१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बीमा कम्पनीले १० कर्मचारी राखेर केन्द्रीय कार्यालय मात्रै खोल्न पाउने, शाखा कार्यालय बन्द

२९ बैशाख २०७८, बुधबार ११:४८

वैशाख २९, काठमाडौं । बीमा समितिले जेठ १३ गतेसम्म बीमा कम्पनीहरुको शाखा कार्यालय बन्द गर्न निर्देशन दिएको छ । समितिले सम्पुर्ण बीमा कम्पनीहरुलाई केन्द्रीय कार्यालय मात्रै खोल्न निर्देशन दिएको हो । 

केन्द्रिय कार्यालय पनि १० जनाले मात्रै सञ्चालन गर्नु पर्ने भएको छ । हाललाई शाखा कार्यालयको काम पनि केन्द्रिय कार्यालयले गर्नु पर्ने व्यवस्था गरिएको समितिले जनाएको छ ।

हाल काठमाडौ उपत्यकामा नयाँ भेरियण्टको कोभिड-१९ महामारी संक्रमण तीव्र रुपमा बढीरहेको सन्दर्भमा नेपाल सरकार गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, काठमाडौको प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश अनुसार बैंशाख २९ गतेदेखि जेठ १३ गतेसम्मका लागि काठमाडौं जिल्लाभर निषेधाज्ञा जारी भएकोले यस्तो निर्देशन जारी गरिएको समितिले जनाएको छ ।

बीमा कम्पनीहरुले आफ्नो केन्द्रिय कार्यालय सञ्चालन गर्न र बीमा सेवा निर्वाध रुपले प्रवाह गर्न जनस्वास्थ्य र सुरक्षाका सम्पूर्ण मापदण्ड अबलम्बन गरी बढीमा दश जनासम्म कर्मचारी उपस्थित गराई सुरक्षित रुपले सेवा प्रवाहको व्यवस्था सुनिश्चित गर्न समितिले निर्देशन दिएको छ ।

बीमा सेवा सूचारु गर्नका लागि समितिबाट बीमा कम्पनीहरुका लागि पहेलो रंगको सवारी पास उपलब्ध गराइने भएको छ । कम्पनीहरुले यस बाहेकका अन्य कुनै पनि पास आफैले जारी गर्न पाउदैनन्।

शाखा कार्यालयहरु सञ्चालनको हकमा हाललाई शाखा कार्यालयको काम कारवाही पनि केन्द्रबाटै सञ्चालन गर्नु पर्ने भएको छ । कर्मचारी राखी शाखा सञ्चालन गर्न पाइने छैन ।काठमाडौं उपत्यका बाहिरका प्रादेशिक तथा शाखा कार्यालयहरु सञ्चालनको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी सेवा प्रवाह गर्नु पर्ने छ ।

नेपाल सरकारबाट जारी निषेधाज्ञाका कारण बीमितहरुलाई भौतिक रुपमा उपस्थित भई जीवन बीमा शुल्क बुझाउन असहज हुने भएकोले विधुतीय माध्यमबाट बीमा शुल्क संकलन गर्ने व्यवस्था गर्न समितिले निर्देशन दिएको छ ।

विद्युतीय माध्यमबाट जीवन बीमा शुल्क संकलन गर्न नसकिने भएमा बीमा शुल्क संकलन कार्य निषेधाज्ञा अवधि समाप्त भएको १५ दिन सम्म व्याज नलिई संकलन गर्ने व्यवस्था मिलाउनु पर्ने भएको छ । निषेध आज्ञा अवधिको समय भित्र बीमा अवधि समाप्त भएको बीमालेखको हकमा सम्बन्धित बीमितको लिखित अनुरोध विधुतीय माध्यमबाट निवेदन प्राप्त को आधारमा समेत बीमालेख नवीकरण हुने व्यवस्था मिलाउनु पर्ने भएको छ ।

जीवन बीमकले अवधि समाप्ति पछिको बीमा रकम विद्युतीय माध्यमबाट बीमितको खातामा जम्मा गर्ने व्यवस्था मिलाउने तथा अन्य बीमा दावीको हकमा बीमितल विद्युतिय माध्यम मार्फत निवेदन गरेमा यथेष्ठ प्रमाण संकलन गरी अवस्था सामान्य भएपछि यथाशिघ दाबी भुक्तानी गर्नु पर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह