2026-09-04 05:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर तथा अभिमुखिकरण संस्थाहरुलाई बायोमेट्रिकमा किर्तेको अभियोग ! (भिडियो सहित)

वैशाख १५, काठमाडौँ | वैदेशिक रोजगारमा जाने कामदारहरुलाई अभिमुखिकरण तालिमको क्रममा सेटिङ गराएर तालिमनै नगराई वैदेशिक रोजगारमा पठाउने गरेको पाइएको छ । यसैलाई नियमन गर्न वैदेशिक रोजगार बिभागले गत आइतबारदेखि बिमानस्थलमा बायोमेट्रिक अनिवार्य गरिसकेको छ ।

वैदेशिक रोजगार बिभागले उपत्यका र उपत्यका बाहिर गरेको अभिमुखिकरण गर्ने संस्थाहरुको अनुगमनको क्रममा म्यानपावर तथा एजेन्टहरुको आग्रहमा अभिमुखिकरण तालिम दिने संस्थाहरुले वैदेशिक रोजगारमा जान लागेका कामदारहरुलाई अभिमुखिकरण तालिममा सहभागी नगराई प्रमाणपत्र दिने गरेको र बायोमेट्रीक समेत किर्ते गर्ने गरेको पाइएको थियो । बिभागका अनुगमन अधिकारी मात्रिका सापकोटाका अन्सुआर कतिपय अभिमुखिकरण संस्थामा आवद्ध कर्मचारीले आफैले अरुको बायोमेट्रिक गरिदिने गरेको समेत पाइएको छ । त्यस्तै कतिपयले खेताला खोजेर समेत अरुको किर्ते बायोमेट्रिक गरिदिने गरेको तथा तालिममा सहभागी हुने काम गरिरहेको पाइएको थियो। 

बिभागबाट बिमानस्थलमा बायोमेट्रिक कार्यान्वयनको लागि खटिएका साखा अधिकृत तिर्थराज कटेलका अनुसार सरकारी प्रयोजनको लागि भइरहेको बायोमेट्रिकमा किर्ते काम भईरहेको छ । उनका अनुसार एकै व्यक्तिले हजारौं जना कामदारको बायोमेट्रिक गरिदिने गरेको र अडिटको क्रममा एकै औंलाले कयौंको बायोमेट्रिक गरेको भेटिदा सरकारी किर्तेको अभियोग लगाएर कानुनी कारवाहीमा तान्न सकिन्छ ।

बिभागको सिस्टममा एकै औंलाको रेकर्ड कयौंको बायोमेट्रिकमा म्याच हुँदा वास्तविक वैदेशिक रोजगारमा जानेको बायोमेट्रिक एयरपोर्टमा म्याच हुँदैन । अहिले बिमानस्थलमा वैदेशिक रोजगारको क्रममा पुगेकाहरुको बायोमेट्रिक भेरिफाइ गर्दा नभेटिए कुन-कुन म्यानपावर वा अभिमुखिकरण संस्थाबाट वैदेशिक रोजगारमा जानेहरुमा त्यस्तो समस्या देखिएको छ भन्नेबारे विवरणहरु संकलन भईरहेको छ । उक्त विवरणबाट सहजै सेटिङमा चलेकाहरुको पहिचान हुने बिभागले जनाएको छ । 

यसै सम्बन्धमा साझा सबाल मिडियाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै पुगेर स्थलगत भिडियो तयार पारेको छ: 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव