२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कोरोना कहर : एकले अर्काको हौसला बढाऔँ, बालबालिकालाई विशेष ध्यान दिऊँ

२०७८, १३ जेष्ठ बिहीबार ०४:५५

जेठ १३, धनगढी (रासस)। नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना कहरका कारण देशभर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि मानिसहरूको सामान्य दैनिकी परिवर्तन भएको छ । महामारीका बीच मानिसहरू सङ्क्रमणबाट बच्न घरभित्रै बसिरहेका छन् । कोरोनाले आक्रान्त बनाउँदै लगेको यो समयमा  मानिसमा डर, चिन्ता, भय र तनाव बढेर गएको छ । एकैठाँउमा समय व्यतीत गर्नु, सामाजिक सञ्जालमा आएका महामारी र मृत्युका खबर हेर्नु तथा गाउँठाउँमै सङ्क्रमणका कारण मृत्युका घटना घट्नुले पनि मानिसहरूमा डर पैदा गराउने भएकोले यस अवस्थामा एकले अर्काको हौसला बढाउनुपर्ने जानकारहरू बताउँछन् । 

महामारीको समयमा हौसला र प्रेरणा अति आवश्यक हुने गरेको तथा यस्तो समयमा घरपरिवार, आफन्त तथा साथीभाइको हौसला, प्रेरणा र आत्मीयताले विपत्तिसँग जुझ्न ऊर्जाको काम गर्ने भएकाले एकले अर्काको हौसला बढाउने काम गर्नुपर्ने मनोपरामर्शदाता सीता भण्डारी बताउनुहुन्छ । विपत्तिको समयमा आफूलाई साथ दिने, आफ्नो भावना बुझ्ने तथा हौसला दिने व्यक्तिहरूसँग आफ्नो मनका भावनाहरू बाँड्ने, प्रेरणादायी भनाइ सुन्ने, किताब पढ्ने र चलचित्र वा भिडियो हेर्ने गर्नाले पनि महामारीका कारण पैदा हुने त्रास कम हुने उहाँको भनाइ छ । 

यस्तो समयमा आफूले आफैँलाई आत्म सुझाव दिएर पनि हौसला बढाउन सकिन्छ । जस्तै ‘म ठिक छु, स्वस्थ छु, ठिक हुँदै गएको छु’ जस्ता शब्दहरू बारम्बार उच्चारण गरेर आत्म–सुझाव दिन सकिन्छ । आफ्ना विभिन्न सबल पक्षहरू लेख्ने, मनन वा उजागर गर्ने गरियो भने पनि आत्मबल बढाउन मद्दत पुग्ने मनोपरामर्शदाता भण्डारी बताउनुहुन्छ ।

कोरोना कहरको यस्तो बेला अन्य उमेर समूहका मानिसलाई जस्तै बालबालिकालाई पनि तनाव थपिएको हुन्छ । विद्यालयमा, खेलमैदानमा आफ्ना साथीभाइसँग रमाउँदै खेल्ने बालबालिका घरभित्रै बन्द भएर बस्दा उनीहरूमा एक किसिमको चिन्ता थपिने बालरोग विशेषज्ञ डा प्रदीप मिश्र बताउनुहुन्छ । बालबालिकालाई कोरोना भाइरसका नकारात्मक पाटाहरू मात्रै पनि बताउन नहुने उहाँको भनाइ छ । ‘यति मृत्यु भयो, यति बिरामी भयो भन्दा यति निको पनि भएका छन्’ भनेर सकारात्मक सोच आउने खाले सन्देश अरू उमेर समूहकालाई भन्दा विशेष बालबालिकालाई  पनि दिनुपर्ने डा मिश्र बताउनु हुन्छ । बालबालिका घरमै बस्ने हुँदा उनीहरूको सर्वाङ्गीण विकासका साथै पोषणका कुराहरूमा पनि ध्यान दिइनुपर्ने तथा उनीहरूको व्यवहारमा सामान्य अवस्थामा भन्दा परिवर्तन आएको छ कि छैन भन्ने अभिभावकले विचार गरिरहनुपर्ने हुन्छ । 

“महामारीमा तनाव सबैलाई हुन्छ, यस्तो बेला एक जनाले अर्कालाई हौसला बढाउँदै सकारात्मक सोचको विकास गर्नुपर्ने हुन्छ”, डा मिश्र भन्नुहुन्छ, “सामान्यतया उमेर पुगेकाहरू बिरामी परे भने उनीहरूले समस्या बताउन सक्छन् र सोही अनुसार चिकित्सक कहाँ लगेर उपचार गर्न सकिन्छ र उनीहरूलाई हौसला बढाउन पनि सकिन्छ तर बालबालिकाको हकमा भने त्यसो हुँदैन ।” 

बच्चाले राम्रोसँग खाइरहेको छैन, सास फेर्न छिटोछिटो गरेको छ, खेल्न मन गरेको छैन, पखाला छ, खोकी लागेको छ वा सबैभन्दा महत्वपूर्ण ज्वरो छ भने चिकित्सकको सल्लाह लिनुपर्ने र बेलैमा परीक्षण गर्नुपर्ने उहाँ बताउनुहुन्छ । बालबालिकामा आफूलाई पनि महामारीको रोगले च्यापेको र आफू पनि मर्नेलगायतका चिन्ता थपिए निकै भयानक हुने उहाँको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो