साउन २७, भीमदत्तनगर । जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरले ट्राफिक कारबाहीबाट रु ३९ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ । 

गत आवमा ट्राफिक नियम विपरीत सवारी चालकबाट सो जरिवाना असुल गरिएको हो । अघिल्लो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २७, भीमदत्तनगर । जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरले ट्राफिक कारबाहीबाट रु ३९ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ । 

गत आवमा ट्राफिक नियम विपरीत सवारी चालकबाट सो जरिवाना असुल गरिएको हो । अघिल्लो"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ट्राफिक कारबाहीबाट चालीस लाख राजस्व

२७ श्रावण २०७३, बिहीबार ११:२३

साउन २७, भीमदत्तनगर । जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरले ट्राफिक कारबाहीबाट रु ३९ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ । 

गत आवमा ट्राफिक नियम विपरीत सवारी चालकबाट सो जरिवाना असुल गरिएको हो । अघिल्लो आवमा रु ५२ लाख २४ हजार राजस्व सङ्कलन भएको थियो । जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक टक्कर स्वाँरले नाकाबन्दीका कारण यस वर्ष राजस्व असुलीमा गिरावट आएको बताउनुभयो । 

ट्राफिक नियमको पालना नगर्ने, सवारी चालक अनुमतिपत्र बिना सवारी चलाउनेलगायतका कारणले विभिन्न सवारीसाधनमाथि कारबाही गरिएको उहाँको भनाइ छ । गत आवमा ३५६ वटा बस, ९६७ ट्रक, एक हजार २४६ जिप÷कार, दुई हजार ४०६ ट्याक्टर, सात हजार ४२४ मोटरसाइकल र अन्य ४२ वटा गरी कुल १२ हजार ४४१ वटा सवारीसाधनमाथि कारबाही गरिएको ट्राफिक प्रमुख स्वाँरले जानकारी दिनुभयो । 

ट्राफिक नियमको पालना गरे दुर्घटना पनि कम हुने बताउँदै उहाँले त्यसतर्फ सवारीचालक र सवारी धनी सजग हुनुपर्नेमा जोड दिनुभयो । गत आवमा कञ्चनपुरमा सवारी दुर्घटनामा परी २३ जनाले ज्यान गुमाएका जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ