२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

कोरोनाबाट मृत्यु हुनेको परिवारलाई रु १५ हजार

१८ जेष्ठ २०७८, मंगलवार ०२:०९

जेठ १८, तनहुँ | तनहुँको म्याग्दे गाउँपालिकाले कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको परिवारलाई रु १५ हजार सहयोग गर्ने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको सोमबार बसेको बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको परिवारलाई राहतस्वरूप उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । त्यसका लागि जनप्रतिनिधि र कर्मचारीले दुई दिनको तलब सहयोग गर्ने र बाँकी कोभिड कोषबाट बेहोर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत प्रदान गर्ने निर्णय गर्ने म्याग्दे जिल्लाको दोस्रो पालिका हो । यसअघि व्यास नगरपालिकाले मृतक परिवारलाई रु १० हजार राहत उपलब्ध गराउने निर्णय गरेको थियो । गाउँपालिकाले कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्था बुझ्न र हौसला बढाउन घरघरमा पुगेर स्वास्थ्य सामग्री वितरण गर्ने तयारी गरेको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिनुभयो । 

आगामी वर्षको बजेटको मार्गदर्शन पारित 

म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेटको मार्गदर्शन पारित गरेको छ । गाउँपालिकाले आगामी वर्ष रु ६५ करोड ६६ लाख ३१ हजारको बजेट ल्याउने भएको छ । त्यसका लागि कार्ययोजना स्वीकृत भएर बजेटको तयारी गर्न कार्यालयलाई निर्देशन दिइएको छ । बजेटको तयारी गर्नका लागि एक दिन बिराएर कार्यालय खोल्ने निर्णयसमेत भएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिनुभयो । 

मूल्याङ्कनबाट नतिजा

कोरोना कहरका कारण यस वर्षको परीक्षा सञ्चालन हुन नसकेपछि गाउँपालिकाले मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्न सबै विद्यालयलाई निर्देशन गरेको छ । अधिकारीका अनुसार जेठ मसान्तभित्र विद्यालयको नतिजा प्रकाशन गर्न विद्यालयलाई भनिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने