Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भाग्यमानी चौधरी : ४ महिनामै बने तेश्रो पटक श्रममन्त्री

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

वैशाख ३१, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा पुन: गौरीशंकर चौधरी नियुक्त भएका छन् । यसअघि श्रम मन्त्रीकै जिम्मेवारीमा रहेका चौधरी पुन: तेश्रो पटक श्रम मन्त्रीमा नियुक्त भएका हुन् ।

बिहीबार प्रधानमन्त्रीमा पुन: नियुक्त भएका केपी शर्मा ओलीले मन्त्रिपरिषद गठन गरेसंगै श्रममन्त्री चौधरीले शुक्रबार सपथ लिएका छन् । चौधरी नेकपा माओवादी केन्द्र पार्टी छोडेर नेकपा एमाले पार्टी प्रवेश गरेका थिए । माओवादी पार्टी छोडेसंगै उनको सांसद पद गुमेको थियो । सो पश्च्यात यसअघि प्रधानमन्त्री ओलीले पुन: चौधरीलाई नै श्रममन्त्रीमा नियुक्त गरेका थिए । संघीय सांसद नरहेका व्यक्तिलाई प्रधानमन्त्रीले ६ महिनाका लागि मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था छ।

२७ वैशाखमा प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मत नपाएर पदमुक्त भएका थिए । तर राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि दिएको समयमा कसैको दावी नपरेपछि संविधानको धारा ७६ (३) अनुसार ओली संसदको ठूलो दलको संसदीय दलको नेताको हैसियतमा पुनःप्रधानमन्त्री नियुक्त भएका हुन् । सोहि अनुसार आज मन्त्रिमण्डल विस्तार भएको हो ।

प्रधानमन्त्री ओलीले संसद भंग गरेपछि त्यसमा असहमति जनाउदै श्रम मन्त्री रामेश्वर राय यादब लगायत सात जना मन्त्रीले पदबाट राजीनामा दिएका थिए। रिक्त स्थानमा गत पुस १० गते नयाँ मन्त्रीहरु नियुक्त भएका थिए । सो बेला मन्त्री र राज्य मन्त्री गरी ९ जना थपिंदा बहालवाला दुई मन्त्री भनें हटाइएका थिए । सो बेला हेरफेर गरिएको मन्त्री मण्डलमा कैलालीका गौरीशंकर चौधरी श्रम मन्त्री बनेका थिए ।