साउन २७, नयाँ दिल्ली । भारतको एक अस्पतालमा उपचारका लागि स्टाफ नर्सले घुस मागेपछि उपचारमा ढिलाई हुदा एकजना दश महिने शिशुको ज्य"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २७, नयाँ दिल्ली । भारतको एक अस्पतालमा उपचारका लागि स्टाफ नर्सले घुस मागेपछि उपचारमा ढिलाई हुदा एकजना दश महिने शिशुको ज्य"/>
२०८३, २१ जेष्ठ बिहीबार
काठमाडौँ - KTM

अस्पतालमा स्टाफ नर्सलाई घुस दिन ढिला भएपछी दश महिने शिशुको ज्यान गयो

२०७३, २७ श्रावण बिहीबार ०९:३३

साउन २७, नयाँ दिल्ली । भारतको एक अस्पतालमा उपचारका लागि स्टाफ नर्सले घुस मागेपछि उपचारमा ढिलाई हुदा एकजना दश महिने शिशुको ज्यान गएको परिवारले जनाएका छन् । 

भारतीय ती शिशुका परिवारका सदस्यले उपचारका लागि सरकारी अस्पतालमा लगिएको तर उपचारका क्रममा कागजात अघि बढाउन सोही अस्पतालकी नर्सले घुस मागेकोले उनको उपचार हुन नसकी ज्यान गएको बताएका छन् । 

बच्चा बिरामी भएपछि एक सरकारी अस्पतालमा लगिएको र त्यस अस्पतालका स्टाफ नर्सले उपचारका लागि आवश्यक कागजात चाँडो पेस गर्नका लागि घुस मागेको र उपचार ढिला हुन पुग्दा ती शिशुको ज्यान गएको बताइएको छ । 

उत्तर प्रदेशको एक सरकारी अस्पतालमा गएको शनिबार उपचारका लागि लगिएका सुमिता र शिव दत्तको १० महिने शिशुको उपचारमा तिनै स्टाफ नर्सले घुस मागेपछि उपचार ढिला भएको उनीहरुको दाबी छ । 

उत्तर प्रदेशको बहराइच अस्पतालमा लगिएका ती शिशुलाई भर्नाका लागि अस्पतालमा सैया मिलाउन पनि प्रशासनका एकजना कर्मचारीले घुस मागेका ती शिशुका बाबुले जनाएका छन् । 

बच्चालाई भर्ना गरिसकिएपछि पनि चिकित्सक मिलाउने कामका लागि भन्दै उनीहरुले घुस मागेका थिए । उनीहरुलाई नै पैसा दिनका लागि पैसा खोज्न ती शिशुकी आमा बाहिर जानु परेको थियो । 

आफूले ती नर्सलाई मागेको पैसा दिने भन्दै उपचार राम्रोसँग गर्न बारम्बार आग्रह गरेको तर पैसा सुरुमै चाहिने भनेपछि आफू पैसाको जोहो गर्न बाहिर हिँड्नु परेकोले बच्चाको हेरचाह पनि अस्पतालले राम्रोसँग नगरिदिएको मृतक बच्चाकी आमाले भारतीय एन्डिटिभीलाई बताएका छिन् । 

ती मृतक बच्चाका बाबुले आफूले हरेक पटक घुसमाग्ने अस्पतालका कर्मचारीहरुको सामना गर्नु परेको बताएका छन् । त्यस अस्पतालमा हरेक बिरामीसँग अस्पतालका कर्मचारीले घुस माग्ने गरेको र यदि घुस नदिएमा उनीहरुले बिरामीको उपचारको प्रक्रिया नै अघि नबढाइदिने गरेको शिव दत्तले जनाए । 

अस्पतालले सो विषयमा अनुसन्धानका लागि समिति गठन गरेको छ र अहिलेसम्ममा कुनै पनि तथ्य बाहिर आउन सकेको छैन । तर अस्पतालले भने ती मृतक शिशुका बाबुआमाले भनेजस्तो हरेक पटक घुस माग्ने गरेको भन्ने भनाईको भने खण्डन गरेको छ । रासस/एएफपी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ