२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम मन्त्रालयलाई नियमित निर्देशन र सुझाव दिँदै आएका श्रीवास्तव अब आफै श्रममन्त्री !

२१ जेष्ठ २०७८, शुक्रबार १६:१५

जेठ २१, काठमाडौँ | ओली नेतृत्वको कामचलाउ सरकारको पूनर्गठित मन्त्रिपरिषदमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी विमल प्रसाद श्रीवास्तवले पाएका छन् ।

पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं. २ बाट तत्कालिन प्रतिनिधिसभा सदस्यमा निर्वाचित श्रीवास्तव विरगञ्ज महानगरपालिकाका पूर्वमेयर समेत हुन् । श्रीवास्तव सँग विघटित प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहेर लामो समय काम गरेको अनुभव छ । श्रम तथा उपभोक्ता हित समितिमा काम गरिसकेको अनुभव भएकाले मन्त्री श्रीवास्तवलाई वैदेशिक रोजगार क्षेत्रमा समेत अनुभवी मानिन्छ । गत बर्ष कोरोना महामारी पछि विदेशमा अलपत्र परेका नागरिकहरुलाई यथासक्य उद्दारको पहल गर्नमा उनको भूमिका रहेको थियो । उनि सभापति भएको तात्कालिन समितिले विदेशमा अलपत्र सबै कामदार एक महिनाभित्र ल्याउन निर्देशन दिएको थियो । 

त्यसो  विघटित प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति हुँदा उनले पटक–पटक श्रम मन्त्रालयलाई विभिन्न निर्देशन तथा सुझावहरु दिँदै आएका थिए । अब उनि आफै मन्त्री बनेपछि कसरी काम गर्छन् हेर्न बाँकी छ । 

पंचायतकाल र २०४६ सालको प्रजातन्त्रपछि ४ पटक मेयर भएका उनलाई वीरगंजको विकासको पर्यायको रुपमा मानिन्छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की