२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चार्टर्ड उडान: खुलेआम लुटतन्त्र ! बैदेशिक रोजगारमा जाने-आउनेलाई नियमित उडान खोल्न माग

२३ बैशाख २०७८, बिहीबार १४:१५

वैशाख २३, काठमाडौँ | लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी एशोसिएसनले नियमित उडान रोकेर चार्टर्ड उडान गराउन अनुमति दिँदा खुलेयाम लुटतन्त्र हुने आशंका व्यक्त गर्दै एक विज्ञप्ति जारी गरेको छ । एशोसिएसनले आफ्नो विज्ञाप्तिमा स्वास्थ्य प्रोटोकल पालना गरेर नियमित अन्तराष्ट्रिय उडान गर्न समेत माग गरेको छ । 

एशोसिएसनका अध्यक्ष नरेन्द्र प्रसाद ढकालद्वारा जारी बिज्ञप्तिमा भनिएको छ '२०/२२ हजारमा पाउने टिकट नब्बे हजार सम्ममा बिक्रि भएका छन । बाध्यतामा परेका यात्रुलाई विमान कम्पनीहरुले आफ्नो सिकार बनाईरहेको अवस्थामा नेपाल सरकारले अझ नियमित उडानलाई स्थगित गरेर चार्टड उडानहरुलाई अनुमति दिदा  टिकटको मुल्य अझ आकासिने र विमान कँम्पनी तथा चार्टड कर्ताहरुमा मनोमानी अझबढ्ने सम्भावना छ । बिदेशबाट आउने, छुट्टी सकेर फर्किने कामदार तथा अत्यावश्यक परि यात्रा  गर्नु पर्ने बाध्यता भएकाहरुलाई यसले नराम्ररी प्रभावित गर्ने छ र खुलेआम लुटतन्त्र हुनेछ ।'


यस्तो छ लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी एशोसिएसनको बिज्ञप्ति:

विश्वलाई नै तहस नहस पारिरहेको कोभिड-१९ को दोश्रो चरणले आम जनमानसलाई जीवन कसरी धान्ने भन्ने ब्यक्तिगत चिन्ताले सताएको छ । सम्पूर्ण  ब्यापार ब्यवसायहरु ठप्प प्राय छन्, अब यसलाई उठ्न सहज परिस्थिती भए पश्चात पनि धेरै वर्ष लाग्नेछ । एक बर्ष भन्दा बढी समयदेखी सयौँ बैदेशिक रोजगार ब्यवसायीका कार्यालयहरु बन्द छन् । विदेश गएर आफ्नो गर्जो टार्ने सपना बुनेका युवाहरु बेरोजगार भई त्यसै वरालिएका छन् । दैनिक आय-आर्जनको कुनै श्रोत छैन । यस्तो अप्ठयारो परिस्थितीलाई सम्बोधन गर्न नेपाल सरकारसंग कुनै पनि किसिमको दिर्घकालिन योजना छैन । 

हाल नेपाल सरकारले कोभिड – १९ को संक्रमण वृद्धिलाई नियन्त्रण गर्नको लागि यहि बैशाख १६ गतेदेखी देशका विभिन्न भागमा निषेधाज्ञा जारी गरेको छ । यसले गर्दा दैनिक आवत-जावत लगायत सम्पूर्ण कारोवारहरु ठप्प छन् । यसै क्रममा बैशाख २० गते राती १२ बजे देखि राष्ट्रिय तथा २३ गते राती १२ बजेदेखी अन्तराष्ट्रिय नियमित उडानहरु कम्तिमा १ हप्ताको लागी स्थगित गरिएका छन् तर सो अवधिमा चार्टड उडानहरुका लागी भने अनुमति दिने ब्यवस्था गरीएको छ । बिगत १ बर्ष देखी नियमित उडानहरु कम भएको, केही अन्तराष्ट्रिय विमान कम्पनीहरुले नेपालका उडानहरु बन्द गरेको र हाल भारतीय कामदारहरु समेत नेपालको अन्तराष्ट्रिय विमानस्थल प्रयोग गरी विदेशिने क्रम बढेसंगै विमानको भाडादर अपत्यारीलो गरी  बृद्धि भएको छ । २०/२२ हजारमा पाईने टिकट नब्बे हजारसम्ममा बिक्रि भएका छन् । बाध्यतामा परेका यात्रुलाई विमान कम्पनीहरुले आफ्नो सिकार बनाईरहेको अवस्थामा नेपाल सरकारले अझ नियमित उडानलाई स्थगित गरेर चार्टड उडानहरुलाई अनुमति दिदा  टिकटको मुल्य अझ आकासिने र विमान कँम्पनी तथा चार्टड कर्ताहरुमा मनोमानी अझ बढने  सम्भावना छ । बिदेशबाट आउने, छुट्टी सकेर फर्किने कामदार तथा अत्यावश्यक परि यात्रा  गर्नु पर्ने बाध्यता भएकाहरुलाई यसले नराम्ररी प्रभावित गर्ने छ र खुलेआम लुटतन्त्र हुनेछ  

सम्बन्धीत देशहरुले समेत नेपालबाट हुने उडानहरुलाई कुनै प्रतिबन्द नलगाएको अवस्थामा स्वास्थ्य सम्बन्धि आवश्यक प्रकृया अपनाएर नियमित उडानलाई नै निरन्तरता दिदै कोभिडबाट अत्यन्त प्रभावित छिमेकी मुलुकहरुबाट हुने निर्बाद आवागमन तथा तेश्रो मुलुक जानको लागि प्रयोग भाईरहेको अन्तराष्ट्रिय विमानस्थलमा समेत कडाइका साथ नियन्त्रण गरी बैदेशिक रोजगारिको सिलसिलामा बिदेश जाने-आउने गरीब कामदार तथा आम नागरिकलाई सर्बसुलभ रुपमा हवाई सेवा उपलब्ध गराउन नेपाल सरकारसंग यस नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी एशोसिएसन जोडदार माग गर्दछ ।

नरेन्द्र प्रसाद ढकाल (अध्यक्ष) 

नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी एशोसिएसन

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो