१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरिया रोजगारीमा जानेलाई बायोमेट्रिक लागू, खेताला परीक्षार्थीका दिन गए

१४ बैशाख २०७८, मंगलवार १४:११

वैशाख १४, काठमाडौँ | दक्षिण कोरिया जाने नेपाली श्रमिकका लागि रोजगार प्रक्रियाका सबै चरण अबदेखि बायोमेट्रिकमा हुने भएको छ । यो कार्यान्वयन गर्ने योजना सहित इपिएस शाखाले सम्पूर्ण तयारी पुरा गरिसकेको छ । 

वैदेशिक रोजगार बिभागबाट प्राप्त जानकारी अनुसार आगामी भाषा परीक्षादेखि बायोमेट्रिक लागू हुनेछ । यो निर्णयले खेताला परीक्षार्थी बनेर पास गराउने धन्दा चलाएकाहरुलाई भने तनाब हुने भएको छ । कोरिया जान चाहेकाहरुबाट चर्को अशुली गरेर एउटा व्यक्तिको नाममा अर्कै व्यक्तिले भाषा परीक्षा दिएर कोरिया पठाउने गरेपछि बायोमेट्रिक गराउन कोरियालेनै ध्यानाकर्षण गराएको थियो । त्यसै अनुसार कोरिया रोजगारीको परीक्षादेखि रोजगारीको लागि कोरिया पुग्दासम्मको चरणमा बायोमेट्रिक गर्नु पर्ने लागु भएको श्रम मन्त्रालयका आईटि प्रमुख राजु श्रेष्ठले साझा सबाललाई जानकारी गराएका छन्  ।

श्रेष्ठका अनुसार कोरिया जानको लागि भाषा परीक्षामा फारम भरेपछि परीक्षा दिनु अघि बायोमेट्रिक गर्नुपर्ने छ । त्यसपछि कोरिया रोजगारीमा पुग्दासम्म सोहि बायोमेट्रिकको आधारमा बिभिन्न चरणहरु श्रमिक प्रमाणीकरण हुनेछन् । यसरी प्रमाणीकरण हुँदा एक व्यक्तिले कोरियाको भाषा परीक्षा दिएर अर्कै व्यक्ति कोरिया पुग्ने सम्भावना हुँदैन । 


गत बर्ष रोजगारीका लागि दक्षिण कोरिया जाने अन्तर्गत ईपीएस भाषा परीक्षामा  खेताला परीक्षार्थी बनेर कमाउन पल्केका एक प्रशिक्षक पक्राउ परेका थिए । त्यस अघिपनि नक्कली परिक्षार्थीहरु पक्राउ परेका थिए । कोरिया पठाउने आश्वासन सहित यसअघि विभिन्न समयमा कोरियन भाषाको ईपीएस परीक्षाका कमजोर विद्यार्थीहरूलाई प्रभाव तथा प्रलोभनमा पारेर एक पटकको परीक्षा दिएवापत सात लाखसम्म असुलेको पाइएको थियो । यसरी काम गर्ने खेतालाई परीक्षार्थीको धन्दामा कति जना संलग्न छन् थाहा छैन तर अब भने परीक्षामा सहभागी हुनुअघि जसको बायोमेट्रिक गरिएको छ, सिस्टमले त्यसैलाई मात्र अन्य प्रक्रियामा प्रमाणित गर्ने हुँदा नक्कली परीक्षार्थी भाषा परीक्षामा उपस्थित हुने बाटोको अन्त्य भएको छ । 

विगतमा कोरिया भाषा परीक्षामा वास्तविक परीक्षार्थीको प्रवशेपत्रमा आफ्नो तस्वीर राखी परीक्षा दिएर खेताला परीक्षार्थीहरुले चर्को रकम अशुली गर्ने धन्दा चलाइरहेका थिए । बायोमेट्रिक परीक्षण लागू भएसंगै अब कोरिया भाषा परीक्षा लिने सबै सेन्टरहरुमा बायोमेट्रिक परीक्षणको व्यवस्था गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी