२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णाली करिडोरको निर्माण तीव्र

२०७८, २ जेष्ठ आईतवार ०७:५१

जेठ २, हुम्ला (रासस)। राष्ट्रिय गौरवको योजनाअन्तर्गतको हिल्सा–सिमीकोट सडक योजनाद्वारा लकडाउनबीच बिभिन्न सडक खण्डमा निर्माण  तीव्ररुपमा भइरहेको छ । कर्णाली कोरिडोरअन्तर्गत हिल्सा–सिमीकोट–सल्लिसल्ला सडक खण्डको च्याछरा भिर कडा चट्टान छिचोल्ने कार्य सकिएको र उक्त सडक खण्डमा ग्रेड मिलाउने कार्यसमेत तीव्र गतिमा अगाडि बढिरहेको छ । 

सिमकोट सल्लिसल्ला सडक खण्डअन्तर्गत बोक्चेगौंडा भिर ब्रेक थ्रु गरी एक किमी जति नयाँ ट्र्याक खोल्ने कार्यसमेत अगाडि बढेको छ । गत वैशाख २८ गते जिल्ला प्रशासन कार्यालयबाट जारी भएको निषेधाज्ञासम्बन्धी निर्णयमा निर्माण क्षेत्रलाई पास उपलब्ध गराई निर्माण सामग्री ल्याउन सहज भएसँगै निर्माण कार्यले तीव्रता पाइरहेको हिल्सा सिमकोट सडक योजनाका प्रमुख विसुन दास लामाले जानकारी गराउनुभयो । 

निषेधाज्ञामा साबिकको भन्दा निर्माण कार्यमा निर्माण सामग्रीको अभाव र तेलको अभावले गर्दा निर्माण कार्यमा सुस्तता आए पनि निर्माण कार्यको प्रगति सन्तोषजनक भइरहेको आयोजना प्रमुख लामाले बताउनुभयो । योजनाअन्तर्गतको पुलतर्फको कार्य निर्माण सामग्री यथेष्ट साइटमा उपलब्ध नभएको र चीनको हिल्सा नाकासमेत बन्द भएको हुँदा पुल निर्माण कार्यमा थोरै ढिलाइ भएको योजना कार्यालयले जनाएको छ । 

सिमकोट सल्लिसल्ला सडक खण्डको दुल्लीकुना भिर फुटाउन कम्प्रेसर, जेनेरेटरलगायत उपकरण सुर्खेतबाट निर्माणस्थलसम्म आइसकेको र कोभिड–१९ का कारण इन्धनको अभावले गर्दा उक्त भिर फुटाउन केही समयसमेत लाग्ने सपना धुलिखेल जेभीका आधिकारिक प्रतिनिधि तेजबहादुर महतले बताउनुभयो ।       

ओखरका बोट कृषि कार्यालयमा अलपत्र   

सदरमुकाम सिमकोटमा कृषि विकास कार्यालयमा टर्कीको च्याङ्गलर जातका ओखरका बोटबिरुवा कृषि विकास कार्यालयमा अलपत्र पारिएको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको कृषि निर्देशनालयको सहयोगमा कृषि विकास कार्यालयको मागअनुसार छ हजार च्याङ्गलर ओखरका बिरुवा आइसकेका कृषि विकास कार्यालयका प्रमुख बखतबहादुर खड्काले जानकारी दिनुभयो । 

जिल्लाका कृषकलाई वितरण गरिने भएको हुँदा कोभिड–१९ ले गर्दा एक गाउँपालिकाबाट अर्को गाउँपालिका आउन जान कठिन भएकाले रोकिएको उहाँले बताउनुभयो । बाली संरक्षण अधिकृत एवम् कृषि विकास कार्यालयका सूचना अधिकारी धर्मेन्द्र अधिकारीका अनुसार टर्कीबाट आएका च्याङ्गलर जातका ओखरका बोटबिरुवा जिल्लाका सातवटै गाउँपालिकाका लागि आएका थिए । 

ताँजाकोट गाउँपालिका र अदनचुली गाउँपालिकालाई एक हजार बोटबिरुवा वितरण भइसकेको कृषि कार्यालयले जनाएको छ । रु १६ करोड बराबरका बोटबिरुवा सुर्खेतबाट सिमकोट कृषि विकास कार्यालयसम्म ढुवानी गरिएको थियो ।        


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो