Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ जेठ २१ गते, राति १०:०० बजे काठमाडौँ - KTM, बैदेशिक रोजगार

श्रम मन्त्रालयलाई नियमित निर्देशन र सुझाव दिँदै आएका श्रीवास्तव अब आफै श्रममन्त्री !

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ २१, काठमाडौँ | ओली नेतृत्वको कामचलाउ सरकारको पूनर्गठित मन्त्रिपरिषदमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी विमल प्रसाद श्रीवास्तवले पाएका छन् ।

पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं. २ बाट तत्कालिन प्रतिनिधिसभा सदस्यमा निर्वाचित श्रीवास्तव विरगञ्ज महानगरपालिकाका पूर्वमेयर समेत हुन् । श्रीवास्तव सँग विघटित प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहेर लामो समय काम गरेको अनुभव छ । श्रम तथा उपभोक्ता हित समितिमा काम गरिसकेको अनुभव भएकाले मन्त्री श्रीवास्तवलाई वैदेशिक रोजगार क्षेत्रमा समेत अनुभवी मानिन्छ । गत बर्ष कोरोना महामारी पछि विदेशमा अलपत्र परेका नागरिकहरुलाई यथासक्य उद्दारको पहल गर्नमा उनको भूमिका रहेको थियो । उनि सभापति भएको तात्कालिन समितिले विदेशमा अलपत्र सबै कामदार एक महिनाभित्र ल्याउन निर्देशन दिएको थियो ।

त्यसो  विघटित प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति हुँदा उनले पटक–पटक श्रम मन्त्रालयलाई विभिन्न निर्देशन तथा सुझावहरु दिँदै आएका थिए । अब उनि आफै मन्त्री बनेपछि कसरी काम गर्छन् हेर्न बाँकी छ ।

पंचायतकाल र २०४६ सालको प्रजातन्त्रपछि ४ पटक मेयर भएका उनलाई वीरगंजको विकासको पर्यायको रुपमा मानिन्छन् ।