२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब नेपालीहरुले पनि विदेश जान पाउने, तीन देशमा नियमित उडानको तयारी

५ जेष्ठ २०७८, बुधबार १७:१२

जेठ ५, काठमाडौँ | चार्टर उडान गर्ने अनुमति पाएका उडानहरुले विदेशी सहित नेपाली नागरिकहरुलाई समेत विदेश प्रस्थानको अनुमति प्रदान गर्न आदेश दिएको छ । यो निर्णय वैशाख २९ गतेनै मन्त्रीस्तरवाट भएको निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्रालयले जनाएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले यस विषयमा गत बुधबार (वैशाख २९) मा गरेको निर्णय मन्त्रालयले बुधबार साँझ अध्यागमन विभाग र नागरिक उड्डयन प्राधिकरणलाई पठाएको छ । जसमा उल्लेख छ 'नियममित उडान नभएको वर्तमान अवस्थामा चार्टर उडान गर्ने अनुमति प्राप्त उडानहरुमा विदेशी नागरिक र नेपाली नागरिकसमेत सबैलाई विदेश प्रस्थानको अनुमति प्रदान गर्ने भनी वैशाख २९ गते माननीय मन्त्रीस्तरमा निर्णय भएको हुँदा सोहीअनुसार आवश्यक कायार्थ आदेशानुसार अनुरोध छ,' मन्त्रालयद्वारा लेखिएको पत्रमा उल्लेख छ ।


मन्त्रालयले दिएको आदेशसंगै अब नेपालमा बिदामा आएका विद्यार्थीहरु तथा वैदेशिक रोजगारमा जान चाहेका नेपालीहरुले चार्टर उडानमा विदेश जान पाउने बाटो खुलेको छ । 

यस्तै मन्त्रालयले जेठ १८ देखि पूर्वमा चीन, मलेसिया र पश्चिममा दोहा नियमित उडान सुचारु गर्ने तयारी गरेको छ । 

नेपाल सरकारले कोरोना महामारी फैलिएसंगै गत वैशाख २३ गते रातिदेखि बन्द गरेको अन्तराष्ट्रिय उडान मंगलबारदेखि भारतीय नागरिकहरुलाई साउदी लैजानको लागि खुला गरेको छ । अब नेपालबाट हुने सबै चार्टर्ड उडानबाट नेपाली नागरिकहरुले पनि टिकट काट्न सक्नेछन् ।

मन्त्रालयबाट जारी एक प्रेस विज्ञप्ति अनुसार बिभिन्न देशबाट पर्वतारोहण, पर्यटन, कुटनीतिक प्रयोजनका लागि नेपालमा आएर रोकिएका यात्रूहरुलाई गन्तव्य स्थानमा बहिर्गमन गर्नका लागि भारत, युरोपियन युनियन, अमेरिका, रुस लगायतका नेपालस्थित राजदुतावासबाट अनुरोध गरिए अनुसार प्रस्थानको लागि उडान अनुमति प्रदान भएको छ । बिदेशीहरुको लागि खुला गरिएका उडानहरुमा नेपालीहरुले पनि टिकट काटेर विदेश जान सकिने मन्त्रालयले जानकारी दिएको छ । 

साथै मन्त्रालयले जारी गरेको विज्ञप्ति मार्फत उडानका क्रममा एयरलाइन्सको टिकेटिङमा अनियमितता भएको जानकारी भए मन्त्रालयको इमेल ठेगाना [email protected] वा नेपाल नागरिक उड्ययन प्राधिकरणको इमेल ठेगाना [email protected] मा प्रमाण सहित पठाउन अनुरोध गरेको छ  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो