२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट नेपाल आउनेहरुलाई यस्ता छन् तीन सर्त

२०७८, १३ जेष्ठ बिहीबार १७:१३

जेठ १३, काठमाडौँ | बिहिबार बसेको मन्त्रिपरिषद वैठकले चीन, कतार र टर्कीका लागि सातामा एक-एक नियमित उडान गर्ने निर्णय गरेको छ । सरकारले आगामी जेठ १८ गतेदेखि चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको हो ।

बिहिबार बसेको मन्त्रिपरिषद वैठकले आन्तरिक उडान खोल्नेबारे भने कुनै निर्णय गरेको छैन । अहिले नियमित उडान बन्द भएको अवस्थामा केहि चार्टर उडानहरु भईरहेका छन् । सरकारले चार्टर उडानमा यात्रुहरू ठगिने क्रम बढेको भन्दै तीनवटा देशमा साताको एउटा मात्र उडान हुने गरी खोल्ने निर्णय गरेको जानकारी दिएको छ तर मलेसिया, साउदी र युएई लगायत देशमा समस्यामा परेका तथा अगाडीनै टिकट काटेर नेपाल फर्कन नपाएका नेपालीहरुलाई तत्काल नेपाल ल्याउने सम्बन्धमा भएको निर्णयबारे हालसम्म जानकारी प्राप्त भएको छैन । 

सरकारले विदेशबाट नेपाल आउनेहरुको लागि तीन बर्गिकरण गरेर व्यवस्थापन गर्ने भएको छ । जस अनुसार नेपाल आउने यात्रुका लागि विभिन्न सर्त तोकिएका छन् ।

पहिलो सर्त अनुसार दुवै खोप लगाएको र कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएको यात्रुलाई १० दिन होम क्वारेन्टाइनमा बस्ने गरी नेपाल आउन दिइनेछ ।

त्यस्तै दोश्रो सर्त अनुसार कसैले एउटा मात्र खोप लगाएको छ र कोरोना परीक्षण नेगेटिभ छ भने विमानस्थलबाट काठमाडौंका कुनै होटलमा तीन दिन क्वारेन्टाइन बस्नुपर्ने छ । यस्तो क्वारेन्टाइन खर्च विदेशबाट आउने यात्रु आफैंले बेहोर्नुपर्ने हुन्छ ।

त्यस्तै तेश्रो सर्त अनुसार एउटा पनि खोप नलगाएको तर रिपोर्ट नेगेटिभ आएका यात्रुहरुले १० दिनसम्म होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ । १० दिन होटल क्वारेन्टाइनमा बस्दाको खर्च बहने आफैले व्यहोर्नु पर्नेछ ।


अन्तराष्ट्रिय उडान अपडेट

बिहिबार विमान बंगलादेशले कतारको चार्टर्ड उडान गरेको छ । यो बाहेक आज तीन चार्टर कार्गो उडान भयो । त्यस्तै शुक्रबार दुवई-काठमाडौँ-हानेदा चार्टर्ड उडान हुँदैछ । शुक्रबारनै पारो -काठमाडौँ-पारो चार्टर्ड उडान हुँदैछ । त्यस्तै शुक्रबारनै युके-काठमाडौँ-दुबई चार्टर्ड उडान हुँदैछ । यो बाहेक शुक्रबार मात्र ८ कार्गो चार्टर उडान हुँदैछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ