२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा कडाई: नियम पालना नगर्ने विदेशी पुन: साउदी आउन नपाउने

१३ जेष्ठ २०७८, बिहीबार ०६:४०

जेठ १३, काठमाडौँ । साउदी अरबले कोभिड १९ (कोरोना भाइरस) को संक्रमण फैलिन नदिन गरेको व्यवस्थालाई पालना गर्ने सम्वन्धमा भर्खरै साउदी प्रवेश गरेका कुनै विदेशी नागरिकले लापरवाही गरेमा त्यस्ता विदेशी नागरिकलाई पुन: साउदी अरब आउन नपाउने गरी उसकै मुलुकमा फिर्ता पठाउने भएको छ । निक्कै ठूलो प्रयत्नपश्चात कोभिड संक्रमणलाई केहि नियन्त्रणमा राखेको साउदीले संक्रमण पुन: फैलिन नदिन निक्कै कडाई गर्दै आएको छ ।

साउदी अरबका स्थानीय सञ्चार माध्यमहरुका अनुसार कुनै विदेशी नागरिकले साउदी सरकारले जारी गरेको एकान्तवास तथा क्वारेन्टिन सम्वन्धी नियमको उल्लंघन गरेमा त्यस्ता व्यक्तिलाई पुन: साउदी अरब आउन नपाउने गरी उनीहरुकै मुलुक फिर्ता पठाइनेछ ।

साउदी अरबमा प्रवेश गर्ने सबै विदेशी नागरिकले साउदी अरब पुगेपछि अनिवार्य रुपमा सात दिन संस्थागत क्वारेन्टिनमा बस्नु पर्ने व्यवस्था गरिएको छ । त्यस्तो संस्थागत क्वारेन्टिनको व्यवस्था यात्रु सुरुमा पुगेको शहरमा नै व्यवस्था गरिएको हुन्छ । साउदी अरब प्रवेश गर्ने आठ बर्ष भन्दा माथिका सवै यात्रुले ७२ घण्टा भित्र गरिएको पिसिआर परीक्षणको नेगेटिभ रिपोर्ट साथमा हुनुपर्नेछ । आठ बर्ष भन्दा कम उमेरका बालबालिकाहरुको भनें पिसिआर परीक्षण गर्नुपर्ने छैन ।

कोभिड विरुद्दको खोपको पुरा मात्रा लगाएका यात्रुले भनें त्यस्तो प्रमाणपत्र बोक्नुपर्ने छैन । खोप पुरा गरेको आधिकारिक प्रमाणपत्र बोकेका यात्रुहरुले क्वारेन्टिनमा समेत बस्नु पर्ने छैन ।

साउदी अरब पुगेपछि २४ घण्टाभित्र र ७ औ दिनमा गरी दुईपटक पिसिआर परीक्षण गरिने र पिसिआर परीक्षण नेगेटिभ आएमा ८ औं दिनमा संस्थागत क्वारेन्टिनबाट बाहिर जान सक्ने व्यवस्था गरिएको छ । सस्थागत क्वारेन्टिनमा बसेको व्यक्तिमा कोरोना संक्रमण देखिमा भनें क्वारेन्टिनको अवधि १० देखि १४ दिनसम्मको हुने जनाइएको छ । साउदी अकामा भएको व्यक्तिमा साउदी आउने वित्तिकै वा संस्थागत क्वारेन्टिनमा बसेको समयमा कोरोना संक्रमण देखिन गई उपचार गर्नुपर्ने भएमा त्यस्तो व्यक्तिको सम्पूर्ण उपचार साउदी सरकारले गरिदिने व्यवस्था छ । तर भिजिट भिसामा आउनेहरुको खर्च भनें वीमा कम्पनीहरुले व्यहोर्नुपर्ने व्यवस्था छ ।

साउदीको अकामा नभएका र भिजिट भिसामा जानेहरुले भने साउदीको यात्रा गर्नुपूर्व स्वास्थ्य बीमा गर्नु अनिवार्य रहेको छ । भिजिट भिसामा साउदी जाने भएमा त्यस्ता यात्रुले कोरोना संक्रमणको उपचार समेत व्यहोर्ने किसिमको स्वास्थ्य वीमा अनिवार्य रुपमा गरेको हुनुपर्दछ ।

यो व्यवस्था गत मे २४ देखि नै लागु भइसकेको हुनाले यसलाई कडाई पूर्वक पालना गर्न साउदी अरब स्थित नेपाली दूतावासले अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो