साउन २८, काठमाडौं । नेपालीहरुको लागि प्रमुख बैदेशिक रोजगार गन्तब्य देश साउदी अरेबियाले तेलमा निर्भर अर्थतन्त्रलाई सच्याउँदै आफ्नै देशका नागरिकलाई रोजगारीमा प्राथमिकता दिने नयाँ नीति ल्याएको छ ।
‘साउदी भिजन-२०३०’ नाम दिइएको उक्त नीति अन्तरगत सरकारले विदेशी कामदारमाथिको परर्निभरता घटाउने लक्ष्य राखेको छ । तेलको मुल्यमा लगातार गिरावट आएपछी अहिले साउदीको अर्थतन्त्रलाई बलियो बनाउन भन्दै साउदीले २०३० सम्मका लागि आफ्नै देशका नागरिकलाई आर्थिक रुपमा बलियो बनाउन नयाँ रोजगार नीति लिएको हो । जसअनुसार साउदीले अब निरन्तर साउदीमा काम गर्दै आएका विदेशी कामदारहरुलाई कटौति गर्दै लाने नीति लिएको छ ।
साउदी सरकारको नीति लागु भए अब साउदीले ४० लाख स्वदेशी नागरिकलाई रोजगारी दिने योजना बनाएको छ भने त्यतिनै शंख्यामा विदेशका कामदार कटौती गर्दै जानेछ ।
साउदी सरकारको यो निर्णयसंगै अब नेपाली कामदारहरुलाई त्यसको सबैभन्दा ठूलो असर पर्ने देखिन्छ । साउदीले राम्रो-राम्रो क्षेत्रमा बिदेशी कामदारको सट्टामा आफ्नै देशका कामदार राख्ने कामको थालनीको सुरुवात समेत गरिसको छ ।