2026-09-18 09:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निषेधाज्ञापछि बेरोजगार बने भरिया महिला कामदार

दाने बोहरा । जेठ १४, सिमकोट (रासस) । दुई हप्तादेखि जिल्ला कोभिड—१९ सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी) हुम्लाले जिल्लामा तेस्रो पटक निषेधाज्ञा गरेपछि सिमकोट विमानस्थलमा दैनिक भारी बोकेर जीविकोर्पाजन गर्ने महिला भरिया बेरोजगार बनेका छन् । 

जिल्लामा दैनिक सङ्क्रमित थपिदै जाने गरेका कारण नेपालगञ्ज, सुर्खेतबाट ढुवानी भएर आउने खाद्यान्न, दैनिक सामाग्री र अन्य विकास निमार्णका सामग्रीबाट सङ्क्रमण सर्ने डर रहेको भन्दै ७२ घण्टासम्म विमानस्थलमै रहन दिएर त्यसपछि महिला भरियालाई भारी बोक्न नदिएर ट्याक्टरलाई दिने गरेपछि उनीहरु बेरोजगार बनेर बन्दाबन्दीको समयमा थप समया बनाएको छ ।  बन्दाबन्दीको कारण सिमकोट विमानस्थलमा भारी बोक्ने १०० महिला बेरोजगार बनेका हुन् । 

 जिल्लामा कोरोना बढेपछि गत वैशाख २१ गतेबाट निषेधाज्ञा जारी रहेको कारण हवाई मार्गबाट ढुवानी भएर आएको खाद्यान्नलगायत अन्य सामग्री विमानस्थलबाट ढुवानी गर्न नपाएपछि आफूहरु बेरोजगार बन्नुका साथै रोजीरोटी खोसिएको भरिया बाँचु सुनारले गुनासो गर्नुभयो । 

विगत लामो समयदेखि सिमकोट विमानस्थलमा भरियाको काम गर्दै आउनु भएका सुनारले कोरोना सङ्क्रमण र यसको नियन्त्रण गर्नका लागी जिल्लामा दुई हप्तादेखि भएको निषेधाज्ञाले आफूहरु बेरोजगार बनेको बताउनुभयो । निषेधाज्ञा जारी रहेको कारण घर बाहिर निस्कन नपाइने भएपछि नेपालगञ्ज र सुर्खेतदेखि हवाई मार्गबाट ढुवानी भएर आएको खाद्यान्नलगायत कार्गो सामग्री बोक्न नपाएपछि बेरोजगार भएर बस्नु परेको छ । विमानस्थलकै भारी बोकेर चार जनाको परिवार पाल्दै आएका सुनारले कोरोनाको कारण बेरोजगार बन्नु परेकामा दुःख व्यक्त गर्नुभयो । 

विमानस्थलमा भारी बोक्ने एक जना भरियाले बिहानदेखि साँझसम्म भारी पायो र दिनभर भारी बोक्यो भने रु तीन हजार कमाइ हुने गरेको उहाँले बताउनुभयो । डिसिसिएसिमले गरेको निषेधाज्ञाले आजभोलि विमानस्थलको भारी बोक्न नपाउँदा बिहान बेलुकाको छाक टार्न पनि समस्या हुन थालेको उनीहरुको गुनासो छ । 

विमानस्थलकै भारी बोक्ने काम गर्दै आएका लामु शेर्पाले सबै काम गरि रहेको बेला निषेधाज्ञाले भारी बोक्ने काम गर्न नपाएपछि कमाइ हुन छोडेको गुनासो गर्नुभयो । गतवर्ष पनि कोरोना सङ्क्रमणको समयमा भारी बोक्न बन्द भएको थियो, पछि महिला भरियाको अनुरोधमा काम गर्न दिएइको उहाँले बताउनुभयो । आफूहरु सामाजिक दूरी कायम गरी काम गर्न तयार भएकाले भारी बोक्ने व्यवस्था गर्न स्थानीय प्रशासनलाई उनीहरुको आग्रह रहेको छ । आफूहरु जस्तै एक सय जना महिला कोरोनाको कारण निषेधाज्ञा जारी रहेपछि बेरोजगार बन्नु परेको शेर्पाले बताउनुभयो । 

भरियालाई भारी बोक्न दिंदा भिडभाड बढ्ने भन्दै स्थानीय प्रशासनले विमानस्थलको खाद्यान्नलगायतका सामग्री ट्याक्टरबाट ढुवानी गर्ने गरेका कारण महिला भरिया बेरोजगार बनेका हुन् । सडक यातायातसँग नजोडिएको हिमाली जिल्ला हुम्लामा हवाई मार्गबाट ढुवानी भएर आएको खाद्यान्न तथा अन्य सामग्री विमानस्थलबाट ढुवानी गर्ने काम आम्दानीको राम्रो स्रोत भएपछि महिला भरियाहरु यसप्रति आकर्षित हुँदै आएका छन् ।

 विमानस्थलको भारी बोक्ने महिलाको सङ्ख्या बढी भएकाले भिडभाड बढी भएर सङ्क्रमणको जोखिम बढ्न सक्ने भएकाले उनीहरुलाई भारी बोक्न नदिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । विमानस्थलबाट सामान ओसार्ने महिला कामदारको सङ्ख्या विगतका वर्षमा थोरै भएपनि यो पछिल्लो समय भारी बोकेर दैनिक आम्दानी राम्रो हुने भएका कारण उनीहरुको सङ्ख्या बढेर झण्डै एक जना पुगेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई