२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

पर्यटकीय एवं धार्मिक क्षेत्रमा प्रवेश गर्न रोक

१५ बैशाख २०७८, बुधबार ०६:०३

वैशाख १५, तनहुँ । तनहुँका पर्यटकीय एवं प्रसिद्ध धार्मिकस्थलमा पर्यटक र भक्तजनलाई प्रवेशमा रोक लगाइएको छ । पछिल्लो समय पुनः महामारीका रूमा कोभिड–१९ को सङ्क्रमण फैलिँदै जान थालेपछि कम गर्नका लागि प्रवेशमा रोक लगाइएको हो । छाब्दी बाराही मन्दिरमा पूजाअर्चनाका लागि बन्द गरिएको छ । जिल्लास्तरी कोभिड सङ्कट व्यवस्थापन समितिले मठमन्दिरलगायत धार्मिक र पर्यटकीयस्थलमा भीडभाड नगर्न निर्देशन दिएपछि सोमबारदेखि नै बन्द गरिएको छाब्दीबाराही मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेम थापाले जानकारी दिनुभयो । 

त्यसैगरी ढोरबाराही मन्दिरमा आजदेखि भक्तजनलाई प्रवेशमा रोक लगाइएको छ । नित्य पूजाअर्चनाबाहेक भक्तजनलाई प्रवेशमा रोक लगाइएको छ । गत वर्ष चैतदेखि शुरु भएको कोरोना सङ्क्रमण असारपछि क्रमिकरूपमा घट्दै गएपछि मन्दिरमा भक्तजनको चाप बढ्दै गएको पुजारी चिरञ्जीवी लम्सालले बताउनुभयो । 

इलाका प्रहरी कार्यालय बेलचौतराबाट आएको प्रहरी टोली पूजाअर्चना मङ्गलबारबाटै रोक्न भने पनि टाढा–टाढाबाट भक्तजन आएकाले आजदेखि बन्द गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । शुक्लागण्डकी नगरपालिका–९ बाजस्थलमा रहेको ढोरबाराही मन्दिर भगवान् विष्णुको तेस्रो अवतारका रूपमा लिइन्छ । मन्दिरको दर्शन गरेमा भाकल पूरा हुने, रोगव्यादी निको हुने जनविश्वास छ । मनोकाङ्क्षा पूरा हुने भएकाले उक्त मन्दिरमा पूजाअर्चना र बलि दिनका लागि छिमेकी जिल्ला स्याङ्जा, कास्की, गोरखा, लमजुङ, पाल्पा, नवलपुर, चितवनबाट भक्तजन आउने गर्छन् । 

कोरोना सङ्क्रमण फैलिँदै जान थालेपछि जिल्लाका धार्मिक एवं पर्यटकीयस्थलमा मानिसलाई जमघट नहुन आग्रह गरिएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताउनुभयो । अनिवार्य मास्क लगाएर हिँड्न र जमघट भएर नबस्नका लागि जनचेतनामूलक कार्यक्रम गर्दै आएको उहाँले जानकारी दिनुभयो । जिल्लाका प्रसिद्ध धार्मिकस्थल अकला देवी, तनहुँ कालिका, थानीमाई, आँधीमूल, पर्यटकीयस्थल मानुङकोट, गलेखामकोट, परेवाडाँडा, बन्दिपुरलगायत क्षेत्रमा जमघट नहुन परिपत्रका साथ आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । 

तनहुँको व्यासमा आजदेखि विद्यालय बन्द 

व्यास नगरपालिका क्षेत्रभित्रका सामुदायिक एवं संस्थागत शैक्षिक संस्थामा वैशाख आजदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन बन्द गरिएको छ । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा मङ्गलबार सम्पन्न बैठकले विद्यमान कोभिड–१९ को असर र प्रभावलाई मध्यनजर गर्दै व्यास नपाभित्रका सम्पूर्ण सामुदायिक एवं संस्थागत शैक्षिक संस्थाट सञ्चालन हुँदै आएका भौतिक उपस्थितिका कुनै पनि कक्षा सञ्चालन नगर्न आग्रह गरेको छ । 

कक्षागत आन्तरिक परीक्षा भौतिक द्ररी कायम गर्दै स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्ड कडाइका साथ पालना गर्ने/गराउने व्यवस्था मिलाई फरक–फरक सिफ्टमा परीक्षा सञ्चालन गर्ने गरी आवश्यक व्यवस्था मिलाउन शिक्षा तथा सामाजिक विकास शाखालाई निर्देशन दिने निर्णय गरेको छ । 

व्यास नगरपालिका कार्यालयद्वारा मूल्याङ्कन गरी पेश हुन आएको नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको प्रतिवेदनउपर बृहतरूपमा छलफल गरी अनुमोदन गर्ने निर्णय गरियो । नगर विकास कोषको ऋण सहयोगमा व्यास नगरपालिकाको संयुक्त लगानीमा कार्यालय परिसरको उत्तर–पूर्वतर्फ निर्माण प्रस्ताव गरिएको बहुउदेश्यीय भवन निर्माणका लागि आवश्यक प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्ने कार्यका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनका लागि कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य