प्रकाश बम/साउन २८, डोटी । दिपायलबाट धनगढीका लागी छुटेको बस भिमदत्त राजमार्ग अन्तर्गत कैलालीको सहजपुरमा दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा  अन्य  ९ जना घाईते भएका छन् । गएराती १ बजेतिर शैलेश्वरी यातायतको ना ६ ख १६९"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश बम/साउन २८, डोटी । दिपायलबाट धनगढीका लागी छुटेको बस भिमदत्त राजमार्ग अन्तर्गत कैलालीको सहजपुरमा दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा  अन्य  ९ जना घाईते भएका छन् । गएराती १ बजेतिर शैलेश्वरी यातायतको ना ६ ख १६९"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलाली बस दुर्घटना अपडेट: एकै वडाका दुईको ज्यान गयो

२८ श्रावण २०७३, शुक्रबार ०५:१६

प्रकाश बम/साउन २८, डोटी । दिपायलबाट धनगढीका लागी छुटेको बस भिमदत्त राजमार्ग अन्तर्गत कैलालीको सहजपुरमा दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा  अन्य  ९ जना घाईते भएका छन् । गएराती १ बजेतिर शैलेश्वरी यातायतको ना ६ ख १६९१ नम्बरको बस कैलालीको सहजपुर गाविसमा पर्ने फल्टुँडे भन्ने स्थानमा दुर्घटना भएको हो  । 

डोटी बासुदेबि –१ का २५ बर्षिया खगेन्द्र विक  र सोहि ठाउका २८ बर्षिया योगेन्द्र बिकको मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यलय अत्तरियाका असई इन्द्र भट्टले जानकारी दिए । 

त्यस्तै दुर्घटनामा परी अत्तरिया नगरपालिका १२ का २८ बर्षिय बस चालक शेर बहादुर कडायत, आलिताल ५ डडेल्धुराका १७ बर्षिय सहचालक उमेश महरा, डोटी तोलेनीगाबिसका ३४ बर्षिय देव बिष्ट, डोटी डौड ३ का २५ बर्षि गणेश नेपाली, सोही ठाउँका १८ बर्षिय भक्त भूल, काडामाण्डौ  ९ का २५ बर्षिय नरेश कठायत, बासुदेबि ३ का ३ का ५३ बर्षिय खडक लुहार ,सोहि ठाउका खडक लुहार र लडागडाका गाबिसका ३५ बर्षिय महाबिर कडायत रहेका छन् । 

बसमा अन्य सवार गर्ने यात्रुहरुको भने अवस्था सामान्य रहेपनि चालक शेर बहादुर कडायत र यात्रु महाबिर कडायतको टाउको गम्भिर चोट लागेको प्रहरीले जनाएको छ । उनीहरु दुवै जनालाई थप उपचारका लागी भारत तर्फ रेफर गरिएको छ । 

सामान्य घाईते ७ जनाको अत्तरिया स्थित पद्मा अस्पतालमा उपचार भईरहेको जनाएको छ । बस सडकबाट एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ । चिप्लिएर दुर्घटनामा परेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने