2026-09-04 04:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालबाट कतार जाने यात्रीहरूका लागि दुतावासको जरुरी सूचना

वैशाख १६, काठमाडौँ । नेपालबाट कतार जाने यात्रीहरूका लागि २९ अप्रिल २०२१ देखि अनिवार्य क्वारेन्टाइन लागू हुने भएको छ । कतारस्थित नेपाली दुतावासले एक सूचना जारी गर्दै कोरोना महामारीको बेला कतार सरकारले लागू गरेको मापदण्ड पालना गर्न नेपालीहरुमा अनुरोध गरेको छ ।

भारतमा हालै देखा परेको “COVID-19” भाइरसको बढ्दो संक्रमणलाई ध्यानमा राखी कतारमा बसोबास गरिरहेका कतारी तथा सबै जनाको स्वास्थ्यलाई सुरक्षित राख्न कतार सरकारको जन स्वास्थ्य मन्त्रालयले २६ अप्रिल २०२१ मा एउटा विज्ञप्ती जारी गरी भारत, नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका र फिलिपिन्सबाट कतार आउने यात्रीहरूका लागि २९ अप्रिल २०२१ देखि लागू हुने गरी अनिवार्य क्वारेन्टाइन सम्बन्धी निर्देशनहरु जारी गरेको छ । जस अनुसार  ती देशहरूबाट आउने सबै जनाले १० दिन होटल क्वारेन्टाइन वा १४ दिन मेकाइनिस  क्वारेन्टाइनमा बस्नु पर्नेछ । यो प्रावधान कतारमा कोरोना खोप लगाइसकेको व्यक्तिको हकमा समेत लागू हुने जनाइएको छ । साथै ती मुलुकबाट कतार प्रवेश गर्ने सबै यात्रुहरूले अनिवार्य रुपमा तोकिएको स्वास्थ्य केन्द्रबाट कोभिड-१९ पिसिआर परीक्षण गरी ४८ घण्टा अघिको नेगेटिभ रिपोर्ट साथमा लिएर यात्रा गर्नु पर्नेछ ।

कतारलाई ट्रान्जिट बनाई अन्य देशमा यात्रा गर्ने सबै यात्रुहरूले पनि कोभिड पिसिआर परीक्षण  अनिवार्य गरेको हुनुपर्दछ । आफ्नो गन्तव्य मुलुकको लागि अर्को कोभिड-१९ पिसिआर परीक्षणको आवश्यक परेमा ती यात्रीहरुको लागि कतारी रियाल ३०० तिरेर हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड-१९ पिसिआर परीक्षण गर्न सकिने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो