैसियतमा रहेर पनि एक कम्पनीमा सामान्य काम सुरु गरेका भूजेल कामकै क्रममा ठूलो दुर्घटनामा परे । उनी स्थानिय अस्पतालमा साढे  दुई बर्षसम्म उपचारका लागि भर्ना भए । त्यस अवधि मध्ये तीन महिनासम्म त भूजेल कोमामा परेका थिए । परदेशमा बेखर्ची रहेका भूजेलेलाई अस्पतालले  दुई करोड ५० लाख ९८ लाख २३ हजार रिहाद को बिल थमाईदियो । खान-बस्न समेत समस्यामा परेका भूजेल अस्पतालको बिल देखेर छाँगाबाट खसे जस्तै भए ।  बिल तिर्न नसक्ने भएपछि साउदी अरबको रियादस्थित फ्यामेलीकियर अस्पतालले उनी विरुद्ध मुद्धा दायर गरेको थियो । सोही मुद्दाका कारण भूजेलले साउदी अरब छोड्न नपाउने स्थितिमा पुगे ।  विभिन्न माध्यमबाट उनी नेपाली दूतावास र गैरआवासीय नेपाली संघको सम्पर्कमा आइपुगे ।

दुई वर्षदेखि नेपाली दूतावासको सेल्टरमा रहेका  भूजेलको मुद्दा फिर्ता गराउन  नेपाली दूतावासले  पहलकदमी लियो । नेपाली दूतावासको विशेष पहलकदमी पछि अस्पतालले भूजेलविरुद्ध अदालतमा रहेको मुद्दा फिर्ता लिईदियो । भूजेलको मुद्दा त  फिर्ता भयो तर नेपाल फर्कने कुनै उपाय लागेन ।   आर्थिक रुपमा निकै कमजोर रहेका भूजेलको सहयोगको लागि नेपाली दूतवास साउदीले गैरआवासीय नेपाली संघलाई आग्रह गर्यो र उनको नेपालसम्मको उद्धारको जिम्मेवारी संघले लिएको थियो । 

संघको कोभिड–१९ राहत तथा उद्दार कार्यक्रम अन्तर्गत उनलाई साउदी देखि  विराटनगरसम्म  पुग्न आवश्यक हवाई टिकट, काठमाण्डौंमा बस्न तथा खानाको व्यवस्था गरिएको थियो ।  उनको सहयोगार्थ संघले आफ्ना स्वयंसेवकहरु परिचालन समेत गरेको थियो ।  विराटनगरबाट घरसम्म जानका लागि गाडीको समेत व्यवस्था संघले मिलाएको थियो । गैरआवासीय नेपाली संघले सञ्चालन गरेको वैदेशिक रोजगारीमा रहेका नेपालहरुको उद्धार र पुर्नस्थापना कार्यक्रमअन्तर्गत भूजेलको सम्पूर्ण खर्च व्यहोरेर  उनलाई परिवार समक्ष बुझाएको हो  ।  भूजेलको आर्थिक अवस्था अत्यन्त नाजुक रहेको  छ । 

वैदेशिक रोजगारीको लागि  १ लाख  रुपैयाँ चर्को ब्याजमा क्रण लिएका भूजेलको ऋण अहिले  ब्याजसहित ३ लाख ५० हजार भन्दा बढी नाघी सकेको छ । परिवारसँगको भेट पछि प्रसन्न रहेका भूजेल अब के गर्ने भनेर चिन्तित छन् ।  अहिले उनको ठूलो चिन्ता  साहुको क्रण कसरी तिर्ने भन्ने हो । उनी भन्छन्, जसोतसो बाँचेर त आएँ तर  अब के  गर्ने भन्ने चिन्ता छ । 

साउदी अबरस्थित नेपाली दूतावासले बिहीवार एक विज्ञप्ति जारी गर्दै उनको उपचार खर्च मिनाह गर्ने रियादस्थित फ्यामेलीकियर अस्पताल, स्वदेश फिर्तिको लागि आवश्यक सम्पूर्ण प्रवन्ध गरिदिने गैरआवासीय नेपाली संघ लगायतलाई धन्यवाद ज्ञापन गरेको छ ।  

संघका उपाध्यक्ष एवं बैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा. बद्री के।सीले वैदेशिक रोजगारीमा अलपत्रमा परेका नेपाली श्रमिकहरुलाई राहत तथा उद्दारको काम जारी रहेको बताए ।  

उनले संघको यस कार्यक्रम अन्तर्गत सेप्टेम्वर २०२० देखि हाल सम्म कोभिड–१९ का कारणले समस्यामा परेका १७००० भन्दा बढी नेपाली श्रमिहरुलाई राहत तथा उद्दार सम्बन्धि सहयोग पुर्याएको  बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव