पढ्न करिब 2 मिनेट लाग्छ

प्रकाश बम/साउन २८, डोटी । दिपायलबाट धनगढीका लागी छुटेको बस भिमदत्त राजमार्ग अन्तर्गत कैलालीको सहजपुरमा दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य ९ जना घाईते भएका छन् । गएराती १ बजेतिर शैलेश्वरी यातायतको ना ६ ख १६९१ नम्बरको बस कैलालीको सहजपुर गाविसमा पर्ने फल्टुँडे भन्ने स्थानमा दुर्घटना भएको हो ।

डोटी बासुदेबि –१ का २५ बर्षिया खगेन्द्र विक र सोहि ठाउका २८ बर्षिया योगेन्द्र बिकको मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यलय अत्तरियाका असई इन्द्र भट्टले जानकारी दिए ।

त्यस्तै दुर्घटनामा परी अत्तरिया नगरपालिका १२ का २८ बर्षिय बस चालक शेर बहादुर कडायत, आलिताल ५ डडेल्धुराका १७ बर्षिय सहचालक उमेश महरा, डोटी तोलेनीगाबिसका ३४ बर्षिय देव बिष्ट, डोटी डौड ३ का २५ बर्षि गणेश नेपाली, सोही ठाउँका १८ बर्षिय भक्त भूल, काडामाण्डौ ९ का २५ बर्षिय नरेश कठायत, बासुदेबि ३ का ३ का ५३ बर्षिय खडक लुहार ,सोहि ठाउका खडक लुहार र लडागडाका गाबिसका ३५ बर्षिय महाबिर कडायत रहेका छन् ।

बसमा अन्य सवार गर्ने यात्रुहरुको भने अवस्था सामान्य रहेपनि चालक शेर बहादुर कडायत र यात्रु महाबिर कडायतको टाउको गम्भिर चोट लागेको प्रहरीले जनाएको छ । उनीहरु दुवै जनालाई थप उपचारका लागी भारत तर्फ रेफर गरिएको छ ।

सामान्य घाईते ७ जनाको अत्तरिया स्थित पद्मा अस्पतालमा उपचार भईरहेको जनाएको छ । बस सडकबाट एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ । चिप्लिएर दुर्घटनामा परेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।