२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अबदेखि प्रत्येक बुधबार श्रम स्वीकृति दिइने

२०७८, १८ जेष्ठ मंगलवार ०७:१५

जेठ १८, काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचल आगामी बुधबारबाट हप्ताको एक दिन खुल्ने भएको छ । मंगलबारबाट केही श्रम गन्तव्यहरुमा अन्तर्राष्ट्रिय उडान सुचारु हुने भएपछि वैदेशिक रोजगारीमा जाने कामदारको अीन्तम श्रम स्वीकृति दिन अर्को सूचना नभएसम्म हप्ताको एक दिन बुधबार कार्यालय खुलाउने सहमति भएको नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका महासचिव सुजित कुमार श्रेष्ठले जानकारी दिए । 

उक्त दिन अन्तिम स्वीकृतिको काम मात्र हुने बताइएको छ । ताहाचल कार्यालयले निशेषज्ञाको अवस्थामा अनलाइन मार्फत पुनः श्रम स्वीकृति प्रदान गरिरहेको छ । महासचिव श्रेष्ठले व्यवसायी तथा कामदारहरुलाई श्रम स्वीकृति लिने विषयमा केही थप जानकारी लिनु परेमा संघको फेसबुक पेज, संघको मेलमा सम्पर्क वा म्यासेज गर्न आग्रह गरेका छन् ।

गत बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले चीन, कतार र टर्कीका लागि सातामा एक दिन नियमित उडान खोल्ने निर्णय गरेको थियो । सो अनुसार मंगलबारदेखि कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनै पनि स्थानमा अन्तर्राष्ट्रिय उडान हुने छ ।

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्टको तीव्र संक्रमण बढेपछि सरकारले गत बैशाख २० गतेदेखि आन्तरिक र २३ देखि भारतबाहेक अन्य मुलुकका लागि हुने अन्तर्राष्ट्रिय उडानमा रोकेको छ । वैदेशिक रोजगार व्यवसायीहरुले नेपाली कामदारका प्रमुख श्रम गन्तव्य मुलुकमा कोरोना संक्रमण नियन्त्रणमा आई आर्थिक गतिविधि बढेको भन्दै नियमित अन्तर्राष्ट्रिय उडान खोल्न माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त