2026-09-04 04:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा कडाई: नियम पालना नगर्ने विदेशी पुन: साउदी आउन नपाउने

जेठ १३, काठमाडौँ । साउदी अरबले कोभिड १९ (कोरोना भाइरस) को संक्रमण फैलिन नदिन गरेको व्यवस्थालाई पालना गर्ने सम्वन्धमा भर्खरै साउदी प्रवेश गरेका कुनै विदेशी नागरिकले लापरवाही गरेमा त्यस्ता विदेशी नागरिकलाई पुन: साउदी अरब आउन नपाउने गरी उसकै मुलुकमा फिर्ता पठाउने भएको छ । निक्कै ठूलो प्रयत्नपश्चात कोभिड संक्रमणलाई केहि नियन्त्रणमा राखेको साउदीले संक्रमण पुन: फैलिन नदिन निक्कै कडाई गर्दै आएको छ ।

साउदी अरबका स्थानीय सञ्चार माध्यमहरुका अनुसार कुनै विदेशी नागरिकले साउदी सरकारले जारी गरेको एकान्तवास तथा क्वारेन्टिन सम्वन्धी नियमको उल्लंघन गरेमा त्यस्ता व्यक्तिलाई पुन: साउदी अरब आउन नपाउने गरी उनीहरुकै मुलुक फिर्ता पठाइनेछ ।

साउदी अरबमा प्रवेश गर्ने सबै विदेशी नागरिकले साउदी अरब पुगेपछि अनिवार्य रुपमा सात दिन संस्थागत क्वारेन्टिनमा बस्नु पर्ने व्यवस्था गरिएको छ । त्यस्तो संस्थागत क्वारेन्टिनको व्यवस्था यात्रु सुरुमा पुगेको शहरमा नै व्यवस्था गरिएको हुन्छ । साउदी अरब प्रवेश गर्ने आठ बर्ष भन्दा माथिका सवै यात्रुले ७२ घण्टा भित्र गरिएको पिसिआर परीक्षणको नेगेटिभ रिपोर्ट साथमा हुनुपर्नेछ । आठ बर्ष भन्दा कम उमेरका बालबालिकाहरुको भनें पिसिआर परीक्षण गर्नुपर्ने छैन ।

कोभिड विरुद्दको खोपको पुरा मात्रा लगाएका यात्रुले भनें त्यस्तो प्रमाणपत्र बोक्नुपर्ने छैन । खोप पुरा गरेको आधिकारिक प्रमाणपत्र बोकेका यात्रुहरुले क्वारेन्टिनमा समेत बस्नु पर्ने छैन ।

साउदी अरब पुगेपछि २४ घण्टाभित्र र ७ औ दिनमा गरी दुईपटक पिसिआर परीक्षण गरिने र पिसिआर परीक्षण नेगेटिभ आएमा ८ औं दिनमा संस्थागत क्वारेन्टिनबाट बाहिर जान सक्ने व्यवस्था गरिएको छ । सस्थागत क्वारेन्टिनमा बसेको व्यक्तिमा कोरोना संक्रमण देखिमा भनें क्वारेन्टिनको अवधि १० देखि १४ दिनसम्मको हुने जनाइएको छ । साउदी अकामा भएको व्यक्तिमा साउदी आउने वित्तिकै वा संस्थागत क्वारेन्टिनमा बसेको समयमा कोरोना संक्रमण देखिन गई उपचार गर्नुपर्ने भएमा त्यस्तो व्यक्तिको सम्पूर्ण उपचार साउदी सरकारले गरिदिने व्यवस्था छ । तर भिजिट भिसामा आउनेहरुको खर्च भनें वीमा कम्पनीहरुले व्यहोर्नुपर्ने व्यवस्था छ ।

साउदीको अकामा नभएका र भिजिट भिसामा जानेहरुले भने साउदीको यात्रा गर्नुपूर्व स्वास्थ्य बीमा गर्नु अनिवार्य रहेको छ । भिजिट भिसामा साउदी जाने भएमा त्यस्ता यात्रुले कोरोना संक्रमणको उपचार समेत व्यहोर्ने किसिमको स्वास्थ्य वीमा अनिवार्य रुपमा गरेको हुनुपर्दछ ।

यो व्यवस्था गत मे २४ देखि नै लागु भइसकेको हुनाले यसलाई कडाई पूर्वक पालना गर्न साउदी अरब स्थित नेपाली दूतावासले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो