२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेठ २६ गतेदेखि हरेक बुधवार श्रम स्वीकृति दिईने

२०७८, २१ जेष्ठ शुक्रबार ०९:४५

मनोज पराजुली । जेठ २१, काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचल, काठमाण्डौले आगामी हप्तादेखि हरेक बुधबार अन्तिम श्रम स्वीकृति दिने निर्णय गरेको छ । जेठ २६ गतेदेखि हरेक बुधवार एक दिनका लागि सबै प्रकारका श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरिएको वैदेशिक रोजगार कार्यालय ताहाचल कार्यालयका सूचना अधिकारी छत्र शाहले साझा सबाललाई जानकारी दिए ।

कोभिड – १९ संक्रमणको व्यापकता नियन्त्रण तथा रोकथामलाई मध्यनजर गरि गत बैशाख २४ गते देखि कार्यालयले भौतिक रुपमा उपस्थित भएर लिनुपर्ने सेवाहरु बन्द गरेको थियो । यो बिचमा अनलाइन मार्फत श्रम स्वीकृति लिने व्यवस्था गरिएको थियो । 

यसअघि नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघले हप्ताको एक दिन श्रम स्वीकृति दिने व्यवस्था गर्न माग गर्दै वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्ण प्रसाद दुवाडीको ध्यानाकर्षण गरेको थियो । व्यवसायीले श्रम गन्तव्य मुलुकले भिसा दिइसकेका व्यक्तिलाई श्रम स्वीकृति दिने कार्य बन्द नगर्न र सहज तरिकाले विदेश जाने व्यवस्था गर्न माग गर्दै आएका थिए  । 

ताहाचल कार्यालयले श्रम स्वीकृति खुला गरेपनि देशका विभिन्न जिल्लामा जारी निषेधाज्ञाका कारण  भिसा लिइसकेका व्यक्तिलाई काठामाडौंसम्म आउन समस्या छ । अभिमुखीकरण तालिम अनिवार्य रुपमा उपस्थित भएर २ दिनको कक्षा लिनुपर्ने हालको बाध्यकारी व्यवस्थाका कारण पनि निषेधाज्ञाको समयमा तालिम लिन सम्भव देखिंदैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ