Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

मलेसियामा काम गर्दा गर्दै सम्पर्क विहीन भए मनोजकुमार, खोजीमा भौतारिँदै परिवार

By साझासवाल

वैशाख ३०, काठमाण्डौ । रोजगारीका लागि मलेसिया गएका महोत्तरीका मनोजकुमार ठाकुर सम्पर्क विहीन भएका छन्  । मलेसियामा काम गरिरहेका मनोजकुमार ६ महिनाअघिदेखि परिवार र साथीभाइसँग सम्पर्कमा नभएको भन्दै बुवा रामनारायण ठाकुरले खोजिदिन आग्रह गरेका छन् ।

काम गरिरहेको छोरो सम्पर्कमा आएन रामनारायणले भने 'दुई चार दिन त फोन गर्छ होला भन्ने भयो, अहिले यत्तिको समय भइसक्यो कहीँ कतै कसैसँग सम्पर्कमा छैन ।' दूतावासको समन्वयमा त्यहाँका विभिन्न जेलहरूमा खोजी गरिएको अहिले मलेसियामै रहेका हरिकुमार मण्डलले बताए ।

‘दूतावासको सहयोगमा जेलहरूमा खोजी गरेको हो तर कुनै पनि जेलमा भेटिएन, काम गर्दा गर्दैको मानिस कहाँ गयो, के भयो कसैलाई थाहा भएन,’ हरिकुमारले भने,‘मनोजलाई खोजिदिन गाउँबाट उसको बुवाले रातदिन हात जोर्नुहुन्छ, खोज्नका लागि हर प्रयास गरिसक्यौँ तर अहिलेसम्म कुनै पत्तो छैन ।’ एक्कासि सम्पर्क विहीन हुँदा जेलमा परेको हुनसक्ने परिवारको अनुमान थियो । तर जेलहरूमा पनि नभेटिएपछि परिवार झन् चिन्तामा परेको छ ।

सन् २०१८ मा श्रम मनोजकुमारले मलेसियाको सिमे डरबे प्लान्टेसन कम्पनीका लागि श्रम स्वीकृति लिएर जानुभएको छ । प्लान्टेसन वर्करका रूपमा जानुभएका उहाँको करार अवधि तीन वर्षको छ ।

मलेसियामा यदि मनोजकुमारलाई देख्नु या भेट्नुभएमा ६८११४००३१४५१, ६०११२६६६९०९७ अथवा ००६०१०२१८५३२२ नम्बरमा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ । उज्यालो अनलाइनबाट साभार