पढ्न करिब 1 मिनेट लाग्छ

साउन २६, सुरुङ्गा । कनकाई नगरपालिकाले आर्थिक वर्ष ०७३/०७४ को सुरुवात्सँगै एकिकृत सम्पत्ति कर लिन सुरु गरेको छ । कार्यकारी अधिकृत खगेन्द्र गिरी संयोजक रहेको कार्यदलले तयार गरेको मूल्याङ्कन अनुमोदनका आधारमा नगरपालिकाले एकीकृत सम्पत्ति कर लिन सुरु गरेको हो ।

सरकारी नीति अनुसार नगर क्षेत्रका सबै भवन, घर जग्गाहरुको मूल्याङ्कन गरेर एकीकृत सम्पत्तिकर लागु गरिएको हो ।

न्यूनतम् ५० रुपैयाँदेखि ६० हजार रुपैयाँसम्म कर निर्धारण गरिएको छ । १ रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म ५० रुपैयाँ र ४ करोड १ रुपैयाँदेखि ५ करोड रुपैयाँसम्म ६० हजार रुपैयाँ कर लिने व्यवस्था गरिएको छ ।

नगरपालिकाले यस क्षेत्रको एकीकृत सम्पत्तिको मूल्याङ्कन गर्नुअघि पूर्वका विभिन्न नगरका राजनीतिक दलका प्रतिनिधिहरुसँग परामर्श लिएको थियो ।